भारतको ध्वजावाहक एअर इन्डिया पूरै बेच्ने सरकारको घोषणा


Tuesday, 28 Jan, 2020 10:37 AM
१४ माघ, काठमाडौं । भारतीय सरकारले सरकारी स्वामित्वको एअर इन्डियाको सम्पूर्ण शेअर बेच्ने योजना सार्वजनिक गरेको छ । नयाँ योजनामा सरकारले एअर इन्डिया माथिको नियन्त्रण पूर्ण रूपमा खरिदकर्तालाई दिने प्रस्ताव गरेको छ । एअर इन्डियाको आठ अर्ब डलर ऋणमध्ये खरिदकर्ताले तीन अर्ब डलरभन्दा बढी तिर्नुपर्ने हुन्छ ।

एअर इन्डियाको शेअर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना हो तर सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन् ।

सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने हो । सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ताको आकर्षण नभएको ठानिन्छ ।

‘द डिसेन्ट अफ एअर इन्डिया’ पुस्तकका लेखक तथा उक्त वायुसेवाका एक जना पूर्वकार्यकारी जितेन्द्र भार्गवका अनुसार अहिले गरिएको आह्वान सकारात्मक रहेको छ । उनले यसले नीजि लगानीकर्तालाई तान्न सक्ने बताए । एअर इन्डियासँग १४६ विमान छ र घरेलु तथा अन्तर्रा्ष्ट्रिय उडानका लागि आकर्षक अवतरणमार्ग र पार्किङस्थल रहेको छ ।

तर कम भाडा लिने प्रतिस्पर्धाका कारण उसले अघिल्लो दशकमा निरन्तर बजार गुमाएको थियो । उसको ऋण दायित्व आठ अर्ब डलर नाघिसकेको ठानिन्छ । तर स्वामित्व लिन चाहनेले सवा तीन अर्ब डलर बराबरको उत्तरदायित्व मात्रै वहन गर्नुपर्ने नयाँ सर्तमा उल्लेख छ ।

कतिपय विज्ञले १४ हजारभन्दा बढी कर्मचारी रहेको उक्त वायुसेवामा कर्मचारीहरूको पुनसंरचना पनि चुनौतीपूर्ण हुने बताएका छन् । कर्मचारी युनियनहरूले सरकारी प्रस्तावबारे छलफल समेत थालिसकेको बताइन्छ ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे बस्दै

१३ फागुन, काठमाडौँ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसनको बार्गेनिङ गरेको टेप सार्वजनिक भएपछि प्रतिपक्षीको अवरोधका कारण

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ६ जना पक्राउ

१२ फागुन, पोखरा ।
पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झन्डा देखाउन खोज्ने  ६ जना  विद्यार्थी पक्राउ परेका छन् । पोखरा स्थित  सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाई, रेशम सापकोटा,

मध्यराति बेहोस भएपछि नेकपा नेता लामा अस्पताल भर्ना

१२ फागुन, काठमाडौँ ।
नेकपाका केन्द्रीय सदस्य  कमानसिंह लामा गम्भीर बिरामी परेका छन्। गएराति १ बजे काठमाडौँ मूलपानीस्थित आफ्नै निवासमा एक्कासी बेहोस भएपछि उनलाई थापाथलीस्थित

अन्तर्राष्ट्रिय

तस्बिरमा हेर्नुहोस् भारतमा यसरी गरियो ट्रम्पको स्वागत

१२ फागुन, काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भारत भ्रमणका लागि आज अहमदाबाद आएका छन् । उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।

९४ वर्षीय महाथिरद्वारा प्रधानमन्त्री पदबाट राजीनामा

१२ फागुन, काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्। महाथिरले दुई वाक्यको राजीनामा पत्र मलेसियाका राजालाई सोमबार बुझाएका हुन्। केहि हप्तादेखि शुरु भएको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला उनले राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

चीनबाहिर कोरोना बढी फैलिने मुलुक कोरिया, एकै दिन १६१ व्यक्ति संक्रमित

१२ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना संक्रमण हुने क्रम तीव्र बनेको छ। त्यहाँ एकैदिन डेढ सयभन्दा बढी संक्रमित भेटिएका हुन्। एएफपी न्युज एजेन्सीका अनुसार त्यहाँ आइतबार मात्रै थप १६१ जनामा कोरोना संक्रमण देखिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top