स्थायी शिक्षकले जिशिकामा हाजिर गर्दै


Tuesday, 5 Jan, 2016 11:02 AM

२१,पुस,काठमाण्डौं । स्थायी शिक्षकमा नाम निकालेर पढाउन पुगेका शिक्षकहरूले तोकिएको विद्यालयमा हाजिरसमेत गर्न नपाउँदा अहिले जिल्ला शिक्षा कार्यालयमा हाजिर गर्न बाध्य भएका छन् । 
यसै महिनाको १२ गते सरकारले १२० शिक्षकलाई मध्यमाञ्चलबाट मावि तहको दरबन्दीमा नियुक्ति दिए पनि ३८ शिक्षकले विद्यालयमा गएर पनि पढाउन र हाजिर गर्न पाएनन् ।   आफूहरूले विद्यालयमा हाजिर नै गराउन नपाएपछि उनीहरूले सङ्घर्ष समिति नै गठन गरी प्रक्रियालाई विभिन्न कार्यक्रम गरी अगाडि बढाएका छन् । सङ्घर्ष समितिका संयोजक भोजराज गौतमले अस्थायी शिक्षकलाई विस्थापित गरेर स्थायी राखेका कारण उक्त समस्या आएको बताउनुभयो । 
अस्थायी शिक्षकले छाड्न नमान्ने र अस्थायी शिक्षक नभएका विद्यालयमा पनि सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हाजिर गर्न नदिएको गुनासो उहाँले गर्नुभयो । विसं २०६३ भन्दा अघिका अस्थायी शिक्षकलाई नहटाइने र त्यसपछि राखिएका अस्थायी शिक्षकको दरबन्दीमा स्थायी शिक्षक आए पनि अस्थायी शिक्षकलाई हटाउन नसकेकै कारण उक्त समस्या झेल्नुपरेको उहाँको दाबी छ ।  संयोजक गौतमले गत वर्ष पनि यस्तैखालका समस्या आएका कारण नयाँ स्थायी नियुक्ति पाएका शिक्षकले मुद्दासमेत हाल्नुपरेको बताउनुभयो । “हामीले जिशिकामा गएर हाजिर गरे पनि त्यो बेतलवी हुन्छ ।
मेरो काभ्रेमा प्रावि तहमा स्थायी नियुक्ति थियो तर माविमा नियुक्ति पाएपछि त्यता छाडेर यता आएँ । तर यहाँ यस्तो समस्या भएपछि उता पनि जान सक्दिनँ र यता पनि बस्न नसक्ने भएँ । म त दोहोरो मारमा परेको छु” – उहाँले सुनाउनुभयो ।  अब सङ्घर्ष समितिमार्फत विरोधका कार्यक्रम गर्ने जानकारी पनि उहाँले दिनुभयो 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top