संसद्मा अमरेश सिंहको गुनासो : भारतका विदेशमन्त्रीलाई विभेद गरियो


Thursday, 12 Sep, 2019 4:48 PM
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका संसद अमरेशकुमार सिंहले दुई छिमेकी देशका विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भिन्दाभिन्दै व्यवहार गरिएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले नाम नलिइकन चीनको विदेशमन्त्रीलाई भन्दा भारतीय विदेशमन्त्रीलाई फरक व्यवहार गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

भारतीय विदेशमन्त्रीको स्वागतको स्तर, प्रधानमन्त्रीसँग भेटको व्यवस्थापन र सत्तारुढ दलका अध्यक्षले गरेको भेटमा विभेद गरेको भन्दै आपत्ति जनाएका हुन् । भाषण उनले चीन र भारतको भने नाम लिएका थिएनन् ।

‘दुुवै देशका परराष्ट्रमन्त्रीको भ्रमण भयो । एउटा परराष्ट्रमन्त्रीलाई स्वागत गर्न परराष्ट्र सचिव जान्छ, अर्को छिमेकीको परराष्ट्रमन्त्री आउँदा मन्त्री जान्छ’ सिंहले भने, ‘एउटा परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्री भेट्दा राजा रैति जस्तो गरि भेट्छ, अर्कोलाई बराबरीको अवस्थामा भेट्छ । के परराष्ट्र मन्त्री र प्रधानमन्त्रीको बराबरीका हैसियतमा भेट्न मिल्छ ? भेटेको र झण्डा राखेको छ ? दुवै सरकारी भ्रमण थियो निजी भ्रमण थिएन ।’

उनले भारतीय विदेश मन्त्रीसँग प्रोटोकलका कुरा उठाएर नभेट्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्रीलाई भेटेको उनको भनाइ थियो ।

नेपाल भारत उच्चस्तरीय राजनीतिक संयन्त्रमा बैठकमा भाग लिन आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रमणमा आएका चिनियाँ स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यीलाई स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले विमानस्थलमा स्वागत गरेका थिए ।

सांसद सिंहले नेपालले असंलग्न परराष्ट्र नीति छाडेको भन्दै आपत्ति समेत जनाए । उनले समान रुपमा व्यवहार नहुँदा त्यसको शिकार नेपाल हुनसक्ने बताए ।

‘दुवै छिमेकीलाई समान व्यवहार गरेनौँ भने त्यसको शिकार पनि हामी कहीँ न कहीँ हुँन्छौ’ सिंहले भने, ‘विगत हाम्रो पुर्खा र हाम्रो पार्टीले पनि नेपाल असंलग्न राष्ट्र हो, हामी कसैको यसलाई हुन सक्दैन भनेर भनेको छ । त्यत्रो शीतयुद्धको हुँदा पनि, दुई ध्रुवको लडाई हुँदा पनि कसैको पक्षमा लागेनौं । हामी अमेरिका वा रुस कसैको पक्षमा पनि लागेनौ ।’

उनले सरकारको लिएको परराष्ट्र नीति के हो ? भन्दै ध्यानाकर्षण गर्न चाहेको बताए । ‘यो सरकारको अपरिपक्क र बचकना परराष्ट्र नीतिको कारण हामी नेपाल र नेपालीको रुपमा रहन्छौँ वा रहँदैन भन्ने समाचार सम्प्रेषण भएको छ’ सिंहले भने, ‘भर्खरै तीन वटा विषय हेर्दा इन्डो प्यासेफिक र बीआरआईको बारेमा जुन कुरा आएको छ ।

यसअघि मैले पनि यो विषयमा कुरा उठाएको थिए, इन्डो प्यासेफिक र बीआरआई दुवै रणनीतिक महत्वका परियोजना हुन् । यसमा सरकारले बृहत राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नु पर्छ ।’ 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

अग्नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश हरि फुयाँलले हेर्न नमिल्ने

१२ माघ, काठमाडौं । सभामुखका एकल उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश हरि फुयालले नगर्ने भएका छन् ।
सर्बोच्चको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेकाले नैतिकताका कारण उनले मुद्दा नहेर्न लागेको स्रोतले जनाएको छ । सापकोटालाई सभामुख नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा आज तोकिएको थियो । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन

१२ माघ, काठमाडौं । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनको मिर्गौलाको डायलायसिस हुँदै आएको थियो । पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका कार्की विसं २०४८ मा  क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उनले काँग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए । 

अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुँयालको इजलासमा

१२ माघ, काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा परेको छ । नेता सापकोटालाई सभामुखमा निर्वा्चित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिट न्यायाधीश त्रिपाठीको एकल इजलासमा परेको हो । रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख गरिएका छन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले ‘बर्थ टुरिजम’ रोक्ने, गर्भवतीलाई भिसामा कडाइ

१२ माघ, काठमाडौं । अमेरिकाले ‘बर्थ टुरिजम’(जन्म पर्यटन)लाई अब रोक्ने भएको छ ।  यसअघि गर्भवती महिलाले अमेरिकाको भिसा लिने, अमेरिकामा बच्चा जन्माउने र त्यसको उद्देश्य  आफ्नो बच्चालाई अमेरिकी नागरिक बनाउने चलन रहेको बताइएको छ । तर, शुक्रबारदेखि अमेरिकी विदेश मन्त्रालयले अब त्यसो हुन नदिने भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार अब गर्भवतिले पहिलो प्राथमिकता बच्चा जन्माउने भन्दा पनि अमेरिकामा अरु नै काम भएको देखाउनुपर्नेछ । साथै अमेरिकाले स्वास्थ्य उपचार सम्बन्धी आउने मानिसमा पनि कडा गर्ने भएको छ । यसका लागि भिसा आवेदकले आफ्नो खर्च बर्चको जानकारी पहिला नै जानकारी गराउनुपर्नेछ । 

भारतले आज ७१ औँ गणतन्त्र दिवस मनाउँदै, ब्राजिलका राष्ट्रपति प्रमुख अतिथि

१२ माघ, काठमाडौं । भारतले आइतबार ७१ औँ गणतन्त्र दिवस मनाउँदैछ । गणतन्त्र दिवसको अवसरमा राजधानी दिल्लीको राजपथमा हुने परेडमा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो प्रमुख अतिथि रहने छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले परेडमा उपस्थित भएर सलामी लिने छन् । परेड ९० मिनेटसम्म चल्ने छ । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ ।
यो वर्षदेखि राष्ट्रिय युद्ध स्मारकलाई पनि परेड कार्यक्रममा समेटिने भएको छ । यसअघि प्रधानमन्त्रीले अमर जवान ज्योतिमा पुष्पाञ्जली अर्पण गर्थे तर यो पटक प्रधानमन्त्री नरेन्द्र मोदी युद्ध स्मारक जाने छन् ।

चीनले सबै प्रकारका पर्यटकीय गतिविधि स्थगित गर्ने

१२ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ ।  आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र हुँदै गएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा चीनले गम्भीर अवस्थाको सामना गरिरहेको बताएका थिए । 
चीनको ट्राभल एजेन्सी सङ्घले भनेको छ, ‘भ्रमणको क्रममा बीचैमा रहेका यात्रुहरुले भने आफ्नो यात्रा अघि बढाउन सक्छन् तर त्यसका लागि ट्राभल एजेन्सीले आफ्ना यात्रुहरुको स्वास्थ्यका बारेमा निरागानी राख्नु पर्ने छ ।’

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top