cg electronics
nlic

तपाईं कुन ‘वाद’मा विश्वास गर्नुहुन्छ ? यस्ता छन् १७ ‘वाद’का अर्थ


Saturday, 17 Mar, 2018 1:10 PM
हरेक राजनीतिक दल र व्यक्तिले आफूलाई कुनै न कुनै वादसँग जोडेका हुन्छन् । वाद आस्था र विश्वास हो । अर्को अर्थमा यो सिद्वान्त, प्रणाली र प्रयोग पनि हो । वादले नै समाजलाई कुनै निश्चित दिशातर्फ डो¥याएको हुन्छ । तर, समाजले, व्यक्तिले अंगालेका वाद आफैँमा पूर्ण र स्थायी हुँदैनन् । मानिसको आवश्यकता, चाहना र परिवेशले नयाँ–नयाँ वादलाई  जन्म दिइरहेको हुन्छ । विशेष गरेर राजनीतिक विचार, आन्दोलन र प्रणालीले वादको सृजना गर्नमा अहम् भूमिका खेलिरहेका हुन्छ । कुन वादको अर्थ के ? जानिराख्नुहोस् :

प्रजातान्त्रिक समाजवाद : प्रजातान्त्रिक शासन पद्वतिमा आधारित सरकारले समता र सामाजिक न्यायका आधारमा आर्थिक कार्यक्रम अबलम्बन गर्नुलाई प्रजातान्त्रिक समाजवाद भनिन्छ । पूँजीवाद र साम्यवादको विकल्पको रुपमा यो वाद अगाडि आएको देखिन्छ ।

पूँजीवाद : राज्यको हस्तक्षेप बिना उत्पादनका साधनहरु व्यक्तिले परिचालन गर्न पाउने राजनैतिक विचारधारा र यसको आर्थिक पक्षलाई पूँजीवाद भनिन्छ । यहाँ राज्यको अधिकतम् साधन सीमित वर्गका हातमा रहन्छ ।

राष्ट्रवाद : राष्ट्रिय हितलाई सर्वोपरी ठानी शासन गर्ने मतलाई राष्ट्रवाद भनिन्छ । राष्ट्रवाद राष्ट्रप्रति देखाउने भक्तिभाव पनि हो ।

समाजवाद : उत्पादनका साधनहरु समाजको सर्वोपरी हितका लागि प्रयोग गर्दै आर्थिक, सामाजिक र राजनैतिक समानता अनुरुप राज्य संचालन गर्ने पद्वतिलाई समाजवाद भनिन्छ । पूँजीवादविरुद्व स्थापित भएको यस वादले साम्यवादका असल पक्षलाई पनि लिएको छ ।

अधिनायकवाद : निरंकुश अधिकारको प्रयोग गरी भौतिक शक्तिका आडमा दमन र अत्याचारपूर्वक गरिने शासनलाई अधिनायकवाद भनिन्छ । नेपालमा राणा शासन र पंचायत व्यवस्थालाई अधिनायकवादी व्यवस्थाको रुपमा लिन सकिन्छ ।

अराजकतावाद : राज्यव्यवस्था र सरकार बिना पनि समाजलाई संचालन गर्न सकिन्छ भन्ने सिद्वान्तलाई अराजकतावाद भनिन्छ । राज्यद्वारा गरिने अन्याय र अत्याचारको विरुद्वमा यस वादको उत्पत्ति भएको मानिन्छ ।
 
उदारवाद : चरम वामपन्थी र चरम दक्षिणपन्थीको अलावा मध्यमार्गी राजनीतिक विचारधारालाई उदारवाद भनिन्छ । यहाँ पूँजीवाद र साम्यवादका असल पक्षलाई समेट्ने प्रयास गरिएको हुन्छ ।

उपनिवेशवाद : सैनिक, राजनैतिक र आर्थिक प्रभावद्वारा शक्तिशाली राष्ट्रले कमजोर राष्ट्रमाथि राज्यसत्ता कब्जा गरी आफ्नै विचारधाराद्वारा शासन व्यवस्था चलाउनेलाई उपनिवेशवाद भनिन्छ । द्वितिय विश्वयुद्वपछि उपनिवेशवाद क्रमशः अस्ताउँदै गएको छ ।
 
गान्धीवाद : अहिंसा, सत्य र सहिष्णुताको आधारमा राज्यसत्ताको संचालन गर्ने विचारधारालाई गान्धीवाद भनिन्छ । हिन्दुस्तानका पिता महात्मा गान्धीद्वारा यस वादको प्रार्दुभाव भएको हो ।
 
नाजीवाद : सैनिक बलका आधारमा विश्वभर अधिनायकत्व कायम गर्ने सिद्वान्त नाजीवाद हो । तानाशाह हिटलरका अनुयायीहरु यस वादलाई आफ्नो मुख्य लक्ष्य ठान्छन् ।
 
द्वन्दात्मक भौतिकवाद : चेतनाको सृष्टि पदार्थबाट भएको मान्ने र सवै पदार्थलाई परिवर्तनशील र प्रगतिशील मान्ने मतलाई द्वन्दात्मक भौतिकवाद भनिन्छ । माक्र्सद्वारा प्रतिपादित यस वादमा पदार्थलाई प्रमुख र चेतनालाई गौण रुपमा लिइएको छ ।
 
साम्यवाद : समाजमा आर्थिक विषमता र शोषण हटाउन पूँजीलाई राष्ट्रियकरण गरी सर्वहाराका नाउँमा गरिने शासनलाई साम्यवाद भनिन्छ । साम्यवाद कार्ल माक्र्सद्वारा प्रतिपादित द्वन्दात्मक भौतिकवादमा आधारित सिद्वान्त हो ।

साम्राज्यवाद : कमजोर राष्ट्रलाई शक्ति राष्ट्रद्वारा ती राष्ट्रहरुको सार्वभौमसत्तामाथि नियन्त्रण गर्दै राज्यसत्ता विस्तार गर्नुलाई साम्राज्यवाद भनिन्छ । उपनिवेशवादसँगै यो पनि द्वितिय विश्वयुद्वपछि पलायन हुँदै गएको छ ।

सामन्तवाद : राज्यशक्तिको आडमा सीमितवर्गले सर्वसाधारणमाथि गर्ने आर्थिक एवं शोषणयुक्त शासन व्यवस्थालाई सामन्तवाद भनिन्छ । प्रजातान्त्रिक राज्य व्यवस्थामा यसको कुनै स्थान हुँदैन ।
 
मानवतावाद : मानिसले मानिसलाई शासक र शासित रुपमा व्यवहार नगरी मानवीय मूल्य र आर्दशलाई व्यवहार केन्द्रीत गरिनु पर्ने मतलाई मानवतावाद भनिन्छ । यस वादले मानवीय आध्यात्मिक पक्षलाई विशेष जोड दिएको हुन्छ ।

अन्तर्राष्ट्रवाद : कुनै राष्ट्र वा परिधि विशेषको सीमा नराखी पूरै मानवलाई एकै विश्व समाजमा संगठित गर्दै उन्नति र आचरणमा लाग्ने मतलाई अन्तर्राष्ट्रवाद भनिन्छ । यस वादले भौगोलिक सीमाभन्दा मानव आवश्यकता र समग्रतालाई समेट्ने प्रयास गर्दछ ।

आतंकवाद : मानवमाथि डर, त्रास र धम्कीकै भरमा प्रभुत्व स्थापना गरी शासन गर्ने लक्ष्यलाई आतंकवाद भनिन्छ । आतंकवादीहरु आफ्नो कार्य सिद्विका लागि साम, दाम, दण्ड, भेदका कुनै पनि नीति प्रयोग गर्न पछि पर्दैनन् ।
 


Ruslan

sponserworldcup

राजनीति

प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

३ असार काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् । विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय अदालतले नै छिनोफानो गर्न सक्ने बनाउन विधेयक ल्याइएको बताए । यसअघि राष्ट्रियसभाको विशेष समयमा नरपति लोहार, जीतेन्द्रनारायण देव, विमला राई, कमल ओली, हरिचरण 

सरकार मधेशसँग अनुदार भएको आरोप

३ असार काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।  विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै सांसद दुर्गाबहादुर रावलले सरकार नीति, विधि र थितिअनुसार नचलेको आरोप लगाए । सांसद राजकिशोर यादवले सरकार 

​संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं : महतो

२ असार, लहान । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा नजाने बताएका छन् । सिरहाको चोहर्वामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा महतोले संविधान संशोधन, नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता र रेशम चौधरीलाई शपथग्रहण नगराएसम्म सरकारमा नजाने कुनै सम्भावना नरहको बताएका हुन् ।

अन्तर्राष्ट्रिय

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

रूसी राष्ट्रपति पुटिनका कट्टर आलोचक खोज पत्रकारको हत्या

१६ जेठ काठमाडौ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक रहेका एकजना चर्चित रुसी खोज पत्रकारको युक्रेनको राजधानी किएभमा गोली हानी हत्या गरिएको छ।प्रहरीको विज्ञप्तिमा आर्काडी बाब्चेन्कोलाई मंगलवार साँझ गोली हानिएको र त्यसको केहीबेरपछि नै उनको ज्यान गएको उल्लेख गरिएको छ। अहिलेसम्मका प्रमाणहरूले सुनियोजित हत्या भएको संकेत गरेका छन्। बाब्चेन्कोकी श्रीमतीले मंगलवार साँझ बाहिर गोली चलेको सुनिन्। 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top