​२०१५ मा हलिउडका उत्कृष्ट ८ चलचित्र यस्ता छन्


Friday, 1 Jan, 2016 12:09 PM
२०१५ पनि विश्व भर ठुप्रै उथल पुथल भए । कतै प्रगती भयो भने कतै उधोगती । यसै अन्तर्गत यस वर्ष हलिउडका चलचित्रहरुमा पनि थुप्रै  उथलपुथल आयो । वर्ष २०१५ मा प्रदर्शन भएका हलिउडका चलचित्रमध्ये ‘जुरासिक वल्र्ड’ सर्वाधिक आम्दानी गर्ने चलचित्रको सूचीको पहिलो स्थानमा छ ।जुरासिस वल्र्ड १ दशमलव ६९ अरब डलर आम्दानी गरेर विश्वको तेस्रो ठूलो चलचित्र बनेको छ ।२०१५ अघि युनिभर्सलका थुप्रै चलचित्र प्रदर्शन भए तर यत्तिको आम्दानी अन्य कुनै चलचित्रले गरेका थिएनन् । 

फास्ट एन्ड फ्युरियस ७

चलचित्र ‘फास्ट एन्ड फ्यूरियस—७’ वर्ष २०१५ को दोस्रो सफल चलचित्र हो । यो चलचित्रले १ दशमलव ५१ अरब डलरको व्यवसाय गरेको छ ।  वर्ष २०१३ मा कार दुर्घटनामा निधन भएका अभिनेता पल वाकरप्रति समर्पित यो चलचित्र दर्शकको रोजाइमा पर्न सफल छ । यो एक्सन प्रधान चलचित्रको निर्देशन जेन्स वानले गरेका हुन् । 

एभेन्जर  एज अफ अल्ट्रन
‘मार्भल’ कमिक्सका कथाहरूमा आधारित चलचित्र ‘एभेन्जर्स स् एज अफ अल्ट्रन’ वर्ष २०१५ मा सर्वाधिक आम्दानी गर्ने चलचित्रको तेस्रो स्थानमा छ । यो चलचित्रले १ दशमलव ४० अरब डलरको व्यवसाय गरेको छ ।  

टर्मिनेटर  जेनेसिस 
एलेन टेलरद्वारा निर्देशित यो चलचित्रमा हलिउडका सफल अभिनेता आर्नोल्ड स्वार्जनेगर मुख्य भूमिकामा छन् । उनलाई एमिलिया क्लार्क, जेसन क्लार्क, मेट स्मिथ, जेके सिम्पसन, जे कोर्टनी आदिले साथ दिएका छन् । ‘आई विल बि ब्याक’ भन्दै अभिनेता आर्नोल्ड स्वार्जनेगरले पुनस् एकपटक दर्शकको मन जितेका छन् । 

इनसाइड आउट
यो एउटा एनिमेसन चलचित्र हो । पेट डाक्टरद्वारा निर्देशित यो चलचित्रमा एमी फोइलर, फिलिस स्मिथ, बिल हाडर, लेविस ब्ल्याक आदिले स्वर दिएका छन् । यो चलचित्रमा एनिमेटेड चरित्रका माध्यमबाट मानवीय भावनाहरूको नयाँ व्याख्या प्रस्तुत गरेको छ ।
जेम्स बोन्ड  स्पेक्टर 

मिसन इम्पोसिबल स् रग नेशन
हलिउडको सफल चलचित्र ‘मिसन इम्पोसिबल’ को पाँचौं सिक्वेल चलचित्र ‘रग नेशन’ पनि व्यवसायिक रूपमा सफल भएको छ । क्रिस्टोफर मेक्कोरीद्वारा निर्देशित यो चलचित्रमा टम क्रुज, रेबिका फरगुसन तथा जेर्मी रेनरले मुख्य भूमिका निर्वाह गरेका छन् । डरलाग्दा एक्सन दृश्य तथा स्टन्टहरूको श्रृंखलाका कारण यो चलचित्रलाई पनि दर्शकले मन पराए ।

द मार्सियन
मंगल ग्रहको यात्रालाई मुख्य विषय बनाइएको यो चलचित्रले अमेरिका तथा क्यानाडामात्र होइन विश्वभर नै उत्कृष्ट व्यवसाय गर्‍यो । चलचित्रमा अभिनेता मेट डेमले एक अन्तरिक्ष यात्रीको भूमिका निर्वाह गरेका छन् जो मंगल ग्रहमा कुनै कारणवश एक्लै फस्छन् । यसअघि अन्तरिक्षको विषयमा आधारित चलचित्र ‘इन्टरस्लेटर’ भन्दा यो चलचित्रको व्यवसाय अब्बल मानिएको छ ।

फिफ्टी सेड्स अफ ग्रे 
साम टेलर–जोन्सनद्वारा निर्देशित यो चलचित्रलाई ‘इरोटिक रोमान्टिक ड्रामा’ भनिएको छ, अर्थात् यो चलचित्र यौनजन्य विषयमा आधारित छ जसमा डाकोटा जोन्सन, जेमी डोर्नन्, जेनिफर इल, मार्सिया गे हार्डेन आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले सर्वाधिक आम्दानी गर्ने एडल्ट चलचित्रको कीर्तिमान समेत कायम गरेको छ । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

१० लाख मान्छे बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमण, झन् भयावह बन्ने खतरा

२ जेठ, काठमाडौं ।  बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको यो शिविरमा अहिले दुई जनामा संक्रमण पुष्टि भएको छ।

प्रश्न सोध्दा पत्रकारसँग ट्रम्प सन्किएको भिडियो हेर्नुहोस्

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा सोमबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारको अपमान गरेका हुन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्युजकी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले रुखो जवाफ दिएका हुन्। त्यसैगरी उनले सीएनएनकी पत्रकारलाई त जवाफै नदिई हकारेका हुन्।

चीनमा फर्कियो कोरोना, शुलानमा संक्रमित बढेपछि लकडाउन

२९ वैशाख, काठमाडौं । चीनको शुलान शहरमा कोरोनाभाइरस संक्रमितको संख्या बढेसँगै  लकडाउन लागू गरिएको छ । सरकारी मिडियाका अनुसार अघिल्लो दिन यहाँ ११ जना संक्रमित भेटिएका थिए । यी सबै कपडा धुने एक महिलाको सम्पर्कमा आएपछि संक्रमित भएका हुन् । ४५ वर्षीया महिलाबाट यो संक्रमण उनका श्रीमान्, बहिनी र परिवार अन्य सदस्यबीच फैलियो । महिलाको ट्राभल हिस्ट्री पनि छैन ।

विचार / ब्लग

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।
Top