esewa

आकृतिका बुवा भन्छन्-गलत रगत दिएर छोरीको मृत्यु भयो, प्रहरी उजुरी लिन मान्दैन


Wednesday, 15 May, 2019 3:57 PM
१ जेठ, काठमाडौं । गएको वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापर्वाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरी सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौँ । तर, न्याय पाएका छैनौँ । यसले हामीलाई अझै पीडा दिएको छ ।’

शल्यक्रिया गर्नुपूर्व बिरामीको दुवै मिर्गौला ठिक रहेको तर शल्यक्रियापछि दुवै मिर्गौला फेल भएको रिपोर्ट देखाइएको पनि बुवाले सुनाए । उनले भने, ‘शल्यक्रिया गरेलगत्तै मिर्गौला  फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेर पनि न्यायका लागि हारगुहारसमेत गरेको उनले बताए । उनले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोखे । 

उनले भने, ‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् ।’उनले सोधे, ‘अब हामी कहाँ जाने ? हामीलाई कहिले न्याय दिनुहुन्छ ?’ 



कार्यक्रममा बालिकाका आफन्त सुरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने, ‘मुटुको शल्यक्रिया हुँदा मिर्गौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ ।’ 

उनले भने, ‘शल्यक्रियापूर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा बिरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो । तर, निधनपछि त्यही ठाउँमा टिपेक्स लगाएर २० देखि ३५ प्रतिशत बनाइएको छ ।’

प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदा पनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए । उनले थपे, ‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौँ । तर, हाम्रो उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन् ।’

आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भए पनि मुद्दा दर्ता नभएको पनि उनले सुनाए । उनले प्रहरी वृत्त महाराजगञ्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाए । त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महसुस भैरहेको जानकारी दिए । 

उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरी पनि सँगै थिए ।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारबाही नगरेको उनले गुनासो सुनाए । 

यस्तो लापर्वाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ । 

तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए । उनले भने, ‘मलाई त इन्साफ चाहिएको छ । तर, खुरुक्क शव लिएर जान, बढी बोलिस भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो ।


Ruslan

runner bike

ime

citizens bank

राजनीति

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

६ भदौ काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन्। बिहीबार राति उनलाई सुनवल नगरपालिका–१३ बडेरास्थित घरबाटै पक्राउ गरिएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी अनुसन्धान थालिएको उनले बताए। ढकालसँगै पश्चिम नवलपरासीमा विप्लव 

​पाँच वडाध्यक्षद्वारा सामूहिक राजीनामा

६ भदौ, बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् । नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट जितेका पाँच वडाध्यक्षले राजीनामा पेश गरेको वडा नं ७ का अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए । 

विप्लवका नवलपरासी जनसरकार प्रमुख पक्राउ

६ भदौ, नवलपरासी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नवलपरासी जिल्ला सदस्य एवं जनसरकार प्रमुख भनिएका प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् । सुनवल नगरपालिका–१३, बडेरास्थित घरबाटै  विहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय, पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका ढकालमाथि आवश्यक अनुसन्धान थालिएको उनले बताए । पश्चिम नवलपरासीमा विप्लव समूहका अधिकांश नेताहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
 

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top