​‘एप प्रयोग गर्ने महिलाले कहिले यौन सम्पर्क गरिन् भन्ने समेत थाहा हुन्छ फेसबुकलाई’


Wednesday, 11 Sep, 2019 2:29 PM
२५ भदौ, काठमाडौं । प्रिभसी इन्टरन्याश्नल (पीआई)ले गरेको एउटा अध्ययनले यौनसम्पर्क गरेको समयसहित मानिसहरूको अन्तरङ्ग सम्बन्धका कुरा सामाजिक सञ्जाल फेसबुकलाई उपलब्ध गराइरहेको देखाएको छ। सर्वाधिक लोकप्रिय उक्त सामाजिक सञ्जालसँग कस्ता सूचना सेयर गरिन्छ भन्ने विषयमा पीआईले महिलाको महिनावारीको विवरण राख्न प्रयोग गरिने एपहरूको अध्ययन गरेको थियो।

एप प्रयोग गर्ने महिलाले कस्तो गर्भनिरोधक औषधि प्रयोग गरिन्, उनको महिनावारी कहिले हुन लागेको छ र कस्ता लक्षणहरू देखियो भन्ने विवरण त्यसमा लिइएको हुन्छ। अनुसन्धान थालिएपछि एउटा एपले गोपनीयतासम्बन्धी आफ्ना नीतिहरू परिवर्तन गर्न लागेको बतायो।

महिनावारीका बारेमा बताउने एपहरूले सामान्य स्वास्थ्यका कुरादेखि यौन, मनस्थितिसम्बन्धी सूचना, प्रयोगकर्ताले के खाने र पिउने गर्छन् अनि कुन स्यानिटरी प्याड प्रयोग गर्छन् भन्नेसम्मका विवरण लिने गरेका छन्। ती विवरण राखेपछि एपहरूले गर्भधारणका लागि उपयुक्त समय कुन हो र अर्को महिनावारी कहिले हुन्छ भन्नेबारे जानकारी दिन्छन्।

सामाजिक सञ्जालको सफ्टवेअर डेभलपमेन्ट किट (एसडीके) मार्फत् फेसबुकमा त्यो सेयर हुन्छ र सामाजिक सञ्जालहरूले प्रयोगकर्ताहरूलाई व्यक्तिमा केन्द्रित विज्ञापनहरू उपलब्ध गराउने विज्ञापनकर्ताबाट पैसा कमाउनका लागि एसडीकेलाई प्रयोग गर्न सक्छन्।

पिरिअड ट्र्याकर, पिरिअड ट्र्याक फ्लो र क्लू पिरिअड ट्र्याकरजस्ता लोकप्रिय एपहरूले चाहिँ फेसबुकसँग डेटा सेयर नगरेको पाइएको पीआईको अनुसन्धानले देखाएको छ। तर, प्ल्याकल टेकको माया (गुगल प्लेमा ५० लाख डाउनलोड भएको), मोबएप डेभलप्मन्ट लिमिटेडको एमआईए (१० लाख डाउनलोड भएको) र लिन्चपिन हेल्थको माई पिरिअड ट्र्याकर (१० लाखभन्दा बढी डाउनलोड भएको) एपले चाहिँ डाटा सेयर गर्दा रहेछन्।

पीआईले भनेको छ, ‘अनुसन्धानका क्रममा हामीले हेरेका एपहरूको व्यापक पहुँचको अर्थ विश्वभरिका लाखौँ प्रयोगकर्ताका स्वास्थ्य वा यौन जीवनसहितका संवेदनशील व्यक्तिगत विवरणहरू उनीहरूको सहमतिबिनै फेसबुक र अरू तेस्रो पक्षसँग सेयर गरिँदैछ।’

अध्ययनको नतिजा देखाइएपछि मायाले तत्काल परिवर्तन ल्याउनेगरी फेसबुकको एसडीके र एनलिटिक्स एसडीकेलाई हटाएको पीआईलाई बतायो। प्रयोगका आफ्ना सर्त र गोपनीयतासम्बन्धी नीतिसँग सहमत प्रयोगकर्ताको हकमा चाहिँ फेसबुक एड एसडीके टूल प्रयोग गरिरहने उसले जनाएको छ।तर व्यक्तिगत पहिचान हुने वा स्वास्थ्यसम्बन्धी विवरण सेअर नगरिएको उसले उल्लेख गरेको छ।

बीबीसीलाई पठाएको एउटा वक्तव्यमा उसले भनेको छ, ‘माया एपले राम्ररी काम गरोस् भनेर आवश्यक सबै डेटामा पहुँच कायम गरिएको हो। महिलाको मासिक चक्रबारे अनुमान लगाउने कुरा जटिल हुन्छ र त्यो हजारौँ भेरिएबल्समा निर्भर हुन्छ। मायामा साइन अप गर्नुअघि नै हामीले प्रयोगकर्तालाई प्रयोगका सर्त र गोपनीयतासम्बन्धी नीतिबारे अवगत गराउँछौँ। साइन अप गरेपछि हाम्रा प्रयोगकर्ताले आफ्ना डेटा लिन सक्छन् र चाहेको बेला आफ्नो खाता डिलिट गर्न सक्छन्।’

लिन्चपिन हेल्थले चाहिँ पीआईलाई कुनै प्रतिक्रिया दिएन र एमआईएले आफ्नो उत्तर नछापियोस् भन्यो। फेसबुकले बीबीसीलाई भन्यो, ‘सेवासम्बन्धी हाम्रो सर्तले डेभलपरहरूलाई स्वास्थ्यसम्बन्धी संवेदनशील सूचना पठाउन रोक लगाएको छ र गरेको थाहा पाउनासाथ त्यसो नगर्न भन्छौँ।’

बीबीसीले दुवै कम्पनीलाई सम्पर्क गरेको थियो। तर यो समाचार प्रकाशित गर्ने बेलासम्म कुनै प्रतिक्रिया प्राप्त भएन। आफ्नो निष्कर्षमा पीआईले भनेको छ, ‘कानुनी दायित्व परिपालना गर्ने जिम्मेवारी कम्पनीहरूमाथि हुनुपर्छ र सेवा लिने बेला प्रयोगकर्ताले गरेको विश्वासलाई तिनीहरूले कायम राख्नुपर्छ ’

फेसबुकले आफ्ना प्रयोगकर्ताहरूका लागि एउटा टूल सञ्चालनमा ल्याउन लागेको जनाएको छ। त्यो टूलले एप तथा व्यवसायीलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताका डेटा शेअर गर्नबाट रोक्नेछ।
  • • बिबिसीका प्रविधि संवाददाता जेन वेक्फील्डको रिपोर्ट 

 


global ime

Ruslan

runner bike

राजनीति

विदेशी र नेपालीलाई हवाई भाडा समान बनाइन्छ : पर्यटनमन्त्री भट्टराई

२९ मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका छन् । पोखरामा जारी लिट्रेचर फेस्टिवलमा भाग लिन पुगेका मन्त्री भट्टराईले एक अन्र्तक्रियामा बोल्दै यस्तो बताएका हुन् । उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको जानकारी दिए । ‘म सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने योजनामा छु,’ मन्त्री भट्टराईले भने, ‘संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर हुँदैन र नेपालमा पनि हुनेछैन ।’

२२ वर्षमा नभएका काम सरकारले २ वर्षमै गर्यो : मन्त्री बास्कोटा

२९ मंसिर, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ४ को नमोबुद्ध तिमाल समाजले नेपाल भ्रमण वर्षका अवसरमा शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।   मन्त्री बास्कोटाले भने, ‘नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।’ पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर नसोच्न उहाँले पर्यटन व्यवसायीलाई आग्रह गरे । 

दाङ बारको चुनावमा नेकपा–कांग्रेसको संयुक्त प्यानल पराजित, विद्रोहीले बाजी मारे

२९ मंसिर, घोराही । नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वा्चित भएका छन् । अध्यक्षमा शिवप्रसाद घिमिरे ४ मत अन्तरले र उपाध्यक्षमा मणिराज आचार्य एक मत अन्तरले विजयी भएका हुन् । अध्यक्षमा विजयी घिमिरेले ६२ र उनका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उनका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाएका छन् । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

अन्तर्राष्ट्रिय

अमेरिकाले अफगानिस्तानबाट ४ हजार सेना फर्काउँदै

२९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अफगानिस्ताबाट करिब ४ हजार आफ्ना सैनिक फिर्ता गर्ने तयारी गरेको छ ।ट्रम्प प्रशासनका एक बरिष्ठ अधिकारीले जनाए अनुसार सो सम्बन्धी घोषणा अर्को साता हुन सक्नेछ ।  ट्रम्पले यस अघि नै केही हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न सकिने जनाएका थिए ।  १८ वर्ष अघिको युद्धपछि पनि अफगानिस्तानमा १२ देखि १३ हजार अमेरिकी सेना बस्दै आएका छन् । गएको अगस्टमा ट्रम्पले ८ हजार ६ सय सेना फिर्ता गर्ने र के हुन्छ हेर्ने बताएका थिए । ह्वाइट हाउस र पेन्टागनले भने सो विषयमा बताउन चाहेका छैनन् । 

भारतको असममा जारी आन्दोलन हिंसात्मक बन्दै, ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द

२९ मंसिर, काठमाडौं । नागरिकता संशोधन विधेयक (क्याब) विरुद्ध गत सातादेखि चर्किएको आन्दोलनले असमको अवस्था तनावग्रस्त बन्दै गएको छ । भाजपा नेतृत्वको केन्द्रीय सरकारले क्याब पारित गरेपछि पूर्वोत्तर भारतको असम, त्रिपुरालगायत राज्यमा थालिएको आन्दोलन हिंसात्मक बन्दै गएको हो । सामाजिक सञ्जालमा आन्दोलन भड्काउने तथा हिंसालाई प्रश्रय दिने सामग्री राखिएको भन्दै असम प्रशासनले ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरेको छ । असम पुलिस विभागका महानिर्देशक भास्कर ज्योति महन्तले असममा ४८ घन्टाका लागि इन्टरनेट सेवा बन्द गरिएको दार्जि्लिङबाट प्रकाशित हिमालय दर्पणसँग कुराकानी गर्दै पुष्टि गरेका छन् ।

लेबनानमा हिंस्रक झडपहुँदा दर्जनौ घाइते

२९ मंसिर, काठमाडौं । लेबनानको राजधानी बेरुतमा शनिबार भएको झडपमा दर्जनौ मानिस घाइते भएका छन् ।  बेरुतमा नेपालको शान्ति सेनापनि रहँदै आएको छ । प्रदर्शनकारीहरु संसद भवनतिर अघि बढ्ने क्रममा झडप भएको बताइएको छ ।प्रहरीले अश्रुग्याँस फाल्नुका साथै रबरको गोली पनि प्रहार गरेको थियो । प्रदर्शनकारीले भने ढुंगा प्रहार गरेका थिए । प्रहरीका कम्तिमा २० अधिकारीपनि घाइते भएका छन् । आर्थिक अव्यवस्थाको विरोधमा गएको अक्टोबर महिनादेखि त्यहाँ प्रदर्शन हुँदै आएको छ । 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top