syangyong

​तीन जनाको ज्यान लिएको, तर कसैले नदेखेको ३३ किलो सुन प्रकरणमा मुछिए ‘बाजेको सेकुवा’का मालिक


Tuesday, 17 Apr, 2018 4:12 PM
४ बैशाख, काठमाडौं । तीन जनाको ज्यान गइसकेको ३३ किलो सुन तस्करी काण्डमा चर्चित रेष्टुरेन्ट ‘बाजेको सेकुवा’का सञ्चालक पनि तानिएका छन् । सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले रेष्टुरेन्टका सञ्चालक चेतन भण्डारीमाथि छानविन अघि बढाएको हो । उनको सम्पत्ति र बैंक खाता रोक्का राख्न पत्राचार गरेको छ। 

विमानस्थलबाट तस्करी भएको ३३ किलो सुन अहिलेसम्म प्रहरीले पनि भेट्न सकेको छैन । सुन कोसँग कहाँ छ अनुसन्धानमै छ । तर, यही सुनका कारण तीन जनाको ज्यान गइसकेको छ । सुन भरिया सनम शाक्यको मोरङमा हत्या भइसकेको छ भने अन्य दुई जनाले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् । 

यो सुन प्रकरणका नाइके चुणामणि उप्रेती ‘गोरे’ रहेको प्रहरीको ठहर छ । प्रहरी गोरेको खोजविनमा लागेको छ । चेतन भण्डारी उनै गोरेको आफन्त रहेको प्रहरीले जानकारी दियो । 

यो काण्डमा काठमाडौं न्यूरोडका चर्चित सुन पसलका सञ्चालकहरु पनि पक्राउ परेका छन् । विमानस्थलका कर्मचारीदेखि सुन व्यापारीसम्मको सेटिङमा विगत ५ वर्षयता व्यापक रुपमा सुन तस्करी भएको प्रहरीले जनाएको छ । त्यसो त सार्वजनिक गरिनसकेको भएपनि प्रहरीले सुन तस्करीमा प्रहरी अफिसरहरुकै संलग्नता रहको पनि बताएको छ ।  

भण्डारी तस्करीमा प्रत्यक्ष रुपमा संलग्न नभई उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए। स्रोतका अनुसार भण्डारी नाताले उप्रेतीका भान्जा पर्छन्। 

गृह मन्त्रालयले सहसचिव ईश्वचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरी घटनाको अनुसन्धान गरिरहेको छ। सनम हत्या तथा तस्करीमा संलग्न २० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। केही विशिष्ट व्यक्तिहरुसमेत तस्करीमा संलग्न देखिएको स्रोत बताउँछ। 

थाई एयरलाइन्सका ८ तथा नेपाल एयरलाइन्सका ३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरी हिरासतमा आत्महत्या गनेै प्रेमलाल चौधरीले तस्करीमा संलग्न नेपाल एयरलाइन्सका लोडर थिए । थाइ एयरलाइन्समा कार्यरत सानु बम पनि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको केही दिनमै आत्महत्या गरिसकेका छन् ।

यस्तो छ ३३ किलो सुन काण्ड, को–को पक्राउ परे ?
तस्करीको ३३ किलो सुन काठमाडौंबाट विराटनगर लैजाने क्रममा गत माघमा हराएको थियो।  सुन लुकाउनेहरुसँग मिलेको आशंकामा शाक्यलाई नियन्त्रणमा लिई सोही गिरोहका व्यक्तिहरुले कुरा खोल्न करेन्ट लगाएका थिए। त्यही क्रममा उनको मृत्यु भएको थियो। मृत्यु भएपछि चारकोशे झाँडीमा शव लुकाउन लैजाँदै गर्दा फागुन १९ मा महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंबाट खटिएको टोलीले गाडिभित्रै शव बरामद गरी मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरीलाई पक्राउ गरेको थियो। हत्या गरिएका शाक्य सोही समूहमा एकाउन्टेन्टका रुपमा कार्यरत थिए। 

घटनामा संलग्न राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ पनि पक्राउ परिसकेका छन्। उनै गुरुङले तस्करीका लागि विमानस्थलमा सेटिङ मिलाएका थिए। उनी २० वर्षअघि एयरपोर्टमा संगठित रुपमा सुन तस्करी गर्ने गिरोहमा आबद्ध व्यक्ति हुन्। 

त्यस्तै, भारतीय व्यापारी महावीर गोल्यानसहित प्रहरीले बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, दोराम खत्री, सम्बिरप्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, वीरेन्द्रमान श्रेष्ठ, राजन थापा, लालबहादुर मगर र राजु महर्जनलाई पक्राउ गरिसकेको छ। आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य र जय मातादी गोल्ड प्यालेसका पवन अग्रवाल पनि पक्राउ परिसकेका छन्। 

त्यस्तै, हत्यामा सहयोगी भूमिका खेल्ने लाक्पा शेर्पा र मदन घिमिरे समेत मोरङ प्रहरीको हिरासतमा छन्। पक्राउ परेका उपर मोरङ प्रहरीले कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा कारबाही अघि बढाएको छ। 

ककसको सम्पत्ति रोक्का ?
जिल्ला प्रहरी कार्यालय मोरङले तस्करीमा संलग्न रहेको भन्दै बाजेको सेकुवा रेस्टुरेन्टका सञ्चालक भण्डारीसहित मोहन अग्रवाल, रमेश उप्रेती, नर्वदा खरेल उप्रेती, रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया, भविन राई (भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम  लगायतको बैंक खाता तथा सम्पती रोक्का राखेको छ। 

 


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

जुम्लामा सरकारले गोली चलाएको छैन : उपप्रधानमन्त्री पोखरेल

५ साउन विराटनगर,।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे । रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । उनले  पूर्ववर्ती 

राप्रपाः गण्डकी प्रदेश कार्यसमितिलाई पूर्णता

५ साउन काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन गरेका छन् ।  

​संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक :सभामुख महरा

४ साउन, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताएका छन् । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले  आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उनले संविधान कार्यान्वयनका लागि संघीय संसद्ले धेरै कानूनहरु बनाउनुपर्ने दायित्व रहेको बताएका हुन् ।“संविधान कार्यान्वयनका लागि 

अन्तर्राष्ट्रिय

इजरेलद्वारा गाजामा भीषण हवाई हमला

सीमा क्षेत्रमा आफ्ना सैनिकमाथि आक्रमण गरिएपछि इजरेलले गाजा पट्टीमा सैन्य अखडाहरूलाई निशाना बनाएको छ। सीमा क्षेत्रमा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको उसले जनाएको छ। हिंसात्मक घटनामा धेरै समयपछि इजरेली सेनाको ज्यान गएको हो। गाजाका अधिकारीहरूका अनुसार इजरेली हवाई हमलामा चारजना प्यालेस्टिनीहरू मारिएका छन् र उनीहरूमध्ये तीनजना हमास लडाकु समूहका सदस्य थिए। सीमा क्षेत्रमा प्रदर्शनका क्रममा चौथो प्यालेस्टिनी 

५ वर्षका बालक, जसले आफैँ लेखे आफ्नै मृत्युको सन्देश

२ साउन, काठमाडौं । पूर्वजानकारी पाएर मृत्युलाई स्विकार्न जोकसैको आँटले सक्दैन । उमेरले जीवनको उत्तरार्धतिर लागेकाहरु पनि यस्तो क्षण सहज रुपमा बिताउन सक्दैनन् । तर, अमेरिकाका एक पाँच वर्षीय बालकले आफ्नो मृत्युको पूर्व जानकारी पछिको यात्रा सजिलोसँग पार गरेका छन् । उनी हुन् ग्यारेट मिथायस । 

प्रधानमन्त्री छँदा चढेको हेलिकोप्टरमै चढेर १० वर्षका लागि जेल जाँदै शरीफ, फर्किए पाकिस्तान

समाचार सूत्रका अनुसार न्याबले नवाज र मरियमलाई अदियाला जेल लैजानका लागि गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको थियो । मन्त्रालयले संस्थालाई त्यही हेलिकोप्टर दियो, जुन प्रधानमन्त्रीका लागि रिजर्भ राखिन्छ । अर्थात् नवाज कुनै बेला जुन हेलिकोप्टरमा प्रधानमन्त्रीका रुपमा देशभरी घुमिरहन्थे अहिले त्यही हेलिकोप्टरमा चढेर उनी जेल जाने भएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top