siddhartha
gharjaggakosathi

आफ्नै जीवनबारे प्रचण्डको यस्तो खुलासा


Sunday, 14 Jan, 2018 7:22 AM
३० पुस,काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनसँग अहिले अवसर र चुनौती दुवै रहेको बताएका छन् । देशभक्त गणतान्त्रिक मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमा प्रचण्डले यस्तो बताएका हुन् ।

आजको नयाँपत्रिका दैनिकमा खबर छ – वामगठबन्धनको सरकार बनेपछि देशमा स्थायित्व, विकास र सुशासन कायम गर्ने प्रचण्डले बताए । देशले थुप्रै प्रकारका समस्या झेलेर अहिले सही ट्र्याकमा आएको उनले बताए ।

‘एक वर्ष अगाडिको समयलाई हामीले कल्पनासमेत गर्न सक्दैनौँ । सविधान त घोषणा भयो तर कार्यन्वयन हुने हो कि होइन रु भन्ने प्रश्न निक्कै पेचिलो थियो ।’ प्रचण्डले भने, ‘मधेसमा आन्दोलन र छिमेकसँगको सम्बन्ध चिसिएको थियो । देशको आर्थिक स्थिति निक्कै ऋणात्मक थियो ।’

उनले सविधान कार्यन्वयन नहुँदा राजनीतिक शून्यताबाट देशको भविष्य, राष्ट्रिय एकता र भौगोलिक अखण्डता के हुने भन्ने प्रश्न चिन्तित बनाउने गरेको बताए । प्रचण्डले गम्भिर प्रश्नको समाधान भइसकेको जिकिर गरे ।

प्रचण्डले आफ्नै जिवनबारे यसो भने‘

आफ्नो जीवन निकै उतारचढावपूर्ण रह्यो । २०४६ सालको जनआन्दोलन पहिला सानो पार्टीको महासचिव भएको थिएँ । तुरुन्तै धेरै पार्टीहरु मिलाएर एकता केन्द्र मशाल बनाएँ । त्यो पाँच वर्ष संसदको उपयोग गरेपछि १० वर्ष जनयुद्धको नेतृत्व गरे ।

तत्कालिन ७ राजनीतिक दलबीच १२ बुँदे समझारी र विस्तृत शान्ति सम्झौता भयो । देश लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भयो । गणतन्त्र आउँदासम्म पनि सविधान बन्ने होरहोइन रु निकै कठिन थियो ।

धेरै ठूला अप्ठ्यारा, जटिलता तोड्दै सविधान घोषणा त गर्‍यौँ । तर, कार्यन्वनको पाटो फलामको चिउँरा चपाए जत्तिकै चुनौती र सकसपूर्ण थियो । यस्ता, अनेकन प्रकारका चुनौती र झमेलको सामना गर्दै स्थानीय तह देखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको भएको छ ।

स्थिर र बलियो कम्युनिष्ट सरकार बनाउने अवस्थासम्म आइपुग्यौँ। यी घटनाक्रमलाई स्पष्ट विम्ब अर्थात् चित्रमा देख्न सकिन्छ भने नेतृत्वको जिवन पनि निकै उतारचढावपूर्ण रहेको स्पष्टमा चित्र देख्न सकिन्छ ।


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top