cg electronics
nlic

अदालतको आदेश फैसला सहज भाषामा लेख्न माग


Wednesday, 11 Jan, 2017 4:52 PM
२७ पुस,काठमाडौँ । अदालतको आदेश.फैसला सरल र सर्वसाधारणले सहजरुपमा बुझ्न सक्ने तरिकाले लेख्नुपर्ने भएको छ । कानुनी भाषा सर्वसाधारणले सहजरुपमा बुझ्न नसक्दा समस्या, दुःख, हैरानी, गलत व्याख्या हुने हुँदा अदालतको आदेश/फैसला सरल भाषामा सामान्य नागरिकले सहजसँग बुझ्न सक्नु हुनुपर्ने जरुरी देखिएको हो । 

सर्वोच्च अदालत केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘न्यायिक सूचना सम्प्रेषणका सन्दर्भमासञ्चारकर्मीसँगको अन्तक्र्रिया’ वरिष्ठ पत्रकारले अदालती भाषा बुझ्न निकै जटिल भएको हुँदा सरल भाषा प्रयोग गर्नुपर्ने कुरा उठाएका हुन् । 

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, विष्णु निष्ठुरी, धमेन्द्र झा, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्र दैनिकका सम्पादक पुस्कर माथेमा, बबिता बस्नेत, कपिल काफ्लेलगायतले अदालती भाषा सरलरुपमा प्रयोग गर्नुपर्ने र अदालती भाषालाई सरलरुपमा प्रयोग गर्न निर्देशिका नै तयार गर्नुपर्ने सुझाव दिएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले अदालतले सकेसम्म सरल भाषामा आदेश÷फैसला लेख्ने अभ्यास भइरहेको र कानुनी भाषाका कतिपय आफ्नै नियम हुने बताए । अदालत र मिडियाको दुवै निरपेक्ष हुन नसक्ने भन्दै उहाँले वस्तुनिष्ठ र सत्य न्याय सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । 

सर्वोच्च अदातलका न्यायाधीश शारदाप्रसाद घिमिरेले पत्रकार र सर्वसाधारणले बुझ्ने भाषामा आदेश÷फैसला लेख्ने प्रयास भइरहेको र कतिपय कानुनी शब्दलाई ध्यान दिनेपर्ने कुरा राखे। उच्च अदालत पाटनका मुख्य न्यायाधीश टङ्कबबहादुर मोक्तानले अदालत र सञ्चारमाध्यमबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताए। 

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोणबहादुर कार्कीले राज्यका तीन अङ्गमध्ये न्यायपालिका निकै संवेदनशील भएको र न्यायपालिकाको शक्ति नै जनविश्वासमा अडिएको विचार राखे नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले सूचनाको सहज पहुँच बढाउन तथा मिडिया र अदालत सहकार्य गरेर जानुपर्नेमा विचार राखे । 

सो कार्यक्रममा सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदी र नेपाल पत्रकार महासङ्घका पूर्व सभापति सुरेश आचार्यले न्यायिक सूचना सम्प्रेषणका सन्र्दभमा सञ्चारकर्मीको भूमिका विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।


Ruslan

paicho

bussewa

राजनीति

​मौलिक हकसँगै कर्तव्य पालना आवश्यक : प्रधानमन्त्री ओली

१२ बैशाख, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले व्यवस्था गरेका मौलिक हक उपभोगसँगै कर्तव्य पालना गर्नु पनि सबैको दायित्व भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा आज उनले संविधानले व्यवस्था गरेका सबै मौलिक हक महत्वपूर्ण भएको बताउँदै मौलिक हकसँगै कर्तव्य पनि सँगै गाँसिएको धारणा व्यक्त गरे । सूचनाको हकको अभ्यासमा प्रारम्भिक, आधारभूत र मौलिक सूचनाको हकलाई प्राथमिकतामा

छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष प्रचण्ड

१२ बैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताए । 

​पार्टी एकताबाट कोही भाग्न सक्दैन : पोखरेल

११ बैशाख, काठमाडौ । रक्षामन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गरे । मिलाउन पर्ने सबै 

अन्तर्राष्ट्रिय

​इयरफोनले लियो १३ स्कूले बच्चाको ज्यान

१३ बैशाख, काठमाडौं । चालकले इयरफोन लगाएर स्कूल बस चलाउँदा १३ बच्चाको ज्यान गएको छ । रेलसँग ठोक्किएर स्कूल बस दुर्घटनामा परेको हो । इयरफोन लगाएर बस चलाइरहेका ड्राइभरले रेलको हर्न नसुन्दा रेल लिग क्रस गर्ने बेला दुर्घटना भएको हो । यो दुघटना भारत उत्तर प्रदेशको कुशीनगरको हो । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा ८ जना गम्भीर आइते भएका छन् । रेलमा भने यात्रु थिएनन् ।

नाइजेरियामा चर्च आक्रमणमा परी सोह्रको मृत्यु

१२ बैशाख, एजेन्सी । नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले चर्चमा आक्रमण गरेका र उनीहरु मारिएका जानकारी दिए । घटनाका कारण राज्यका गभर्नरले आफ्नो घरायसी विदा र भ्रमण छोट्याएको उनले बताए । फुलानी समुदायका गोठालाहरुको आक्रमणबाट उनीहरुको मृत्यु भएपछि सुरक्षा चुनौती

​क्यानडामा सडक दुर्घटना हुँदा दश जनाको मृत्यु

११ बैशाख, एजेन्सी । क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन् । यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार यो एक योजनाबद्ध आक्रमण हो । प्रत्यक्षदर्शीअनुसार चालकले पैदलमार्गमा तीव्रगतिमा भ्यानलाई

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top