cg electronics
nlic

​सेलिब्रेटीको मतदानः कसले कहाँबाट गरे मतदान ?


Thursday, 7 Dec, 2017 6:19 PM
देशमा प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । बेलुकी  पाँच बजेदेखी मतगणना पनि सुरु भैसक्यो । अहिलेको मतदानमा मतदाताको उत्साहपुर्ण सहभागीता पनि देखिएको छ । सामान्य रुपमा केहि झडपका घटनाहरु भएतापनि समग्र रुपमा शान्तिपुर्ण रुपमा मतदानको काम सम्पन्न भएको छ ।

सबै जनता जस्तै देशका सेलिब्रेटीहरुले पनि आफ्नो मतदान अधिकारको सदुपयोग गरेका छन् । सधैजसो आफ्नै काममा व्यस्त हुने सेलिब्रेटीहरु आफ्नो समय निकालेर देशको उज्वल भविष्यको लागी मतदान केन्द्रमा गइ मतदान गरीसकेका छन् ।  

कोमल वली : गायिका कोमल वलीले आफ्नो गृहजिल्ला दाङबाट मतदान गरेकी छिन् । एमाले नेतृसमेत रहेकी गायिका वलिले दाङको तुलसीपुर उपमहानगरपालीका ८ कृष्णमन्दिरस्थित मतदानस्थलबाट मतदान गरेकी हुन् । 

जीतु नेपाल : हाँस्यकलाकार जीतु नेपालले ललितपुरबाट मतदान गरेका छन् । ललितपुरको कोटेश्वर स्थित नरेफाँटमा रहेको कोटदेबी स्कुलबाट उनले मतदान गरेका हुन् । आफुले मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दे आफुले एउटा असल नागरीकको जिम्मेवारी पुरा गरेको र नेताहरुले पनि अब आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गरेका छन् ।

रेखा थापा : नायिका रेखा थापाले आफ्नो मताधिकार सुनिश्चित गर्दै काठमाडौको मित्रपार्क स्थित पशुपती क्याम्पसबाट मतदान गरेकी छिन् । 

हरिवंश आचार्य : हाँस्यकलाकार हरिवंश आचार्यले पनि आफ्नो मताधिकारको प्रयोग गरेका छन् । मतदान गर्दै उनले दलले हैन देशले जित्नुपर्ने जनाएका थिए ।

पशुपति शर्मा : गायक पशुपति शर्माले पनि स्याङ्जाबाट मतदान गरेका छन् । उनले पुतलीबजार नगरपालिका ३ मा रहेको पुण्यशिला आधारभुत प्राविबाट मतदान गरेका हुन् । आफुले मतदान गरेको तस्बिर सार्वजनिक गर्दै उनले अब देशले जित्नुपर्ने जनाएका छन् । 

दिपक राज गिरी : अभिनेता दिपकराज गिरीले पनि दहचोकबाट मतदान गरेका छन् । ४ बजेर ५९ मिनेटमा धेरै सोँचविचार गरेर मतदान गरेको उनी बताउँछन् ।
 


Ruslan

sponserworldcup

राजनीति

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

३ असार काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् । विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको बताए । यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण 

सरकार मधेशसँग अनुदार भएको आरोप

३ असार काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए । सांसद राजकिशोर यादवले सरकार 

​संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

२ असार, लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा नजाने बताएका छन् । सिरहाको चोहर्वामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने कुनै सम्भावना नरहको बताएका हुन् ।

अन्तर्राष्ट्रिय

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

रूसी राष्ट्रपति पुटिनका कट्टर आलोचक खोज पत्रकारको हत्या

१६ जेठ काठमाडौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ।प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मंगलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको छ। अहिलेसम्मका प्रमाणहरूले सुनियोजित हत्या भएको संकेत गरेका छन्। बाब्चेन्कोकी श्रीमतीले मंगलवार साँझ बाहिर गोली चलेको सुनिन्। 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top