esewa

जसले आफ्नी आमालाई ६१ वर्षसम्म खोजिन्, ८१ वर्षको उमेरमा भेटाइन् १०३ वर्षीया आमा


Tuesday, 29 Jan, 2019 1:17 PM
काठमाडौं । आयरल्याण्डको डबलिनमा बस्ने एलिन म्याकेनले ६१ वर्षसम्मको अथक खोजीपछि आफ्नी १०३ वर्षीया आमा फेला पारेकी छिन् । जन्मिएदेखि पूरा बाल्यवस्था अनाथालयमा बिताएकी एलिनले १९ वर्षको हुँदा आफूलाई जन्म दिने आमा जिउँदो भएको थाहा पाइन् । त्यति बेलादेखि जारी यो खोज यसै महिना पूरा भयो । एलिनले आमा भेटिएपछि आफू संसारकै सबैभन्दा भाग्यमानी बताएकी छिन् ।

एलिन डबलिनस्थित बेथेनी होम अनाथलयमा हुर्किएकी हुन् । सन् १९५० अघि यो स्थान चोरी, वेश्यावृत्ति र बच्चाको हत्याका लागि बदनाम थियो । थुप्रै आमाले यहाँ विवाहअघि जन्मिएका बच्चालाई पनि छोड्ने गर्थे । त्यसकारण आफ्ना आमा–बुवा र आफन्त नभएका कारण एलिनले सामाजिक रुपमा निकै समस्या झेल्नुपर्यो । एलिन सम्झिन्छिन्, ‘परिवारबारे कसैले सोधे मलाई अति नराम्रो लाग्थ्यो ।’

जिनोलोजिस्टको मद्दतले आमालाई खोजिन्
अनाथालयबाट निस्किएपछि एलिनले थुप्रै पटक आफ्ना आफन्तबारे पत्ता लगाउने कोसिस गरिन् तर उनले अघिल्लो वर्षमात्रै यसमा सफलता पाइन् । एलिनले एक रेडियो कार्यक्रममा मानिसहरुसँग आफ्ना आफन्तको खोज्ने तरिका सोधिन् । यसै सिलसिलामा एक जिनोलोजिस्ट (जीवको अनुसन्धानकर्ता)ले एलिनलाई सम्पर्क गरे र रातदिन मेहनत एवं अनुसन्धानपछि उनकी आमाको खोजी गरे ।

एलिनले गत हप्ता उक्त कार्यक्रममा पुनः सम्पर्क गरेर आफ्नी आमा भेटेकोबारे जानकारी दिइन् । उनले भनिन्, ‘मैलै विश्वास नै गर्न सकिनँ, जब मैले उहाँ जीवित हुनुहुन्छ भन्ने थाहा पाएँ, तब मलाई एउटै कुरा मात्र दिमागमा आयो, उहाँलाई भेट्ने ।’

एलिन आफूलाई जन्म दिने आमा–बुवा भेट्न चाहन्थिन् किनभने आफ्ना सन्तानका लागि उनी आफ्नो मेडिकल हिष्ट्रि जान्न चाहन्थिन् । 
 
उनले भनिन्, ‘स्वास्थ्यको दृष्टिकोणले यो निकै गाह्रो थियो ।’

‘डाक्टरले मलाई भन्ने गर्थे, ‘तिमीलाई यसबारे किन थाहा छैन, तिमीलाई त्योबारे किन थाहा छैन’ भनेर सोधिरहन्थे ।’ मलाई एकपटक निकै चित्त दुख्यो र भने, ‘किनभने म अनाथ हुँ । मलाई केही पनि थाहा छैन, साँच्चै केही पनि थाहा छैन ।’

एलिन र उनका श्रीमान् रोनाल्डका दुई छोरी र एक छोरा छन्,  तर पनि उनी आफ्नै रगतको नातामा खोजीरहिन् । उनले भनिन्, ‘धेरै मानिसहरुले मलाई भन्थे कि यसमा तिमीलाई के समस्या छ ?’

मैले उनीहरुलाई भन्ने गर्थे, ‘तपाईंले भन्न खोज्नुभएको के हो ? आफूलाई मेरो ठाउँमा राखेर हेर्नुहोस् अनि समस्या हो, त्यो थाहा पाउँछौ ।’ 

आमासँग अहिलेसम्म भेटेकी छैनन् एलिनले
आफ्नी आमाबारे पत्ता लागिसकेपछि पनि उनले अहिलेसम्म उनलाई भेट्न सकेकी छैनन् । तर आमा–छोरीबीच फोनमा कुराकानी भने भइसक्यो । फोनमार्फत नै एलिनलाई थाहा भयो कि उनका ७० वर्षका दुई सौतेनी भाइ पनि छन्, जो उनीसँग भेट्न आतुर छन् ।

उनकी आमा उनीबाट निकै टाढा छिन् । एलिनले भर्खरै आँखाको शल्यक्रिया गरेका कारण विमानको यात्रा गर्न सक्दिनन् । ‘मेरी आमा १०३ वर्षकी हुनुभयो र चाँडै नै उहाँ एक सय चार वर्षको पुग्नुहुनेछ । मैले उहाँसँग फोनमा कुरा गरेँ तर राम्रोसँग सुन्नुभएन । उहाँ मजस्तै हुनुहुन्छ । म पनि एउटा कान मात्र सुन्छु,’ उनले भनिन् ।

‘उहाँले बारम्बार भनिरहनु भएको थियो, ‘मैले तिमीलाई सुन्न सकिनँ ।’

 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रधानमन्त्री सिङ्गापुर गएपछि नेकपाको बाँकी काम प्रचण्डको अध्यक्षतामा गरिने

५ भदौ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुर गएपछि नेकपाको बाँकी काम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गरिने भएको छ ।पार्टीका प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिङ्गापुर गएपछि ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरिएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले

लोकतन्त्रमा संकट आए सरकार जिम्मेवार : डा. कोइराला

४ भदौ, विराटनगर । नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले सरकारकै कारण लोकतन्त्र संकटमा पर्ने खतरा बढेको बताएका छन् । दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा राजसंस्था र विप्लव समूहले चलखेललाई बढाएको उनको दाबी छ । आज विराटनगरमा रमा–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा नेता डा. कोइरालाले भने, ‘सरकारको असफलतासँगै विरोधी तत्वहरुको चलखेल बढेको छ ।
 

नेकपा सचिवालय बैठक बस्दै

४  भदौ काठमाडौ । गृहकार्य नपुगेको भन्दै मंगलबार स्थगित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार बस्दैछ । बैठक बिहान ११ बजे बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको सचिवालय बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेको थियो ।बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटि, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटि लगायतका साङ्गठनिक जिम्मेवारुी

अन्तर्राष्ट्रिय

काश्मीर मामिलामा भारतलाई बंगलादेशको समर्थन

४ भदौ, काठमाडौं । दक्षिण एशियाली मुलुक बंगलादेशले काश्मीर मामिलालाई लिएर भारतको समर्थन गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकर बंगलादेशबाट नेपाल आइनपुग्दै बंगलादेशको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी भारतको समर्थन गरेको हो । संविधानको धारा ३७० लाई निस्तेज गर्ने कार्य भारतको आन्तरिक मामिला भएको समेत वक्तव्यमा जनाइएको छ । उसले वक्तव्यमा क्षेत्रीय शान्ति र स्थिरताका लागि त्यसले मद्दत गर्ने समेत बताएको छ । 
 

इरानी पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह जिब्राल्टरद्धारा अस्वीकार

२ भदौ, काठमाडौं । गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ । अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो । ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो । इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

 

हङकङमा प्रदर्शन थामिएन, चिनियाँ सेना परिचालन गर्ने तयारी

२ भदौ, काठमाडौं । हङकङमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु फेरि प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए । गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top