बलिउडमा ५० वर्ष पूरा गरेका अमिताभ बच्चन ‘ब्रेक’ लिने तयारीमा


Friday, 29 Nov, 2019 11:04 AM
काठमाडौं । बलिउडमा ५०औँ वर्षसम्म एकछत्र राज गरेका महानायक अमिताभ बच्चनले अब चलचित्र क्षेत्रबाट बाहिरिने मनसाय व्यक्त गरेका छन् । उनको गत नोबेम्बर ७ मा बलिउडमा ५० वर्ष पूरा गरेका छन् । उनले सन् १०६९ नोबेम्र ७ बाट ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा पाइला टेकेका थिए । 

उमेरले ७७ औँ वर्ष पुगिसकेका अमिताभले आफ्नो ब्लगमा यस क्षेत्रबाट ब्रेक लिने संकेत गरेका छन् । उनले लेखेका छन्, ‘ मलाई लाग्छ मैले अब रिटायर हुनुपर्छ । दिमागले अर्कै सोच्छ अनि औंलाहरु अर्कै... यो संकेत हो ।’

त्यसो त केहि समयदेखि अमिताभ बच्चन बिरामी हुँदै आइरहेका छन् । फोक्सोमा आएको समस्याको कारण उनले धेरै पटक ‘कौन बनेगा करोडपति’ को शुटिङ नै रोकिएको थियो । त्यस्तै, उनको नयाँ फिल्म ‘ब्रह्मास्त्र’ को शुटिङको क्रममा समेत उनी बिरामी परेका थिए । उनी पछिल्लो समयमा शुटिङको दौरान होस् वा अन्य कार्यक्रमको समयमा होस् स्वास्थ्य समस्यासँग जुधिरहेका हुन्छन् । 

उनले सन् १९८४ देखि १९८७ सम्म तीन वर्ष फिल्मबाट बाहिर रहेर काम गरेका थिए । तीन वर्षसम्म चलचित्र क्षेत्रबाट बाहिरिएका अमिताभले राजनीति गरेका थिए । राजीव गान्धीको सपोर्टमा राजनीतिमा लागेका अमिताभले उत्तरप्रदेशका मुख्यमन्त्री हेमवती नन्दनलाई दोब्बर मतले हराएका थिए । उनको राजनीतिक यात्रा लामो गएन । उनी फेरि सन् १९८८ मा फिल्म ‘शहंशाह’ मार्फत चलचित्र क्षेत्रमा फर्किए ।

 यसैगरी, सन् १९९२ मा ‘खुदागवाह’ को रिलीजपछि उनले फेरि पाँच वर्षको ‘रिटायर लाइफ’ बिताएका थिए । यसबीचमा उनले सन् १९९४ मा ‘इन्सानियत’ को शुटिङ गरिसकेका थिए । यसको पाँच वर्षपछि उनले सन् २००० मा ‘मोहब्बतें’बाट बलिउडमा फर्किए ।

पछिल्लो समय उनी व्यस्त रहेका शोहरुमध्ये ‘कौन बनेगा करोडपति –११’ को शुटिङ सकाएका छन् । उनी पुनः ‘ब्रम्हस्त्र’ को शुटिङमा व्यस्त छन् ।  उनी विज्ञापनहरुमा पनि उत्तिकै व्यस्त छन् । 


global ime

runner bike

https://www.ctznbank.com/

राजनीति

प्रचण्डसहित परिवारका सबैको कोरोना रिपोर्ट नेगेटिभ

२२ साउन, काठमाडौँ । 
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको  कोरोना भाइरस कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ आएको छ । प्रचण्ड र  उनका परिवारका सदस्यहरूसहित ५३ जनाको विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा परीक्षण गर्दा ६ जना सुरक्षाकर्मीमा भने संक्रमण देखिएको छ । ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको निजी सचिवसमेत रहेकी प्रचण्डकी छोरी गंगा दाहालले जानकारी

प्रचण्डसहित चार नेताले फेरि भने– प्रधानमन्त्रीले पार्टी निर्णय मान्नैपर्छ, यो पदको लडाईं होइन

२१ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार नेताले पार्टीको निर्णय मान्न फेरि पनि ओलीलाई दबाब दिएका छन् । उनीहरुले पार्टीभित्रको अन्तरसंघर्ष, अन्तरविरोध पदको झिनाझम्टी नभएको समेत बताएका छन् । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा देउवाले दिए यस्ता सुझाव

२०  साउन, काठमाडौँ । 
प्रधानमन्त्री केपीशर्मा ओलीले बालुवाटारमा मंगलबार राखेको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कोरोनाभाइरस महामारीबारे अहिलेसम्म भएका कमीकमजोरी सरकारले समीक्षा गर्नुपर्ने बताएका छन् ।  कोरोना संक्रमित बढेपछि प्रधानमन्त्रीले दलका नेताहरू तथा विज्ञसँग गरेको कुराकानीमा  कांग्रेस सभापति देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता ढाकछोप नगरी छानविन गरेर कारबाही गर्न माग गरे ।

अन्तर्राष्ट्रिय

​भारतमा कोरोना भाइरसका कारण ४० हजार बढीले ज्यान गुमाए

२१ साउन, काठमाडौँ । 
भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या  ४० हजार पार भएको छ। भारतमा यो समाचार तयार पर्दा सम्म ४० हजार ७ सय ७२ जनाले ज्यान गुमाएका छन् । भारतमा १९ लाख ६७ हजार ७ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । जसमध्ये १३ लाख २९ हजार २६ जना निको भएका छन् । ५ लाख ९७ हजार ९ सय २ जनाको उपचार भइरहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ । 
भारतमा बुधवार 

(अपडेट) लेबनान बिस्फोट : घरहरू क्षतिग्रस्त भएपछि दुई लाख ५० हजार मानिस घरबाहिरै

२२ साउन, काठमाडौं । लेबनानको बेरुतमा भएको बिस्फोटका कारण २ लाख ५० हजारभन्दा बढी मानिस घरमा बस्न पाएनन्। बिस्फोटका कारण घर क्षतिग्रस्त भएका कारण उनीहरु दोस्रो रात पनि घरबाट बाहिर बस्न बाध्य भएका हुन्। मंगलबार राति बेरुत बन्दरगाहमा बिस्फोटक पदार्थको एक गोदाममा भएको बिस्फोटमा १ सय  ३५ जनाको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी घाइते भएका छन्।

मोदीले अयोध्यामा राम मन्दिर शिलान्यास गर्दै, जनकपुरको माटो र चाँदीका इँटा बोकेर गयो नेपाली टोली

२१ साउन, जनकपुरधाम । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ । जनकपुरधामस्थित जानकी मन्दिरका महन्थ रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् ।

विचार / ब्लग

यो जन्म तिमीमा समर्पित

मेरो यो अमूल्य जीवनका 
लागि
तिमीले आफ्नो जीवनको ख्याल 
राखेनौ।
मेरो आगमनको खुसी सँगै 
तिमीले आफ्नो सबै पीडा भुलायौ 

राष्ट्रिय धान दिवस र यसको शास्त्रीय महत्त्व

-प.ज्यो.बिष्णु प्रसाद उपाध्याय
नेपालको अर्थतन्त्रमा कृषिको योगदान ठूलो रहेको छ। हाम्रो जस्तो मुलुकले बढदो व्यापार घाटा न्युनीकरण गर्ने हो भने कृषि जन्य उत्पादन बढाउनै पर्छ । यसको विकल्प छैन। सोही कारण  किसानको मनोबल उच्च राख्न र उनिहरुको श्रमको सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा २०६१ साल देखि  अनवरत रुपमा मनाउँदै आएको छ। जुन सराहनीय छ। यसो भनी रहदा यहाँ भन्दा

कोरानाको चेपुवामा नेपालको अर्थतन्त्र : चाल्नुपर्ने कदम

आज विश्व जगत नोवल कोरोना नामक भाइरसबाट आक्रान्त बन्दै गएको छ ।यसको फैलदों गतिलाई दृष्टिगत गर्दा समयमा नियन्त्रणको प्रभावकारी उपाय पत्ता लगाउन नसकेमा विश्वव्यापी रुपमा एक करोडको हाराहारीमा  मानिसहरु यसबाट सङ्क्रमित हुने र  नियन्त्रणको प्रयास गर्दा गर्दै पनि ५ लाखको संख्यामा व्यक्तिले ज्यान गुमाउन सक्ने सम्भावना देखिन्छ । विश्वका शक्तिशाली देशहरु समेत यस भाइरसका सामु आत्मसमर्पण गर्न वाध्य भएका घटनाले गर्दा नेपाल जस्ता सानो अर्थतन्त्र र अल्पविकसित
Top