syangyong
nlic

यी एपले तपाईँको फोन नम्बर लगेका हुनसक्छन्


Monday, 20 Aug, 2018 3:37 PM
ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, विभिन्न ख्यातिप्राप्त मानिसहरू र दशौँ लाख सर्वसाधारण व्यक्तिका फोन नम्बरहरू सर्वसाधारणले खोज्नमिल्ने गरी डेटाबेसहरूमा सङ्गृहीत भइसकेका छन्।

चर्चित राजनीतिज्ञदेखि ख्यातिप्राप्त व्यक्तित्व र सर्वसाधारण मानिसका नम्बरहरू उनीहरूको नाम लेखेर खोज्न सकिन्छ। नम्बरहरू त्यसरी सजिलै पाउन सकिने अवस्थाप्रति डेटा निगरानीकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्।

अवैध रूपमा गरिने ‘स्प्याम् कल’लाई रोक्ने क्षमता भएका भनिएका फोन एपहरूले ती डेटाबेसहरू भण्डारण गरेर राखेका छन्।

ती एपहरूले नचिनेको नम्बरबाट आएका कलहरू चिन्ने सुविधा दिन्छन्। तिनले प्रयोगकर्तालाई थाहै नदिई उनीहरूको नम्बर सङ्कलन गरेका हुन सक्छन्।

जडान गर्ने क्रममा ट्रुकलर, सिङ्क मी र सीएम सेक्युरिटी जस्ता एपले प्रयोगकर्ताहरूलाई आफ्ना फोन नम्बर अपलोड गर्न अनुरोध गर्छन्।

नम्बरको चाङ
प्रयोगकर्ताहरूलाई त्यसो गराउने क्रममा उनीहरूसँग नम्बरहरूको भण्डार बढ्दै जान्छ।

सन् २०१६ को उत्तरार्धमा एउटा एपले आफूसँग त्यसरी जम्मा पारिएका दुई अर्ब नम्बरहरू भएको र अर्कोले आफूले एक अर्ब नम्बरहरू जम्मा पारिसकेको दाबी गरेका थिए।

नम्बरहरू लेखेर ती कसका हुन् भनेर खोज्न सकिन्छ। तर नाम लेखेर त्यो व्यक्तिको नम्बर खोज्ने सुविधा दिइएको छैन। त्यस्तो खोजी एपको वेब्साइटमा गएर पनि गर्न सकिन्छ।

फ्याक्ट्वायर नामक अनुसन्धानात्मक पत्रकारिता गर्ने एक संस्थाले यो विषयलाई बाहिर ल्याएको छ। उसले हङ्कङका प्रमुख सांसदहरूका नम्बरहरू ती एपमा फेला पारेको थियो।

बीबीसीले गरेको अनुसन्धानको क्रममा यूकेका पूर्वप्रधानमन्त्री डेभिड क्यामरन, लेबर नेता जेरेमी कोर्बिन, यातायात मन्त्री क्रस ग्रेलिङ, ओलिम्पक डाइभर टम डेली र सङ्गीत निर्माता पिट वाटर्म्यानका नम्बरहरू ती एपमा उपलब्ध भएको फेला परे।

खोजी सुरु गर्नु अघि नै बीबीसीसँग उनीहरूका नम्बर थिए। हङ्कङस्थित फ्याक्ट्वायरसँग सांसदका नम्बरहरू थिए। अधिकांश नम्बरहरू फोन प्रयोगकर्ताको जानकारीविनै सङ्ग्रृहीत भएको पाइयो।

हामीले ट्रेन्ड माइक्रोका सुरक्षा अनुसन्धानकर्ता रिक फर्गुसनको नम्बरपनि ट्रुकलरमा भेट्टायौँ।

ट्रुकलर स्वीडेनमा अवस्थित छ। फर्गुसनलका अनुसार उनले त्यो एप प्रयोग गरेका थिएनन् र आफ्नो नम्बर उसले लिन पाउने कुनै सहमति भएको थिएन।

उनले त्यो एप एकदमै छक्याउने खालको भएको बताउँदै त्यसको सञ्चालकले डेटा सुरक्षासम्बन्धी नियमहरू मिचेको हुनसक्ने बताए।

उनले भने, ‘कुनै पनि डेटा वा तथ्याङ्क कुनै निश्चित वा तोकिएको र वैध प्रयोजनका लागि मात्र सङ्कलन गर्न सकिन्छ। र, त्यसलाई आवश्यक परेको भन्दा लामो समयसम्म राख्न मिल्दैन। तथ्याङ्क जोसँग सँग सम्बन्धित छ उसको स्वीकृतिमा मात्र सङ्ग्रह गर्न सकिन्छ।’

त्यसमाथि अहिले डेटाको सुरक्षाको विषयमा पनि चिन्ताहरू व्यक्त भइरहेका छन्।

सन् २०१३मा ट्रुकलरले साइबर हमलामा आफ्नो डेटा चोरी भएको तर संवेदनशील विवरण नचुहिएको बताएको थियो।

ट्रुकलरले बीबीसीलाई बताएअनुसार उसले प्रयोकर्ताका तथ्याङ्क सुरक्षित रूपमा स्वीडेनमा सङ्ग्रह गरिएको छ। कुनै बाह्य सङ्घसंस्थालाई त्यो विवरण नदिइएको बताउँदै उसले एउटा वक्तव्यमा भनेको छ, ‘ट्रुकलरले स्वीडेन वा पूरै ईयूमा डेटा सुरक्षासम्बन्धी कानुनविरुद्ध काम गरेको छैन।’

सेकुरिटी ब्लगर ग्राहम क्ललीको नम्बर पनि एउटा एपमा पुगिसकेको छ।

उनको विचारमा सबै व्यक्ति आफ्ना के कस्ता जानकारी वा डेटा अरूलाई उपलब्ध गराउने हो भन्ने विषयमा निकै चनाखो हुन आवश्यक छ।

जोखिम
‘यदि तपाईँ आफ्नो एड्रेस्बुक अप्लोड गर्दै हुनुहुन्छ भने तपाईँले आफ्नोमात्रै होइन त्यो एड्रेस्बुकमा भएका सबैको गोपनीयतालाई जोखिममा पार्दै हुनुहुन्छ।’

अधिकांश एपहरूले आफ्ना शर्तहरूमा प्रयोकर्तालाई नम्बरधनीहरूको अनुमति लिएर मात्रै उनीहरूका नम्बर साट्न अनुमति लिनुपर्ने उल्लेख गरेका हुन्छन्।

अहिले सीएम सेक्युरिटीले नम्बर कसको हो भनेर पछि हेर्न मिल्ने ुरिभर्स लुक्(अफुको सुविधा स्थगन गरेको छ।

यस्ता सबै एप सञ्चालकहरूको भनाइमा आफ्ना नम्बरहरू साट्न नचाहने व्यक्तिहरूले एप प्रयोग नगर्न सक्ने सुविधा खुल्लै राखिएको छ।

रोरी सेलन–जोन्स् (हेलिएर चेउङको सहयोगमा), बिबिसी

 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top