​पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा राख्न पाँच नेपाली क्रिकेटर सिफारिस


Friday, 8 Nov, 2019 12:11 PM
२२ कात्तिक, काठमाडौं । सिजन २०२० को पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको ‘ड्राफ्ट’मा समावेश गर्न पाँच नेपाली क्रिकेटरको नाम सिफारिस गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर करण केसी, अलराउन्डर पवन सर्राफ, स्पिनर ललितनारायण राजवंशी, ब्याट्सम्यान मोहमद आरिफ शेख र विकेटिकपर ब्याट्सम्यान विनोद भण्डारीको नाम सिफारिस गरेको हो।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार खेलाडीहरुको नाम पिएसएलको ड्राफ्टमा सामवेश गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)लाई अनुरोध गर्दै पत्र पठाइएको थियो। आइसिसीले पाँचै जनाको नाम पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको छ। तर पाँचै जनाको नाम ड्राफ्टमा पर्ने वा नपर्ने निश्चित भने छैन।

आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलको खेलाडी छनोटका लागि नोभेम्बरको अन्त्यमा ड्राफ्ट हुनेछ। ड्राफ्टमार्फत पिएसएलका ६ टिमले खेलाडी आ–आफ्नो टिममा आबद्ध गर्नेछन्। पिएसएलमा इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, लाहोर क्वालन्डर्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसबीच प्रतिस्पर्धा हुनेछ।

ड्राफ्टमा टिमहरुले ३ जना प्लाटिनम, ३ जना डाइमन्ड, ३ जना गोल्ड, ५ जना सिल्भर र २ जना इमर्जिङ क्याटागोरीमा रहेका खेलाडी आबद्ध गर्नु पर्नेछ। एक टिमले कम्तिमा १६ खेलाडी राख्नु पर्नेछ। जसमा ११ जना पाकिस्तानी र ५ जना विदेशी खेलाडी टिममा आबद्ध गर्न पाइनेछ। यस्तै थप २ जना खेलाडी आबद्ध गर्नु परेमा १ जना पाकिस्तानी र १ जना विदेशी खेलाडी राख्न पाइने नियम छ।


गत सिजनमा नेपालका लेगस्पिनर सन्दीप लामिछानेले लाहोरबाट खेलेका थिए। उनले एजेन्टमार्फत आफ्नो नाम पिएसएलको ड्राफ्टमा दर्ता गराएका थिए। यसपटक पनि सन्दीपले एजेन्टमार्फत नै आफ्नो नाम दर्ता गराउने बताइएको छ। सन्दीपबाहेक अन्य नेपाली खेलाडीले पनि एजेन्टमार्फत ड्राफ्टमा नाम दर्ता गराउन सक्नेछन्।

 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी

१५ फागुन, काठमाडौँ ।
नेकपाका स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ‍ओलीले  बुधबार बसेको सचिवालय बैठकको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने गृहकार्य भएको छ ।

संकटमा प्रधानमन्त्री, निर्णय उल्टाए गम्भिर अवस्था आउने चेतावनी

१५ फागुन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीले भने मेराविरुद्ध खेल भए, मुकाबिला गर्न तयार छु

१४ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको बताएका छन् । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली षड्‌यन्त्रपूर्वक चालिएका खेलहरूको  मुकाबिला गर्न आफू तयार रहेको बताए । 

अन्तर्राष्ट्रिय

इटालीमा कोरोना २५ प्रतिशतले वृद्धि, बहराइनमा पनि संक्रमण

१५ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वभर देखिन थालेको छ ।  कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको छ। कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ ।

दिल्ली हिंसामा ज्यान गुमाउने २० पुगे, मुख्यमन्त्री केजरीवालद्वारा सेना परिचालनको माग

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। 
 

दिल्ली तनाव साप्रदायिक हिंसामा परिणत, १३ को मृत्यु, १ सय ५० बढी घाइते

१४ फागुन, काठमाडौँ ।
भारतको राजधानी दिल्लीमा जारी नागरिकता कानूनविरुद्ध चर्किएको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भएको छ । भारत सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोध र समर्थन गर्नेहरुबीच उत्पन्न तनाव, हिन्दु र मुस्लिम समुदायबीच को हिंसामा बदलिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top