ghaderi
esewa

अरुण काबेली पावर नाफामा उक्लियो


Monday, 11 Feb, 2019 12:46 PM
२८ माघ, काठमाडौं । अरुण काबेली पावर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ लाख २६ हजार रूपैयाँ नाफामा पुगेको छ। कम्पनीको मुख्य आयस्रोत विद्युत बिक्रीको आम्दानी नहुँदा नै कम्पनी नाफामा पुगेको हो।

कम्पनीले अन्य स्रोत मार्फत भएको १७ लाख ३५ हजार रूपैयाँ आम्दानीले कार्यालय सञ्चालन खर्च र ह्रासकट्टी (डिप्रिसिएसन) खर्च घटाएर पनि कम्पनीले नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १६ लाख ६० हजार खुद नोक्सानी बेहोरेको थियो । 

एक अर्ब ५० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषको आकार एक करोड ४९ लाख रुपैयाँले ऋणात्मकमा झरेको छ। गत वर्षको यसै अवधिमा कम्पनीको जगेडा कोष एक करोड ५५ लाख रुपैयाँले ऋणात्मक रहेको थियो । 

गत वर्ष २७ लाख सञ्चालन नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ लाख ८ हजार सञ्चालन नाफामा रहेको छ । समीक्षा अवधिमा ८ पैसा प्रतिशेयर आम्दानी गरेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ १ पैसा छ ।

यस परियोजनाको कार्य अन्तिम चरणमा पुगेको र फागुन महिनाभित्रै आयोजनाको निर्माण सम्पन्न भई चालु हुने बताइएको छ । कम्पनीले काबेली १ बाट उत्पादन हुने २५ मेगावाट विद्युत थालेपछि मात्र कम्पनीको सूचाङ्कहरु थप सुधार हुँदै जानेछन् ।


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

राज्य चूप लागेर बस्न मिल्दैन : माधव कुमार नेपाल

११ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् । चितवनमा आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।’ नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज चितवन आइपुगेका हुन् । डा सिके राउतको समूहलाई

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने: मन्त्री पोखरेल

११ चैत, विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे । उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा 

महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : प्रकाशमान सिंह

११ चैत, भद्रपुर । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन् । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पारे । ‘नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो’, उनले भने, ‘तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न 

अन्तर्राष्ट्रिय

नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुने

११ चैत, वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहुदीहरूको सार्वभौमितालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ । सिरियाले १९६७ मा छ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान हाइट्स लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो । अमेरिकाले इजरायलको सार्वभौमिता स्वीकार गर्ने अनुमान गरिएको छ । आगामी अप्रिल ९ मा इजरायलमा

​पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

११ चैत, जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ । यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले जानकारी दिएका छन् । यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको

नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

११ चैत, ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार तीन सय भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए । भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top