काम टार्ने बानी छ ? यि हुन हटाउने प्रभावकारी उपायहरु


Monday, 12 Aug, 2019 9:01 AM
२७ साउन, काठमाडौं । ‘ह्या पछि गरौँला !’ भन्दै काम टार्ने बानी सबैमा सामान्य भइसकेको छ । तर कतिपय अवस्थामा यसले गम्भीर रुप लिन सक्छ र हाम्रो स्वास्थ्यका लागि समेत हानिकारक हुने बताइएको छ । किनकि निश्चित समयभित्र सक्काउनुपर्ने काम अन्तिममा गर्दा धेरै तनाव हुन्छ ।  यसरी काम जति जरुरी भएपनि त्यसका लागि पर्याप्त समय छ भन्दै हामी अनेकौँ बाहानामा अल्झिँदै यसलाई पन्छाइरहेका हुन्छौँ । जस्तै काम सुरु गर्नु अगाडि वा सुरु गरिसकेपछि बारम्बार फोन चलाउने, सामाजिक सञ्जाल चेक गर्नेलगायतका काममा हाम्रो ध्यान बढी जान्छ । 
तरपनि निश्चित समय सिमामा बुझाउनुपर्ने काम हामीले हतार र तनावमा भए पनि पूरा गर्नैपर्ने हुन्छ । 

यसरी कामलाई टार्ने बानी त सबैमा हुन्छ तर हामीले हरेक काममा त्यसैगरी ढिला गर्ने बानी पार्यौँ भने चाहिँ त्यसको परिणाम भयानक हुन सक्छ । त्यसैले मनोवैज्ञानिक अनुसन्धानपछि यस्तो बानी विकास गर्नबाट जोगिन र कामप्रति बढी प्रेरित रहन नयाँ उपायहरु खोजी गरिएको छ । 

जस्तै पहिले त आफ्नो आन्तरिक शक्ति र क्षमतामा मात्र भर पर्ने गर्नु हुँदैन । लब्रग युनिभर्सिटीका स्पोर्टका मनोविश्लेषक, इआन टेलरका अनुसार मान्छेहरु प्रायः ‘परेपछि जसरी नि गर्न सकिन्छ’ भन्ने कुरामा विश्वास गर्छन् । यसबीच कुनै अवस्थामा हामी अन्त्यमा आफ्नो लक्ष्यसम्म पुग्यौँ भने हामी सधैँ त्यही तरिका अपनाउन थाल्छौँ । यसले हामीमा समय हुँदा जरुरी काम पनि बेवास्ता गर्ने बानी विकसित गराउँछ । 

त्यसैगरी दोस्रो तरिका भनेको हामीले भोलि, पर्सि भन्दै छाडेको कामका सकारात्मक पक्षप्रति बढी ध्यान दिने । किनकि धेरै अवस्थामा हामीले असफल हुने वा डरका कारण पनि कामहरु पछिलाई साँचेर राखिरहेका हुन्छौँ । युनिभर्सिटी अफ सिलफिल्डकी फुस्चिया सिरोइसका अनुसार हामीले अल्छिपना र समय अव्यवस्थापनका कारण मात्र काम पन्छाइरहेका हुदैनौँ । वास्तवमा यसमा हाम्रो भावनालाई नियमित राख्न कठिनाइ भइरहेकाले पनि हामी ढिलो गरिरहेका हुन्छौँ । 

जस्तै हामीलाई आफूले राम्रो गर्दिनँ भन्ने लागेको छ भने हामी असफलता पछिको चिन्ताबाट टाढा रहन काम स्थगित गर्ने गर्छौँ । यसले अस्थायी रुपमा हामीलाई सहज महसुस गराउन सक्छ । 

तर त्यसैका कारण अब हामीसँग काम पूरा गर्न थोरै समय बाँकी हुन्छ जसले असफलताको सम्भावना झन बढाइदिन्छ र हामीलाई काम सुरु गर्नु अगाडि नै चिन्तित र हतोत्साहित बनाइदिन्छ । त्यसैले यसको सामना गर्न हामीले सो कामका सकारात्मक पक्षमा बढी ध्यान दिनुपर्छ । यसरी काम गर्दाको प्रक्रिया भन्दा त्यसले हाम्रो भविष्यमा ल्याउन सक्ने खुसीका क्षणबारे सोचेमा हामी छिटो सक्काउन प्रेरित हुन सक्छौँ । 

अर्को उपाय भनेको हामीले पछिको समस्या विरुद्ध अहिले नै मनोवैज्ञानिक योजना बनाइराख्ने । जस्तै हामीलाई बिदाको दिन पढ्नुछ तर त्यसैदिन साथीले भेट्न बोलाउन सक्छ भने उसलाई दिउँसो नभएर बुलुकातिर बोलाउने भनेर पहिले नै साचेर राख्ने ।  अमेरिकी मनोविश्लेषक पिटर गोलिविट्जरले यो रणनीति अपनाएकाहरुको ९४ वटा अध्ययन समीक्षा गरिसकेपछि यसले हामीमा आफ्नो लक्ष्य समयमै पूरा गर्ने सम्भावना २–३ गुणाले बढाउने गरेको पत्ता लगाएका हुन् । 

त्यस्तै कामको सुरुवातमै कठिनाइको सामना गर्नु पर्यो भने पनि हामीमा त्यो काम पछिलाई राख्ने चाहना बढ्छ ।  यस्तोमा हामीले सकेसम्म सजिलो प्रक्रियाबाट सुरु गरेर सम्भवत काम घटाउने प्रयास गर्न सक्छौँ । जस्तै हामीलाई बिहानै उठेर दौडिनुछ भने हामीले दौडिदा लगाउने कपडा राति नै तयारी अवस्थामा अगाडि राख्न सक्छौँ र सधैँ वरपरबाट सबै विकर्षणलाई टाढा राख्नुपर्छ । 

कर्नेल युनिभर्सिटीकी केटलिन वुलीले सञ्चालन गरेको नयाँ अनुसन्धानका अनुसार हामीले काम गर्नासाथै त्यसको फल पाउने भयौँ भने, हामी धेरै मिहिनेत गर्न प्रेरित हुन्छौँ ।  त्यसैले हामीले पनि आफूले सो काम गरेवापद् तुरुन्तै आफूलाई पुरस्कृत गर्ने कुरा खोज्न सक्छौँ । जस्तै एक्सरसाइज गर्न आउनेहरुलाई अडियो किताब सुनाउने गर्दा उनीहरु किताबमा के भयो होला भनेर सुन्न भएपनि समयमै जिम आउने गरेको पाइएको हो । 

यसरी हामीले सो काम पूरा गरिसकेपछि साथीसँग घुम्न जाने वा केही खाने वा कुनै फिल्म हेर्ने भनेर पनि आफूलाई काम सकाउन प्रेरित गर्न सक्छौँ ।  अधिकांशलाई आफूसँग धेरै समय बाँकी छ जस्तो लाग्ने गर्दछ । र पछि काम गर्दा हामीसँग धेरै ऊर्जा हुन्छ र व्यवस्थित हुन्छौँ भन्ने भान हुन्छ । यसैकारण हामीले काम पूरा गर्न लाग्ने समयको कम मूल्याङ्कन गरिरहेका हुन्छौँ । यसलाई ‘प्लानिङ फ्यालेसी’ पनि भनिन्छ । 

यसको सबैभन्दा प्रमुख उदाहरण हो सन् १८६० मा पहिलोपटक अक्सफोर्डको शब्दकोश निर्माण गर्न दुई वर्ष लाग्नेछ भनिएको थियो । तर १८७९ मा सुरु गर्दा पाँच वर्षमा उनीहरु केबल ‘एन्ट’ अर्थात लेटर ‘ए’ मै थिए र १९२८ मा मात्र त्यो सकिएको थियो । तर त्यतिबेलासम्म यसको फेरि रिभिजन गर्ने बेला भइसकेको थियो । त्यसैले हामीले सधैँ अव्यवहारिक रुपमा भविष्यवाणी गर्नुहुँदैन । नत्र हामी अझ ढिलो र निराश हुनेछौँ । 

कतिपय अवस्थामा हामी काम गरिरहेको हुनुपर्नेमा दिनभर अनलाइन बसिरहेका हुन्छौँ । अनुसन्धानका अनुसार त्यस्ता मानिसहरुले आफूमाथि कठोर व्यवहार गर्ने गर्छन् । 

परीक्षाका लागि पढ्नुको सट्टा समय खेर फालेर बसेका विद्यार्थीहरुमा गरिएको एउटा अनुसन्धानमा आफूले गल्ती गरेको मानेर आफूलाई माफ गर्ने विद्यार्थीमा अर्कोपटक समयमै रिभाइज गर्ने सम्भावना बढी हुने गरेको पाइएको हो । तर अर्कोतर्फ जसमा ‘अब ढिलो भइसक्यो, म पक्का पनि अब पास हुन सक्दिनँ’ लगायतका नकारात्मक भाव हुन्छ तिनीहरुले पहिले नै आफ्नो पढाइप्रति नराम्रो महसुस गरि हरेस् खाने गरेको पाइएको हो ।

सिर्लोसका अनुसार जति हामी आफूप्रति कठोर हुन्छौँ त्यति आफ्नो साथीमा हुदैनौँ । जस्तै हामीले उनीहरु ढिला हुँदा, ‘किन यति ढिला गरेको, तिमी किन यस्तो भएको’ भनेर गाली गर्दैनौँ, उल्टै ठिकै छ अब सुरु गर्दा नि हुन्छ भनेर सम्झाउछौँ र समर्थन गर्छौँ । हामीले त्यस्तै व्यवहार आफूप्रति पनि गर्नुपर्ने उनको भनाइ छ । 
२००८ को अमेरिकी राष्ट्रपति चुनाव अगाडि क्यालिफोर्नियामा एउटा अनुसन्धान सञ्चालन गरिएको थियो जसमा भोट गर्न आउनेलाई दुई थरीको प्रश्न गरिएको थियो– ‘तपाईँलाई भोट गर्दा कस्तो लाग्यो ?’ र अर्को ‘तपाईँलाई मतदाता भएकामा कस्तो महसुस भएको छ ?’ यसपछि मत हाल्दा भन्दा मतदाता हुँदा मानिसहरु बढी खुसी भएको पाइएको हो । 

त्यसैले हामीले पनि आफ्नो लक्ष्य पूरा गर्दैगर्दा आफूलाई खेलाडीका रुपमा लिनुपर्छ र यत्तिकै दौडिरहेको जस्तो मात्र ठान्नु हुँदैन । जस्तै हामी डायटमा छौँ भने त्यसलाई स्वस्थ खाना मात्र सेवन गरिरहेको भन्न सकिन्छ । यसरी हाम्रो भाषा र बोलाइ र आफूप्रतिको धारणाले पनि व्यवहारमा धेरै परिवर्तन ल्याउन सक्छ । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट घर पुगे ओली

१९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक गरिएको मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक भक्तपुरको बालकोटस्थित निवास पुगेका छन्।प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक बालकोट गएको जानकारी दिएका हुन्।

​सचिवालयबाट सहमति खोजौँः ओली, स्थायी कमिटी अलपत्र पारेर सचिवालयमा जान सकिन्नः प्रचण्ड

१९ साउन, काठमाडौं । सत्तारुढ नेकपा पार्टी भित्रको विवादको समाधान खोज्न निरन्तर असफल हुँदै आएको छ। सोमबार बालुवाटारमा भएको भेटमा पनि आ–आफ्ना अडान राखेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिमा पुगन सकेनन्।

अन्तर्राष्ट्रिय

जम्मु र कस्मिरसहितको भूभाग समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

२१ साउन, काठमाडौं । पाकिस्तानले भारतीय नियन्त्रणमा रहेका जम्मु र कस्मिरसहितका क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ। भारतसँग विवादमा रहेका जम्मु, काश्मिर र गुजरातको जुनागढ क्षेत्र समेत समेटेर पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो मुलुकको नयाँ नक्सा जारी गरेका हुन्।

लेबनानमा नाइट्रेट भण्डारमा भयंकर विस्फोट, कम्तीमा ७८ जनाको मृत्यु, चार हजार बढि घाइते

२१ साउन, काठमाडौं । लेबनानको राजधानी बेरुतस्थित एक गोदाममा बुधबार ठूलो विस्फोट हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ। सयौं घाइते भएका छन्। लेबनानका स्वास्थ्यमन्त्रीले अहिलेसम्म ७० जनाको मृत्यु पुष्टि गरेका छन्। झन्डै चार हजार बढि मानिस घाइते भएको उनले बताएका छन्। लेबनानाका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेशमा कोरोनाबाट मन्त्रीको मृत्यु

१८ साउन, काठमाडौँ ।
भारतको उत्तर प्रदेशकमा क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । उनको आइतबार बिहान मृत्यु भएको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top