siddhartha
gharjaggakosathi

​अदुवाको मूल्य घट्दा धनकुटाका किसान समस्यामा


Sunday, 14 Jan, 2018 2:10 PM
३० पुस, धनकुटा । प्रमुख नगदे बालीका रुपमा खेती भइरहेको अदुवाको मूल्यमा कमी आएपछि धनकुटाका किसान समस्यामा परेका छन् । 

आन्तरिक बजारमा हुने सीमित खपतबाहेक अदुवाको गुणस्तर नभएको भन्दै भारतीय व्यापारीले लैजान नमानेपछि किसानमा निराशा बढेको खाल्सा छिन्ताङ शहीद भूमि गाउँपालिकाका किसान नरेन्द्र राई बताउँछन् । वन्यजन्तुले नखाने बिनापानी पनि खेती गर्न सकिने भएकाले धनकुटाका प्रायः किसानले अदुवाखेतीलाई प्रमुख नगदेबालीका रुपमा लिदै आएका उनको भनाइ छ । 

तीन वर्षयता लगातार मूल्य कमीका कारण किसान बढी प्रभावित भएपछि निराशा बढेको उल्लेख गर्दै मूल्य कमीका कारण व्यापारीले प्रतिकिलो रु २० मा पनि अदुवा लान नमानेपछि निराशा बढेको कृषक राइको गुनासो छ । पहिला चामल किनेर खान पुग्थ्यो, अहिले त नून, तेल टार्न पनि गाह्रो पर्न थाल्यो धनकुटा नगरपालिका–९ का दामोदर सुवेदीको दुखेसो पोख्छन् । 

गतवर्ष भारतीय बजारमा प्रतिकेजी रु १०० भन्दा बढी पुगेको अदुवाबाट अहिले परिश्रमको मूल्य नै उठ्न गाह्रो परेको छ । अदुवाको मूल्य कमीका कारण परम्परागतरुपमा वर्षौंदेखि अदुवा रोप्दै आएका उक्त क्षेत्रका सयौँ किसानमा निराशा बढेको साँगुरीगढी गाउँपालिका–७ डाँडाटोलका नारायण राई बताउँछन् । 

बजारको पहुँच राम्रो देखेर शिक्षण पेशा नै छाडेर अदुवाखेतीबाट वार्षिक रु १५ लाख कमाउने चौबीसे गाउँपालिका बूढीमोरङका ठाकुरमान लिम्बू अदुवा बिक्री नभएपछि आफूहरूमा निराशा छाएको उल्लेख गर्छन् ।
 
दश रोपनी जमिनमा लगाएको अदुवाले प्रतिकिलो रु ९० सम्ममा बेच्दा वार्षिक रु छ लाख कमाइ गर्दै आउनुभएका लिम्बू मूल्य कमी मात्र होइन बिक्री नै हुन छाडेपछि यसवर्ष दुई रोपनी जमिनमा मात्र अदुवा खेती खुम्चिएको बताउँछन् । 

मूल्य कमीका कारण कुनै बेला अदुवाको पकेट क्षेत्रका रुपमा रहेको उनका करिब ३०० घरधुरी प्रभावित भएको चर्चा गर्दै उनी भन्छन्, “अदुवाले भाउ फेरि आउला कि भनेर बीउ जोगाएर बसेका छौँ ।” 

भारतले अदुवाको गुणस्तर परीक्षणमा एकद्वार प्रणाली लागू गरेपछि पहिलाको जस्तो अदुवा भारत निकासी गर्न सहज नभएको र व्यापारीले अदुवा नै लैजान छोडेपछि साँगुरीगढी गाउँपालिका क्षेत्रका किसानले अहिले वैकल्पिक खेती गर्ने सोच बनाइरहेको अर्का कृषक रमेश राई बताउँछन् । भारतीय बजारमा मात्र निर्भर हुनुपरेको र पछिल्लो समयमा भारतले अदुवा लान नमान्दा नेपालका अदुवा व्यापारसँगै किसान बढी प्रभावित भएको उनको भनाइ छ । 

गतवर्ष २५० हेक्टरमा भएको अदुवाखेतीबाट तीन हजार ६९७ मेट्रिक टन उत्पादन भएकामा रु १४ करोड ४८ लाख बराबरको तीन हजार ५१२ मेट्रिक टन अदुवा जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा छ । गतवर्ष अदुवा प्रतिकिलो रु ९० देखि १५० सम्म मूल्य थियो । मूल्य कमीसँगै अदुवाको उत्पादन र निकासी प्रभावित भएको जिल्ला कृषि कार्यालयका प्राविधिक सूर्यप्रसाद सापकोटा बताउँछन् । 

मूल्यमा कमी आए पनि उत्पादन बढी भएकाले उत्पादन भएको चार हजार ६६ मेट्रिक टनमध्ये रु १४ करोड ६३ लाख ६० हजार बराबरको तीन हजार ६५९ मेट्रिक टन अदुवा निकासी भएको थियो । मूल्य वृद्धि नभएपछि यसवर्ष जिल्लामा अदुवा खेती खुम्चिएर २३५ हेक्टरमा मात्र सीमित भएको कार्यालय स्रोतको भनाइ छ । 

प्रमुख बालीका रुपमा रहेको अदुवा खेतीमा आधारित उद्योग सञ्चालन गर्न सकिने सम्भावना पहिल्याउन सरकारसँग माग गरे पनि सुनुवाइ नभएको सम्बद्ध किसानको भनाइ छ । विभिन्न कृषि उत्पादनले कृषि क्षेत्रबाट देशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा समेत विशेष योगदान पुर्याउने हुँदा अदुवा खेती र यसको व्यापार विस्तारका लागि सरोकारवालाको ध्यान जान जरुरी रहेको कृषि विज्ञको जोड छ ।
 


Ruslan

paicho

bussewa

राजनीति

झलनाथ खनालको खुलासा : ‘माघभित्रै एमाले–माओवादी एकता, नयाँ पार्टीको नाम नेकपा रहन्छ’

२ माघ,काठमाडौं । पूर्वप्रधानमन्त्री एवंम एमाले वरिष्ठ नेता झलनाथ खनालले माओवादीसंगको पार्टी एकता माघभित्रै टुङ्गीने बताएका छन् । एक टेलिभिजनसंगको कुराकानीमा खनालले माघभित्रै दुवै पार्टी एक हुने बताएका हुन । 

प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने काँग्रेस नेताको चेतावनी

२ माघ,काठमाडौं । नेपाली काँग्रेसका नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले एक 

ईश्वर पोखरेलको प्रस्तावले वामदेव र प्रचण्डको सपना अधुरै,अब प्रचण्डले के गर्छन् वामदेवलाई ?

२ माघ,काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा हारेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जाने बाटो पनि बन्द भएको छ । एमालेले प्रतिनिधिसभामा पराजित उम्मेदवारलाई राष्ट्रियसभाको उम्मेदवार नै नबनाउने निर्णय गरेपछि उनका लागि 

अन्तर्राष्ट्रिय

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच झडप हुदा ९ जनाको मृत्यु

२ माघ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् ।

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top