siddhartha
gharjaggakosathi

धनगढीको नयाँ घरले कैलाली–५ मा चम्काइदेला आरजुको भाग्य ?

नारदमुनी र दिनेश : आरजुका ‘डबल’ चुनौती


Tuesday, 14 Nov, 2017 4:21 PM
२८ कात्तिक, धनगढी । ७ नम्बर प्रदेशमा मौसम जाडोउन्मुख छ, चुनाव गर्मीउन्मुख । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु चुनावी मैदानमा खेलाडी बनेकाले कैलाली क्षेत्र नं. ५ झन् तात्तिएको छ ।
 
कैलालीमा देउवा परिवारको कुनै जायजेथा थिएन । आरजुले कैलाली ५ मा उम्मेदवारी दर्ता गर्दासम्म पनि यो ठाउँ केवल आवश्यकताको भाँडोमात्रै थियो । त्यसैले त उनीमाथि ‘टुरिष्ट’ उम्मेदवारको आरोप लाग्यो । चुनावकै लागि भएपनि आरजु कैलालीमा अस्थायी घरबास गर्ने योजनामा पुगिन् । धनगढीमा घर हालिन्, तीन करोड रुपैयाँको । हाल बैना बुझाएर आरजु धनगढी–४ उत्तरबेहेडीस्थित शारदा हमालको नाममा रहेको दुईतले सुविधा सम्पन्न घरमा बस्न थालिसकेकी छिन् । 

तर, के धनगढीको नयाँ घरले कैलालीमा चम्काइदेला आरजुको भाग्य ? 

–नारदमुनी राना, आरजु देउवा र दिनेश भण्डारी बायाँबाट क्रमशः

नयाँ घरको असर आरजुको पक्ष र विपक्ष दुवैतिर पर्ने सम्भावना धनगढीका पुराना राजनीतिकर्मीहरु अनुमान लगाउँछन् । उनको नयाँ घरले चुनावी क्षेत्रका मतदातामा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारेको छ । घर किनिसकेपछि देउवापरिवार आफ्नै छिमेकी भएको महसुस केही मतदाताले गरेपनि अधिकांशले चुनावी ‘नौटंकी’का रुपमा बुझेका छन् । तर, टुरिष्ट उम्मेदवारको ट्यागलाई प्रतिद्वन्द्वीले चुनाव हराउने अस्त्रको रुपमा प्रयोग नगरोस् भनेरै आरजुले ‘नयाँ घर’ योजना ल्याएकी हुन् ।

राजनीतिमा देउवापत्नीको ‘ट्याग’बाहेक योगदान नभएकी आरजुले सुदुरपश्चिमलाई ‘सुनको टुक्रा’ बनाउँछु भन्दै भाषण गर्दै हिँडिरहेको भन्दै प्रतिद्वन्द्वीले ‘क्रस फायर’ गरेको छ । 

त्यसो त आरजुलाई कैलाली ५ मा घरेलु र बाह्य, दुवै खतरा छ । काँग्रेसभित्रै उनको उम्मेदवारीलाई लिएर असन्तुष्टी छ भने वाम गठबन्धनका उम्मेदवारको चुनौति कमजोर छैन । वाम उम्मेदवार नारदमुनी राना आरजुका प्रतिद्वन्द्वी हुन् ।

कैलाली क्षेत्र नं. ५ मा साविकको क्षेत्र नं. ६ का अधिकांश भाग पर्छ । धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालीकाका वडा नं. ६ र ९ क्षेत्र नं. ५ मा पर्छन् । ०७० को निर्वाचनमा कैलाली ६ बाट शेरबहादुर देउवाले जितेका थिए । पतिको त्यही विरासतमा झण्डा गाड्ने दाउ आरजुको हो । स्थानीय तह निर्वाचनको परिणामअनुसार यो क्षेत्रमा कम्युनिष्ट गठबन्धन कांग्रेसभन्दा ६ हजार बढी मतले अगाडि छ । स्थानीय तह निर्वाचनमा पाएको मतअनुसार कैलाली–५ मा पर्ने धनगढी उपमहानगरपालिकामा कम्युनिष्ट गठबन्धनले २३ हजार ५७१ मत ल्याएको थियो भने काँग्रेसले १६ हजार ४३८ मत प्राप्त गरेको थियो । काँग्रेसमा विलय भएको नेपाल लोकतान्त्रिक फोरमले धनगढीमा १३ सय ८३ मत प्राप्त गरेको थियो । यो सम्पूर्ण मतको हिसाब गर्दा उपमहानगरपालिकामामात्रै कम्युनिष्ट गठबन्धन काँग्रेसभन्दा ५ हजार ७२६ मतले अगाडी छ । 

क्षेत्र नम्बर ५ मा पर्ने कैलारी गाउँपालिकाका ६ र ९ नं. वडामा कम्युनिष्ट गठबन्धनको १७ सय २३ र कांग्रेस (तत्कालीन लोकतान्त्रिक फोरमसहित)को १३ सय ६५ मत छ । दोस्रो तहको स्थानीय तह निर्वाचनको परिणाम हेर्दा आरजुसामु निर्वाचन सहज देखिन्नँ । 

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए । कांग्रेसले धनगढीका मेयरमा नृप ओडलाई टिकट दिएपछि कांग्रेसका असन्तुष्ट नेता–कार्यकर्ता खुलेरै हमालको पक्षमा प्रचारमा हिँडेका थिए । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि हमालकै पार्टी विवेकशील साझाका दिनेश भण्डारी उम्मेदवार छन् । उनी कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् । उनको उम्मेदवारीले पनि वामका नारदमुनीलाईभन्दा काँग्रेसकी आरजुलाई असर गर्ने देखिन्छ ।

 


Ruslan

paicho

bussewa

राजनीति

​राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

६ माघ, सिरहा । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ । एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

देउवालाई रामचन्द्र पौडेलको चुनौती : ‘दम भए कारबाही गरेर देखाउनुहोस् ’

६ माघ,काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार केन्द्रीय कार्यसमिति समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका छन् ।

काँग्रेस बैठक आज पनि जारी

५ माघ, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले बैठक आज पनि जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य,

अन्तर्राष्ट्रिय

भारतको नयाँ दिल्लीमा ​सडक दुर्घटनामा परी सातको मृत्यु

६ माघ, एजेन्सी । पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा भएको एक बस दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको घटनामा अरु कैयौं घाइते भएका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । यस घटनामा परी के कति घाइते भएका यसको एकिन सङ्ख्या भने प्राप्त भएको छैन् । 

सुरक्षा रणनीति परिवर्तन गर्ने अमेरिकी ,रुस र चीन जस्ता प्रतिस्पर्धीमा केन्द्रित

६ माघ । अमेरिकाले आफ्नो रक्षा रणनीति परिवर्तन गर्ने संकेत गरेको छ ।अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले अमेरिकी सेनाले अब आफ्नो ध्यान चरमपन्थीविरुद्ध लड्नुको सट्टा रुस र चीन जस्ता प्रतिस्पर्धी मुलुकसँग लड्ने क्षमता विकास गर्ने बताएका हुन । राजधानी वासिङ्टनमा गरिएको एक कार्यक्रममा रक्षामन्त्री 

उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुला

६ माघ,सोल  । चार वर्षपछि पहिलोपटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुला गरिएको छ । केही उत्तर कोरियाली महिलाले शनिबार दक्षिण कोरिया जाने अनुमति पाएका छन् । उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top