आलमले मान्छे जलाएको देख्ने साक्षी र परिवारलाई कडा सुरक्षा, दिनदिनै भेट्छ प्रहरी


Sunday, 17 Nov, 2019 2:47 PM
१ मंसिर, काठमाडौं । १२ वर्षअघि आफैंले बनाउन लगाएको बम बिष्फोट भएपछि घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उनीविरूद्धका साक्षी त्रसित बनेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

१२ वर्षअघिको त्यो बम विष्फोटमा घाइते भए पनि भागेर बाँचेका सफी अहमद र भारतीय नागरिक गौरी शंकर रामलाई प्रहरीले आफ्नो विशेष सुरक्षामा राखेको छ ।

गौरी शंकरले त आफ्नो सुरक्षा माग गर्दै गत साता जिल्ला अदालत रौतहटमा निवेदन दिए । त्यसपछि रौतहट प्रहरीले उनलाई सुरक्षित आवासमा राखेको छ भने उनको परिवारलाई विशेष सुरक्षा गर्न भनेर भारतीय प्रहरीलाई लेखी पठाएको छ ।

‘सफी अहमदको घर सर्लाही भएकाले हामीले नै त्यहाँको प्रहरीलाई उनको परिवारको सुरक्षा गर्न लेखी पठाएका छौ । गौरीशंकर भने भारतीय भएकाले उनको परिवारलाई पनि आलमका मानिसबाट खतरा हुनसक्छ त्यसैले सुरक्षा गर्नु भनेर भारतको प्रहरीलाई लेखी पठाउन हेडक्वाटरलाई भनेका छौं, हेडक्वाटरले उता कुरा गरेको छ,’ रौतहट प्रहरीका डिएसपी नवीन कार्कीले भने, ‘सफी र गौरीशंकरलाई हामीले हाम्रो विशेष संरक्षणमा राखेका छौ ।’

प्रहरीले जाहेरवालालगायत अन्य साक्षी र उनीहरूको परिवारलाई पनि सुरक्षा दिन उनीहरू भएको ठाउँमा प्रहरी गस्ती बढाएको छ ।
जाहेरवाला र साक्षीहरूलाई प्रहरीले दिनको एक पटक फोन गरेर हालखबर सोध्ने गरेको डिएसपी कार्कीले बताए ।

‘हामीले यही जिल्लाबाट पनि जाहेरवाला र साक्षीहरूको सुरक्षाका लागि दिनको एकपटक फोन गरेर हालखबर सोध्ने गरेका छौं,’ उनले भने, ‘उनीहरूको टोलनजिक सुरक्षा गस्ती बढाइएको छ र  दिनको एक–दुई पटक सबैको घरमा पुगेरै प्रहरीले उनीहरूको हालखबर बुझ्ने गरेको छ ।’

आलमका मानिसहरूबाट जाहेरवाला, साक्षी र उनीहरूको परिवारलाई धम्की र प्रलोभन आइरहेकोबारे प्रहरी सचेत रहेको डिएपी कार्कीले बताए ।
८ दिन लामो थुनछेक बहस पछि शुक्रबार न्यायाधीश ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। पीडित र साक्षीहरूले सुरक्षाको लागि निवेदन दिएको भन्दै ढकालको इजलासले आलमलाई रौतहट कारागारमा नभई नख्खु कारागार ललितपुरमा पठाउन आदेश दिएको छ ।

बम विस्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाणसमेत नष्ट हुने गरी जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो ।

निर्मम तरिकाले हत्या गरेको अभियोग लागेकामा आलमसहित उनका भाइ महम्मद अफताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन् । आलम पक्राउ परे पनि अरू सबै फरार छन् ।

उनीहरूका नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ । विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ ।
अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

कोरोना नियन्त्रण गर्न नसकेको भन्दै डब्लुएचओबाट बाहिरियो अमेरिका

२४ असार, काठमाडौँ । 
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओबाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ।  विश्वभरी कोरोनाभाइरसको नियन्त्रण तथा न्यूनीकरणका लागि प्रभावकारी र सन्तोषजनक भूमिका खेल्न नसकेको भन्दै  अमेरिका डब्लुएचओबाट बाहिरिएको हो। संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग हुने घोषणा गरेका थिए।   राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई चीनको 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top