अस्ट्रेलियामा तीन दशकयताकै भीषण वर्षा, अढाई महिनादेखि फैलिएको डढेलो पनि निभ्यो


Monday, 10 Feb, 2020 10:35 AM
२७ माघ, काठमाडौं । अस्ट्रेलियाको सिड्नी सहरमा तीन दशकयताकै ठूलो वर्षा भएको छ । जसका कारण आएको बाढीले त्यहाँका हजारौं मानिस विस्थापित भएका छन् ।

वर्षा र बाढीका कारण त्यहाँको जनजीवन तथा यातायात अस्तव्यस्त भएको छ । त्यस क्षेत्रको मौसमसम्बन्धी निकायका अनुसार बितेका ४ दिनमा त्यहाँ झन्डै ४०० मिलिमिटर वर्षा भएको छ । 

बीबीसीका अनुसार मौसमसम्बन्धी निकायले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ । वर्षाका कारण झन्डै १ लाख घरमा बिजुली गएको बताइएको छ । 

यसैबीच वर्षाले एउटा राम्रो कामचाहिँ के गरेको छ भने अढाई महिनादेखि न्यु साउथ वेल्स राज्यका विभिन्न स्थानमा फैलिएको डढेलो निभाइदिएको छ ।

७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो वर्षाको पानीले निभाइदिएको बीबीसीको समाचारमा उल्लेख छ ।
डढेलोले ५०० हेक्टर क्षेत्रमा प्रभाव पारेर ३ सय १२ वटा घर नष्ट गरेको थियो । 

मौसम विभागले डढेलो प्रभावित क्षेत्रमै बाढीको बढी खतरामा रहेको चेतावनी दिएको छ । तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने विभागको अनुमान छ । 

सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीले उद्धार गरेका छन् । सोमबार बिहान त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ ।

सिड्नीको एउटा मुख्य स्टेसन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन् । दर्जनौँ स्कुल बन्द भएका छन् । मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ ।

सहरका तल्ला भूभागमा बसिरहेकाहरूलाई त्यहाँबाट अन्यत्र जान वा जानको निम्ति तम्तयार रहन भनिएको छ । सेन्ट्रल सिड्नीमा सोमवार पानी रोकिएको छ तर यो साताभरि थप वर्षाको पूर्वानुमान गरिएको बीबीसीले जनाएको छ ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top