siddhartha
gharjaggakosathi

रक्सी पिएपछि मानिस किन अंग्रेजी बोल्न थाल्छन् ? यस्तो रहेछ खास कारण


Friday, 12 Jan, 2018 11:36 AM
मानिसहरु सामान्यतया मदिरा सेवन गरेपछि अंग्रेजी बोल्ने गरेको तपाईले पनि ख्याल गर्नुभएको होला । विशेषगरी गैरअंग्रेजी भाषीहरु मदिरा सेवन गरेपछि अंग्रेजी भाषाको प्रयोग बढी गर्ने गर्दछन् ।
तर तपाई कुनै अन्य भाषामा बोल्ने कोशिस गर्नुहुन्छ भने तब कयौपटक तपाईका साथ यस्तो भएको होला । सही शब्द तपाईले मुस्किलले पाउनुहुनेछ र त्यसको सही उच्चरण गर्न पनि चुनौतिझै हुनेछ ।
तर, यदि तपाईले थोरै मदिरा सेवन गर्नुभएको छ भने अन्य भाषाका शब्द आफै मुखमा धाराप्रवाह निस्कन लाग्नेछ । लवजको खोजी अन्त्य हुनेछ र तपाईको कुरा सरल लाग्नेछ । मानौ कि यो तपाईको मुखैमा छ ।

सामाजिक व्यवहार
यो मदिराका विषयमा लिएर कुनै अन्दाज गरिएको होइन, बरु यस विषयमा एउटा अध्ययन सार्वजनिक भएको छ। साइन्स म्यागाजिन ‘जर्नल अफ साइकोफार्माकोलजी’ मा प्रकाशित अध्ययनका अनुसार थोरै मदिराले अन्य भाषा बोल्न सहयोग गर्दछ । यो पनि सत्य हो कि हाम्रो स्मरणशक्ति र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पर्दछ, यस हिसावमा यो एउटा बाधा हो । तर, अर्कातिर यसले हाम्रो हिचकिचाहट पनि भगाउने गर्दछ । हाम्रो आत्मविश्वास बढाउने काम गर्दछ र सामाजिक व्यवहारमा संकोच कम गर्दछ ।
जब हामी कुनै अर्को व्यक्तिलाई भेट्छौ र कुरा गर्दछौ तब यो सबै कुराको असर हाम्रो भाषिक क्षमतामा पर्दछ । यो कुरा अहिलेसम्म बिना कुनै वैज्ञानिक आधारमै स्वीकार गरिँदै आएको थियो।

थोरै मदिरा
तर, युनिभर्सिटी अफ लिभरपुल, बेलायतको किंग्स कलेज र नेदरल्याण्डको युनिभर्सिटी अफ मास्ट्रिचका शोधकर्ताहरुले यो विचारलाई परीक्षण गरेर हेरे । परीक्षणका लागि ५० जना जर्मन नागरिकको एउटा समूह चयन गरियो, जसले हालै डच भाषा सिकेका थिए ।
केहीलाई पिउनका लागि मदिरा दिइयो, जसमा थोरै मदिरा थियो । उनीहरुको तौलको अनुपातमा मदिराको मात्रा दिइएको थियो । केहीको ड्रिङ्क्समा अल्कोहल थिएन । परीक्षणमा भाग लिने जर्मन नागरिकलाई नेदरल्याण्डका नागरिकसँग डच भाषामा कुरा गर्न भनियो ।
डच भाषीलाई यो थाहा थिएन कि कसले मदिरा सेवन गरेको छ र कसले छैन । परीक्षणबाट यो कुरा स्पष्ट भयो कि जसले मदिरा सेवन गरेको थियो, उसले राम्रो उच्चारणका साथ कुरा गरेका थिए । शोधकर्ताहरुले स्पष्ट गरेका छन् कि उनीहरुले यो परिणाम मदिराको निकै कम मात्राको खुराक दिएबाट प्राप्त भयो । एजेन्सी


Ruslan

paicho

bussewa

राजनीति

एमालेसँग चाँडो एकता हुन्छः प्रवक्ता भुसाल

४ माघ, काठमाडौ । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले)संगको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छिन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् । दुवै पार्टीबीच एकता भएपछि दुवै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी

​संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छ : प्रधानमन्त्री देउवा

४ माघ, काठमाडौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् । आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई 

जनकपुरको विरोधमा वीरगन्जमा प्रदर्शन

४ माघ, वीरगन्ज । सरकारले प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरलाई तोकेपछि वीरगन्जमा विरोध सुरु भएको छ । वीरगन्जलाई प्रदेशको राजधानी बनाउनुपर्ने माग राख्दै वीरगन्जबासीले बिहानैदेखि वन्दको आह्वान गर्दै प्रदर्शन गरका छन् ।

अन्तर्राष्ट्रिय

अब दुई कोरियाको साझा झण्डा हुने, मिल्ने भए छुट्टिएका दुई मुलुक

४ माघ । आउँदो फेब्रुअरीमा हुने विन्टर शीतकालीन ओलम्पिकमा आपसमा दुश्मनजस्तै रहेका दुई कोरिया उत्तर र दक्षिणले साझा झण्डा लिएर मार्च गर्ने भएका छन् । सीमावर्ती गाउँ पान्मुन्जोममा भएको दुई कोरियाका उच्च नेताको वार्तामा आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर 

​क्यालिफोर्नियामा १३ बालबालिकालाई बन्धक बनाउने एक दम्पत्ति पक्राउ

२ माघ, काठमाडौं ।  अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ । अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । 

प्लेग रोगको महामारीबारे नयाँ तथ्य , जुम्रा र उपियाँबाट पनि संक्रमण !

२ माघ । मानव इतिहासकै भयानक महामारीको रुपमा रहेको प्लेग अर्थात ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले दाबी गरेका छन् । चौधौं शताब्दीमा युरोप र एसियामा फैलिएको प्लेग महामारीका कारण २ करोड ५० लाख मानिसको ज्यान गएको अनुमान गरिन्छ ।
प्लेगको संक्रणले 

विचार / ब्लग

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :

डाक्टर केसी र अदालतको अबहेलना !

डा. गोबिन्द केसीले १४औं पटक चिकित्सा क्षेत्रसँगै अनियमितता र बेथिति मौलाएको न्यायक्षेत्रको समेत सुधारको न्यायोचित माग राखेर सत्याग्रहको सुरुवात गरेका थिए । उनी अनशन बसेको केही घन्टा नबित्दै अभियुक्त जसरी पक्राउ परे । समाजको एउटा प्रतिष्ठित नागरिक अभियान्तलाई कुन कानूनको कुन दफाको गम्भीर उल्लंघन गरेको हो ? र के कति कारणले पक्राउ गर्नु परेको हो ? कुनै सत्यतथ्य एवं स्पष्ट आधार र कारण सहितको पक्राउ पुर्जी थमाइएन ।

​मन रोगको मुख्य स्थान, मनमै छ रोग हटाउने शक्ति : खप्तड बाबा

जब शरीर अस्वस्थ हुन्छ, तब मन पनि विकल अशान्त हुन्छ । कुनै शारीरिक व्यथा उत्पन्न हुने वित्तिकै मानसिक व्यथा पनि साथै उत्पन्न हुन्छ । यो कुरा सबैलाई विदित छ । 
Top