siddhartha

एसिसी यू–१९ : नेपालको सानदार जित, ८.३ ओभरमै भुटान पराजित


Wednesday, 13 Sep, 2017 11:20 AM
२८ भदौ, काठमाडौं । एसीसी एसिया कप यु १९ पुर्वी क्षेत्रीय छनोट प्रतियोगितामा नेपाले लगातार दोस्रो जित हात पारेको छ।

नेपालले आज बिहान भएको प्रतियोगिताको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको छ । यसअघि पहिलो खेलमा थाइल्याण्डलाई पराजित गरेको थियो । आजको जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको किनारा ओभल मैदानमा भएको खेलमा भुटानले दिएको ५१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ विकेट गुमाएर ८.३ ओभरमा जित हात पार्यो ।

नेपालका ओपनर सन्दिप सुनार २१ रनमा आउट भए भने आसिफ सेख २३ र अनिलकुमार साह चार रनमा नटआउट रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले २८ ओभरमा सवै विकेट पतन हुँदा जम्मा ५० रन मात्र बनाएको थियो। भुटानका टासी फुन्तासोले १६ र युग्यान दोर्जेले १३ रन बनाए । अन्य अन्य ब्याट्सम्यानलाई नेपाली बलरले राम्रै धुलाई गरे । 

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दिप लामिछानेले ४ विकेट लिए ।


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​चौतर्फी घेराबन्दीमा पनि एमालेको नतिजा सन्तोषजनकः नेता खनाल

८ असोज, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेलाई चौतर्फी घेराबन्दीमा पारे पनि २ नं प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेले सन्तोषजनक नतिजा हासिल गरेको बताए । 

​महोत्तरीमा मतगणना सकियो, राजपा पहिलो

८ असोज, महोत्तरी । महोत्तरी जिल्लाको १५ वटै स्थानीय तहको मतगणना सकिएको छ । यस जिल्लामा स्थानीय तह निर्वाचनमा राजपा नेपालले सात स्थान हासिल गर्दै पहिलो भएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

राजपा सहमहामन्त्री मिर्जा एमाले प्रवेश, मधेसमा जनमत बढेको ओलीको दावी

८ असोज, काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह चुनावमा दोस्रो पार्टी बन्न प्रयासरत राजपाका सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठक चलिरहेका बेला आइबार केन्द्रीय कार्यालय धुम्बाराहीमै बेग आफ्ना सहयोगी सहित एमाले प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय

रहिनन् संसारकै धनी महिला

सौन्दर्य प्रसाधन बनाउने कम्पनी फ्रान्सीसी कम्पनी लरियलकी उत्तराधिकारी ललियन बेटनकोर्टको ९४ वर्षको उमेरमा निधन भएको छ । बेटनकोर्टको परिवारले यसको पुष्टि गरेको छ। लिलियन बेटनकोर्ट संसारको सबैभन्दा धनी महिला हुन् । सन् २०१७ मा उनको कुल सम्पत्ति ३३ बिलियन युरो आँकलन गरिएको थियो ।

मेक्सिकोमा भूकम्पमा परेर मर्नेको संख्या २ सय ४८ पुग्यो

मेक्सिको । मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । य

प्युर्टो रिकोमा ३५ लाख नागरिक बिजुली र पानीबिना अन्धकारमा

चक्रवातीय आँधी मारियाले क्यारेवयन टापु प्यूर्टो रिकोमा गम्भीर असर पारेको छ। आपतकालीन सेवासँग सम्बन्धित अधिकारीहरुले टापुमा बिजुली आपुर्तिसमेत बन्द भएको बताएका छन् ।

विचार / ब्लग

पूर्वनिर्वाचन आयुक्त गुरुङ भन्छन् – मधेशमा उमेद्वारले फकाउँछन्, धक्याउँछन, नमाने दन्काउँछन्

पहिले उनीहरुले फकाउँछन्, बोलाउँछन्, धम्क्याउँछन्, अनि तर्साउँछन्, भएन भने दन्काउँछन् । संविधानसभा निर्वाचनमा पनि जनकपुरमा ठूला–ठूला गेटहरु बनाए । त्यतिबेला आयोगले सारा गेटहरु भत्काइ दियो ।  दण्ड–जरिवाना गरियो । मोटरहरु ‘सिज’ गर्ने काम भयो । अब उनीहरुले खुल्लमखुल्ला आचारसंहिताको उल्लंघन गरिसकेका छन् । सबैको अगाडि, आफ्नै नाकमुनि त्यस्तो हर्कत हुँदा पनि मुख्य निर्वाचन अधिकृतले के ग-यो ? 

मैले आफैँ बलात्कार भएको मोबाइलमा रेकर्ड गरेँ

यो समयमा यस्तो लाग्थ्यो कि म एक ल्याबका लागि प्रयोग हुने मुसा हुँ । म गन्न सक्दिन, कतिपटक मैले डाक्टरलाई बलात्कारको कुरा भनेँ । एक पटक उनले बलात्कारको अन्तरंग विवरण नै मागे । उनले सोधे, ‘उसले तिम्रो स्कर्ट माथि सार्यो वा तल तान्यो । उसले यो साइडमा घोच्यो वा त्यो साइडमा ? मलाई यी प्रश्नहरुको आशा थिएन । म पागलजस्तै रोएकी थिएँ । 

के हाम्रो बुद्धि घुच्चुकमै छ ?

म पुरुषहरुमाथि मात्रै होइन, मैमाथि (अर्थात् महिलामाथि) प्रश्न गर्छु आजकाल । म मान्दछु, पुरुषप्रधान देशमा महिलामाथि ‘कथित पुरुषत्व’ लादिएको छ । तर म मान्दिन, एउटी महिलाले अर्की महिलामाथि ‘कथित नारित्व’ लादेकी छैन । 
Top