ghaderi
esewa

छोराछोरी जिद्दी छन् ? यसरी बनाउनुहोस् अनुशासित


Monday, 25 Feb, 2019 9:25 AM
१३ फागुन, काठमाडौं । जिद्दी बालबालिकालाई सम्हाल्नु र अनुशासित बनाउनु अविभावकको सबैभन्दा ठूलो चुनौती हो । नुहाउन, खाना खुवाउनदेखि सुताउनसम्म हरेक कुरामा बालबालिकालाई सम्झाउन वा फकाउन जत्तिको गाह्रो अरु केही काम हुँदैन । बालबालिकाको  हेरचाहमा आमाबाबुको गल्ती दिनप्रतिदिन बढ्दै जान्छ र बालबालिका नराम्रोसँग नियन्त्रणभन्दा बाहिर  जान थाल्छन् । 

जिद्दी बालबालिकालाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका हो कि तपाईँले उनीहरुको नराम्रो काममा कुनै पनि प्रतिक्रिया नदिने र राम्रो काम गर्दा सँधै तारिफ गर्ने । मनोवैज्ञानिक तथा ‘प्यारेन्टिंग एक्सपर्ट’का अनुसार उनीहरुलाई अनुशासित बनाउन यस्तो काम गर्न आवश्यक छ । 

१. सुन्नुहोस् बहस नगर्नुहोस : यदी तपाईँ चाहनुहुन्छ कि तपाईँको बच्चाले भनेको मानोस् । यसका लागि स्वयं तपाईँले उनीहरुका कुरा बारे ध्यान दिन र सुन्न जरुरी छ । मजबुत इच्छाशक्ति भएका बच्चाको आकांक्षा र जिद्दीपना पनि बढी हुन्छ । त्यसको विरुद्ध तपाईँ बहसमा वा उनीहरुसँग यसो हुन्न, यस्तो हुन्छ भन्ने वहसमा नउत्रनुहोस् । यदी तपाईँले उनीहरुको कुरा सुन्नु भएन भने उनीहरु धेरै जिद्दी हुनेछन् । 
यदी बालबालिकालाई आफुलाई अविभावकले वास्ता नगरेको भान पर्यो भने उनीहरु विस्तारै–विस्तारै तपाईको हरेक कुरालाई वेवास्ता गर्दै जान थाल्छन् । धेरै समयदेखि बच्चाले केही कुरा गर्ने जिद्दी गरिरहेको खण्डमा उसको कुरा राम्रोसँग सुनिदिनु आवश्यक हुन्छ । उसको कुरा सकिनुभन्दा पहिला गाली गर्नु हुँदैन । बालबालिकालासँग कहिल्यै रिसाएर कुरा नगर्नु होला । 

२. बच्चासँग जबरजस्ती नगर्नुहोस : जब तपाईँ कुनै कुरालाई लिएर बालबालिसँग जबरजस्ती गर्नुहुन्छ भने स्वभावत तपाईँका बच्चा बिद्रोही हुँदै जान्छन् । तत्कालका लागि जबरजस्ती गरेर त काम बन्ला तर पछि गएर यो खतरनाक हुँदै जान्छ । बालबालिकालाई जबरजस्ती केही गराउँदा पनि पछि त्यस्तै बानी बस्छ र नगर भनेको कुरा गर्ने स्वभाव बन्छ । सकेसम्म आफ्ना बालबालिकासँग कुराकानी र समय विताउने गर्नुहोस् । 

ज्स्तो ८ बर्षको तपाईको छोरा वा छोरीले टीभी हेर्ने जिद्दी गरे भने जबरजस्ती गरेर कुरा मिल्दैन । यसको सट्टा तपाईँले उनीहरुसँग बस्नुहोस् र यो कुरामा रुची राख्नुहोस कि उ टीभीमा के हेर्दै छ । तपाईँले उनीहरुको कार्यमा रुची देखाउनु भयो भने तपाईँको कार्यमा पनि उनीहरुले रुची देखाउने छन् र तपाईँसँग उनीहरु निकट भएको र आत्मियताको महशुस गर्न सक्ने छन् । जिद्दी बच्चासँग त्यस्तै व्यवहार गर्नुहोस जसले गर्दा उनीहरुको जिद्दीपन हट्नुका साथै अनुशासित बन्नेछन् । उनीहरुलाई वेवास्ता गर्दा थप समस्या बढ्न जान्छ । 

३. विकल्प दिनुहोस् :  बालबालिकाको आफ्नो दिमाग हुन्छ र उनीहरु त्यस्तो काम गर्न मन पराउँछन् जो उनीहरुलाई भनिएको हुँदैन ।  यदी तपाईँले आफ्नो ५ बर्षको बच्चलाई जबरजस्ती ८ बजेभन्दा पहिला सुत्न जा भन्ने आदेश दिनुहुन्छ भने उसले त्यसलाई अस्विकार गर्न सक्छ । तर तपाईँले उसलाई आदेश दिनुको सट्टा उसलाई सोध्नुहोस् कि सुत्नुभन्दा पहिला कुन कथा सुन्न मन पराउँछ । बालबालिकालाई आदेश होइन उसलाई सुझाव र विकल्प दिनुहोस् । यदी तपाईँको बच्चाले म सुत्न जान्न भन्ने जवाफ दियो भने तपाईँ नरिसाउनुहोस् । उसलाई सुत्न पठाउनका लागि विभिन्न विकल्पहरु दिनुहोस् या उसँगै ओछ्याउनमा सुतेर केही कथा, रमाइला कुराहरु सुनाउनुुहोस् । यसो गर्नाले बालबालिकाले जिद्दी छोड्दै जान्छ ।

४. शान्त रहनुहोस् : यदी तपाईँ हरेक कुरामा आफ्ना छोराछोरीलाई गाली गर्नुहुन्छ भने तपाईको बच्चा तपाईँको चिच्याहटलाई बोलीको लडाँइको रुपमा लिन सक्छ । उसलाई हरेक कुरामा चिच्याएर आफ्नो कुरा जबरजस्ती राख्ने बानी पर्छ । त्यसैले आफ्ना बालबालिकालाई राम्रो र अनुशासित बनाउनका लागि मिठोसँग बोल्ने गर्नुहोस् ता कि तपाईँबाट बालबालिकाले सिकुुन । 

५.बालबालिकाको सम्मान गर्नुहोस् : तपाईँ आफ्ना छोराछोरीले आफुलाई सम्मान गरेनन् , भनेको मानेनन्, भनेर दुःख मनाउ गरिरहनु भएको छ भने आफुले उनीहरुमाथि गर्ने व्यवहार बारे पनि सोच्नुहोस् । बालबालिकालाई आफुले कस्तो व्यवहार गरेको छु भन्ने थाहा पाउनुभयो भने उनीहरुको व्यहार किन यस्तो भइरहेको छ भन्ने थाहा हुन्छ । भन्नुको मतलब तपाईँले बालबालिलाई सम्मान, माया दर्शाउन कन्जुस्याँइ नगर्नुहोस् । 
 


Ruslan

runner bike

ime

citizens bank

राजनीति

प्रकाशमान सिंहको आरोप-वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको छ

१२ जेठ, काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन लागिपरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ द्वारा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई आइतबार संवोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति संविधानको मर्म र भावना विपरित आउन थालेको उल्लेख गर्दै मुलुकमा संवैधानिक संटक निम्तिन सक्ने दाबी गरे। प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको संविधान केही होइन अब म जे बोल्छु त्यही नै सबैले मान्नु पर्छ भन्ने जसरी प्रस्तुत हुनु असोभनीय 

जनताको शिर झुक्ने काम गर्दिन् र गर्न दिन्न : बिष्णु पौडेल

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने बताएका छन् । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले आफुले नैतिक मर्यादा कानुनी मर्यादा र अभिभारालाई नभुल्ने स्पष्ट पारे । उनले जनताको जगबाट खारिँदै आएको बिष्णु पौडेल जनमतलाई सधैँ सम्मान गर्दै आगाडी बढने बताउँदै प्रयोजित प्रचारबाट बिचलित नहुन कार्यकर्ताहरुलाई आग्रह गरे । बालुवाटार जग्गा प्रकरण पछि पहिलो

समाजवादी पार्टिको चेतावनी-संविधान संशोधन नभए सडकमा जान्छौँ

१२ जेठ, विराटनगर । समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकमा समानता स्थापना गर्न अझै संघर्ष चाहिने बताएका छन् । संविधानले जातीय र क्षेत्रीय भौगोलिक विविधता समेट्न नसकेको भन्दै उनले संविधानलाई पूर्ण बनाउन संघर्ष गर्नुपर्ने जिकिर गरेका हुन् । समाजवादी पार्टीले विराटनगरमा गरेको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले मुलुकमा असमानता र विभेद अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गरे । उनले जनअपेक्षाअनुसार संविधान संशोधन नभए मुलुकका लागि दुर्भाग्य हुने बताए । कार्यक्रममा बोल्दै

अन्तर्राष्ट्रिय

चीनमा कार्गो जहाजमा ग्यास चुहिएर दुर्घटना, मृतकको संख्या १० पुग्यो

१२ जेठ, जिनान । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ । ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान 

मतदातासँग मोदीको प्रतिज्ञा : खराब नियतले केही पनि गर्ने छैन

१० जेठ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ‘ऐतिहासिक जनादेश’ दिएको भन्दै भारतीय जनतालाई धन्यवाद भनेका छन् । बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए । ‘हामी सबै एक नयाँ भारत चाहन्छौँ । म नतमस्तक भई धन्यवाद भन्न चाहन्छु,’ भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने । ‘आउने दिनहरूमा म नराम्रो अभिप्राय वा उद्देश्यले कुनै काम गर्नेछैन । काम गर्दैगर्दा गल्ती पनि हुन 

​अमेठीमा राहुल गान्धी पतनको संकेत, मतान्तर बढाउँदै स्मृति इरानी

९ जेठ, काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धा भइरहेको अमेठी सिट राहुल गान्धीका लागि खतरामा परेको छ । अमेठीको सुरुवाति मतगणनादेखि राहुल पछि परेका छन् । राहुलले केहीबेर अग्रता लिएपनि भाजपा उम्मेदवार तथा केन्द्रीय मन्त्री स्मृति इरानीले उनलाई फेरि पछि पारेकी छन् । 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top