syangyong

विश्वकप हेर्न पुग्ने दर्शकलाई अमेरिकाको कडा चेतावनी, डिभाइस ह्याक हुन सक्ने भन्दै यस्तो सुझाव


Thursday, 14 Jun, 2018 5:38 PM
अमेरिकाका एक वरिष्ठ सुरक्षा अधिकारीले विश्वकप हेर्न पुगेका सबै दर्शकहरुलाई डिभाइस ह्याक हुन सक्नेबारे चेतावनी दिएका छन् । रुसमा सुरु हुने विश्वकप फुटबलमा अपराधीहरु वा रुसी सरकारले समेत उपस्थित दर्शकका डिभाइसहरु ह्याक गर्न सक्ने भएकाले मोबाइल, ल्यापटप लगायतका विद्युतीय उपकरणहरु सकेसम्म नलैजान र लैजानैपर्ने भएमा अत्यन्तै सावधानी अपनाउन सुझाव दिइएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । एफबीआइ एजेन्ट तथा अमेरिकी सुरक्षा परिषद्का निर्देशक विलियम इभाएनाले विशेषगरी पहिचानसँग सम्बन्धित आफूलाई जरुरी नलाग्ने डाटाहरु ह्याकरले लक्षित गर्ने गरेको बताए ।

त्यसैले कुनैपनि डिभाइस लैजादा आफ्नो व्यक्तिगत जानकारीलाई पहुँचभन्दा बाहिर राख्न सबै डिलिट गर्ने र ल्याप्टपहरु पनि प्रयोग नगरेको अवस्थामा ब्याट्री निकालेर राख्दा उचित हुने उनको सुझाव छ । यसका साथै अस्थायी फोनको प्रयोग गर्दा पनि राम्रो हुने उनले बताए । अमेरिकी खुफिया एजेन्सी, एफबीआइले अझै पनि २०१६ को राष्ट्रपति चुनावमा रुसको हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । फेसबुकमार्फत रुसी प्रशासनले लाखौँ मानिसहरुको व्यक्तिगत जानकारी अवैध तरिकाले हासिल गरी चुनाव प्रचारमा दुरुपयोग गरेको बताइन्छ । यसबारेमा ट्रम्पका समर्थकहरुलाई पनि थाहा भएको वा उनीहरुकै मद्दतमा यस्तो कार्य गरिएको एफबिआइको दाबी छ । उता ट्रम्प र रुस सरकारले भने बारम्बार यसलाई गलत ठहर गर्दै आएका छन् ।  त्यसैगरी यस विषयमा बेलायतको राष्ट्रिय सुरक्षा परिषद्ले पनि आफ्नो फुटबल टोलीलाई साइबर सुरक्षा सम्बन्धी विशेष सल्लाह दिइरहेको बताएको छ । विश्वकपका लागि प्रस्थान गर्नुअघि फुटबल एसोसिएसनलाई यस्ता घटनाका लागि तयार पारिएको बताइएको हो । उता निजी साइबर सुरक्षाका विशेषज्ञ प्याट्रिक वार्डलले पनि आधिकारिक चेतावनी दिँदै रुस जाँदा सधैँ प्रयोग गर्ने महत्वपूर्ण डिभाइस लग्नु उचित नहुने हुँदा अस्थायी बर्नर फोनको प्रयोग गर्न सुझाव दिएका छन् ।


Ruslan

Grand acadamy

acme college

bussewa

राजनीति

​अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

१ भदौ, हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताएका छन् । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उनले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गरे। उनले भने, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन्। दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताएका हुन् । महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमबद्धरुपमा ‘बेटी पढाउ बेटी बचाउ’ लगायतका महिलामैत्री कार्यक्रम 

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार : अर्थमन्त्री

१ भदौ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका छन् ।लघुवित्त संघ नेपालले आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उनले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताएका हुन् ।“कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उनले भने, “हामी समृद्धिको यात्रामा रहेकाले 

अन्तर्राष्ट्रिय

​चीनमा नेपालमाभन्दा कडा कर : बच्चा नजन्माए कर तिर्नुपर्ने भनेपछि हंगामा !

२ भदौ, बेइजिङ । चीनका दुईजना विज्ञले चिनियाँ नागरिकलाई जवरजस्ती बच्चा जन्माउने गराउन एउटा विवादास्पद उपाय सुझाएका छन् । उनीहरूले बच्चा जन्माउन बाध्य पार्न बच्चा नजन्माउनेलाई कर तिराउने व्यवस्था गर्न सुझाव दिएका हुन् । जनसङ्ख्या घट्दै गएको समस्याबाट ग्रसित चीनमा जनसङ्ख्या न्युनिकरण घटाउन दुईभन्दा कम 

​एक कप कफीको मूल्य २० लाख !

२ भदौ, काठमाडौं । लगभग बुझ्न नसकिने स्तरको मुद्रास्फीति भोगिरहेको भेनेजुयलाले बुधबार ३२,७१४ प्रतिशतको मुद्रास्फीति भोग्यो । भेनेजुयलाका अधिकारीहरुले यस विकराल समस्या समाधानको लागि एक प्रस्ताव अघि सारेका छन् । अधिकारीहरुले देशको मुद्राको रङ्ग र तिनको मूल्याङ्कन बढाएर समाधानको आस गरेका छन् । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top