१६ लाखको लेहेंगाः संस्कृतिमाथी भद्दा मजाग, आचललाई कारबाही हुने कि नहुने ?


Tuesday, 17 Mar, 2020 9:16 AM
सन्दिप पौडेल
विश्वभर नै कलाकारलाई सम्मान गरिन्छ। खासगरी कलाकारलाई राष्ट्रका गहना भनी सम्मान व्यक्त गरिन्छ ।  गहना यस्तो आभूषण हो, जसले शोभा बढाउने काम गर्छ। त्यसैले विश्वमा गहना बनाउने धातु सबैभन्दा महंगा छन् । कलाकारलाई समाजको ऐनाको रुपमा पनि परिभाषित गरिन्छ । अर्थात कलाकार जसरी प्रस्तुत हुन्छन् समाज पनि त्यसरी नै अगाडि बढ्छ । अहिले नेपाली बजारमा एक जना नायिका आँचल शर्माको खुबै चर्चा चुलिएको छ । कलाकारलाई राष्ट्रका गहना भन्ने गरिए पनि तिनै कलाकारलाई गहनाले छोपिन मन लागेपछि चर्चा चुलिएको हो ।
 
अभिनेत्री आँचल शर्मा र पोषण विद् उदिप श्रेष्ठले फागुन २९ गते लगनगाँठो कसे । बिहिबार काठमाडौंको एक होटलमा विवाह गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले शनिबार काठमाडौंको पाँच तारे होटल हायातमा भव्य पार्टीको आयोजना गरे । अभिनेत्री आँचल उदिपसँग हेलिकोप्टर चढेर १६ लाखको लेहेंगा लगाएर पार्टीमा पुगिन् । १६ लाख पर्ने १६ केजीको उक्त लेहेंगालाई लिएर नेपाली बजारमा विभिन्न चर्चा परिचर्चा कायमै छ । आँचलले शनिबार विवाह पार्टीमा करिब ६० लाख हारहारीको गहना समेत लगाएकी थिइन ।



अब कुरा रह्यो उनले आफ्नो विवाहमा जस्तोसुकै लुगा लगाउन अरूलाई के चासो पर्यो। तर कुरा के हो भने आचल नायिका हुन् । उनी सार्वजनिक व्यक्ति भएका कारण उनको जीवनयापन अरूले नियाली रहेका हुन्छन् । समाजका ऐना मानिएका कलाकारले यसरी तामझाम सहित विवाह गर्दा अरूलाई कस्तो सन्देश जाला । कतिपय फिल्ममा उनले पनि विपन्न तथा सिमान्तकृत परिवारका प्रतिनिधित्व गरेकी होलिन । कतिपय फिल्ममा दाइजो र तडक भडक विरूद्धका आवज वोलिकी होलिन । तर व्यवहारिक जीवनमा भने उनले संस्कृतिमाथी नै भद्दा मजाक हुने गरी विवाह गरिन् ।

नेपालमा सिटामोल नपाएर मर्ने जनता छन् । उनी जस्तै कलाकारहरू समेत त्यस्ता ठाउँमा अस्पताल बनाउन तल्लिन छन् । त्यो महगोँ विवाहको खर्च कटाएर सामाजिक क्षेत्रमा लगानी गरेको भए आचल यतिखेर सबैको हाइहाइ हुने थिइन ।  विवाहमा १६ लाखको लेहेंगा, ६० लाखको गहना, ३ लाखको मेकअप तथा १५ लाखको हेलिकप्टर यात्राले नेपालमा पुँजीपतिहरूको ठाँटको विषयलाई समेत चित्रण गरेको छ । आचलको विवाहले उनिजस्तै नायिकालाई जबरजस्ती  प्रचलनको भारी बोकाएको छ ।

अब कुरा रह्यो आचलको विवाहमा गरिएको खर्च सरकारले छानविन गर्ने कि नगर्ने ? उनको विवाहको स्रोत खोज्ने कि नखोज्ने ? उनिहरूले कमाएको पैसाबाट सरकारलाई आयकर तिरेका छन् कि छैनन् ? यो पनि खोजिको विषय बन्न जरूरी छ । अर्को कुरा नेपालमा सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ अन्तर्गत विवाहमा ठूलो रकम खर्च गर्न पाइदैन । अब आचललाई सामाजिक व्यवहार  (सुधार) ऐन, २०३३ अन्तर्गत कारबाही गरिनुपर्ने माग समेत उठेका छन् ।


 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top