दिल्लीको वायु प्रदूषणको असर काठमाण्डूभन्दा तराईमा बढी


Monday, 4 Nov, 2019 2:03 PM
१८ कात्तिक, काठमाडौं । भारतको दिल्लीमा देखिएको विषाक्त हावाको प्रभाव नेपालमा पनि देखापरेको भन्दै धुलोका साना कणबाट जोगाउने खालका मास्क लगाउन वातावरण विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

दिल्लीको प्रदूषणले राजधानी काठमाण्डूभन्दा पनि तराईका जिल्लाहरूमा बढी असर पारेको देखिएको विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले बताए ।

प्रदूषण मापन गर्दा तराईको लुम्बिनी, सौराहा र नेपालगञ्जमा मापदण्डभन्दा बढी देखिएको विभागले जनाएको हो ।
राष्ट्रिय मापदण्डअनुसार पीएम २.५ भनिने सूक्ष्म कण हावामा दैनिक औसतमा ४० माइक्रोग्रामभन्दा बढी हुँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताइन्छ ।

नेपालको सौराहा, लुम्बिनी, नेपालगञ्ज र काठमाण्डूमा मापदण्डभन्दा धेरै विषाक्त कण हावामा पाइएको विभागले जनाएको छ ।
हावाको गुणस्तर मापन गर्ने रियल टाइम एअर क्वालिटी इन्डेक्सका अनुसार कणको मात्रा लुम्बिनीमा १९८ माइक्रोग्राम प्रति घनमिटर छ भने सौराहामा ११५ माइक्रोग्राम प्रति घनमिटर र नेपालगञ्जमा १९४ माइक्रोग्राम प्रति घनमिटर रहेको छ ।

राजधानी काठमाण्डूमा भने तराईका जिल्लाभन्दा तुलनात्मक रुपमा कम अर्थात् रत्नपार्कमा १३३ माइक्रोग्राम प्रति घनमिटर देखिएको छ ।
‘मापन गरिएका यी क्षेत्रमा हेर्दा मापदण्डभन्दा एकदमै उच्च भएको देखाएको छ,’ लामिछानेले भने । ‘तराईमा प्रदूषणका घरेलु स्रोत हेर्दा भारतबाट आएको भन्न सकिने अवस्था छ ।’

यस्ता मसिना कणबाट जोगिनका लागि सामान्य खालको मास्कको प्रयोगले नहुने जानकारहरू बताउँछन् ।
त्यसका लागि एन ९५ र एन ९९ भनिने मास्क नै लगाउनुपर्ने लामिछाने बताउँछन् । दिल्लीमा भने प्रदूषण औसत ८०० माइक्रोग्राम प्रति घनमिटरभन्दा बढी पुगेको छ ।

विषाक्त हावाको प्रभाव कम गर्न भारतको राजधानी नयाँ दिल्लीमा आजबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरिदैँछ । विषाक्त हावाको प्रभाव बढ्दै गएपछि सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कन अनुरोध गरेको छ ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्दर जैनले सहरवासीहरूलाई बिहान र साँझको समयमा घर बाहिर गरिने काम नगर्न अनुरोध गरेका छन् ।
प्रदूषणका कारण हालसम्म ३० वटा विमानलाई दिल्लीमा अवतरण गर्न नदिएर अन्यत्र पठाइएको छ । त्यस्तै निर्माणका काम पनि ठप्प भएका छन् ।
अधिकारीहरूका अनुसार दिल्लीको प्रदूषणको स्तर चीनको राजधानी बेइजिङभन्दा सात गुणा बढी छ । गत शुक्रवार मात्रै सरकारले विद्यालयहरूमा ५० लाख मास्क वितरण गरेको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले प्रदूषणको स्तर असह्य भएको बताउँदै सर्वसारधारणलाई विषाक्त हावाको प्रभावबाट बच्नका लागि सरकारले जारी गरेको सुझावको पालना गर्न अनुरोध गरेका छन् ।

केजरिवालले सङ्घीय सरकारलाई हाल उत्पन्न परिस्थितिसँग जुझ्नका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।

बीबीसीकी दक्षिण एसिया क्षेत्रकी सम्पादक जिल म्याकगिभरिङका अनुसार केजरिवालका पछिल्ला भनाइले सरकारी अधिकारीहरूलाई सन्तुष्ट बनाउने छैन र हालको समयमा भारतीय राजनीतिज्ञहरू एकअर्कामा दोषारोपण गर्नमा व्यस्त छन् ।

आइतवार दिल्लीमा युवाहरूको समूहले समस्या समाधानका लागि सरकार अग्रसर हुनुपर्ने माग राख्दै विरोध जनाएको थियो ।
आसपासका राज्यमा खेतबारीमा काटिएका बालीका पराल जलाएर नष्ट गरिएकाले वायु विषाक्त भएको सरकारी अधिकारीहरू बताउँछन् ।


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

भारतीय मिडियालाई नेकपा प्रवक्ता श्रेष्ठको चेतावनीः हद भयो, बकवास बन्द गर

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउँदै त्यस्ता कार्य रोक्न चेतावनी दिएका छन् ।  उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

 

उद्धार र राहतमा खटिन प्रचण्डको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका कार्यकर्तालाई उद्धारमा निर्देश दिएका छन् ।  सिन्धुपाल्चोक लगायत देशका विभिन्न भागमा बाढी र पहिरोले जनधनको क्षती गरेपछि उनले उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन् ।  प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनु भएको र घरबारविहीन भएर बिचल्लीमा परेको अवस्था रहेकाले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार

उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

२५ असार, काठमाडौँ । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। देउवाले ट्वीटर मार्फत उद्धारकार्यमा खटिन निर्देशन दिएका हुन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’
 

अन्तर्राष्ट्रिय

प्रहरी इन्काउन्टरमा श्रीमान् मारिएकोमा श्रीमती नै खुसी !

२७ असार, काठमाडौं । भारतको कानपुरमा डीएसपीसहित आठ प्रहरी हत्याका मुख्य अभियुक्त विकास दुबेको दाहसंस्कार शुक्रबार साँझ भैरोंघाटस्थित विद्युत् शवदाह गृहमा गरियो । उनको अन्त्येष्टिमा उनका पत्नी ऋचा र छोरो पनि सहभागी थिए। त्यहाँ पत्रकार तथा प्रहरीको जमघट बाक्लो थियो। त्यस क्रममा पत्रकारले दुबेकी पत्नी ऋचालाई आफ्ना पतिको इन्काउटर गरिएकोबारे जिज्ञासा राखेका थिए।

८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

२६ असार, काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । 

मन्त्रीपरिषद् बैठक सकिने बितिकै आइभरीकोस्टका प्रधानमन्त्रीको निधन

२५ असार, काठमाडौँ । 
आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको ६१ बर्षको निधन भएको छ ।  मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुख्यो भन्ने संकेत गरेका कोलावालीलाइ बैठक लगत्तै अस्पताल लगिएकोमा अस्पतालमा निधन भएको हो । कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । प्रधानमन्त्री कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवार 

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top