esewa

​‘विदेशमन्त्री आउँदा ३५ करोड मात्रै सहयोग गर्ने चीनले नेपालमा रेल ल्याइदेला भन्नु मुर्खता’


Wednesday, 11 Sep, 2019 1:46 PM
२५ भदौ, काठमाडौं । चीनले नेपालसम्म रेल ल्याउने सम्भावना नरहेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन्। बुधबारदेखि सुरु  ‘पूर्वाधार सम्मेलन २०१९’ मा बोल्दै डा. भट्टराईले बरु ऋण लिएर ठूला पूर्वाधारमा नेपाल आफै सामेल हुनुपर्नेमा जोड दिएका छन् । नेपालले अरुको देशको भर नपरेर विश्व बैंक, एसियाली विकास बैंक (एडीबी)जस्ता बैंकहरुबाट ऋण लिएर पूर्वाधारमा लगानी गर्नुपर्ने बताए।

शीत युद्धका बेला नेपालको भूराजनीतिक महत्वका कारण नेपालमा विदेशीहरुले सितैमा सडक बनाई दिएको भन्दै सामरिक हित रक्षाका लागि उनीहरुले लगानी गरेको बताए। ‘तर अब त्यो अवस्था छैन, चीनले नेपालसम्म रेल ल्याउने संभावना पनि छैन,’ भट्टराईले भने।

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा गरेको सहयोगले रेलको ल्याइदिने कुरा हल्ला मात्रै भएको उनको भनाइ थियो। विदेशमन्त्रीको भ्रमणमा ३५ करोड मात्रै सहयोग गर्ने चीनले रेल ल्याइदेला भनेर पत्याउनु मुर्खता भएको डा. भट्टाईले बताए। रेलमा नेपाल आफैँले लगानी गर्ने अवस्था पनि नभएकोले शीत युद्धकोजस्तो भिक्षाको मानसिकता छोडिदिनुपर्ने बताए । 

नेपालले पहिलो औद्योगिक क्रान्ति नै गर्न नसकेको अवस्थामा पूर्वाधारको विकास कठिन भएको उनको भनाइ थियो। नेपालले अझै पनि पूर्वाधार पहिला कि लगानी र एफडीआई वा निजी लगानी पहिले भनेर बसिरहेको बताउँदै विश्वमा चौथो औद्योगिक क्रान्ति भइसक्दा नेपालले पहिलो क्रान्ति पनि गर्न नसकेको बताए । भट्टराईले पूर्वाधारको जतिसुकै विचार विमर्श गरे पनि नेपालमा पूर्वाधार विकासमा कार्यान्वयन पक्ष निकै फितलो भएको बताए। ‘आगामी दिनमा कार्यान्वयको बाटो अझै कठिन देखिएको छ, भनेको जस्तो परिणाम किन आइरहेको छैन ? यसलाई ऐतिहासिक परिप्रेक्ष्यसँग जोडेर हेर्नुपर्छ,’ उनले भने।

नेपालमा सानाठूला गरी ७० भन्दा बढी हिमालहरु रहेको बताउँदै उनले त्यो ठाउँमा बजारको विस्तार गर्न पहिलो प्राथमिकता सडक नै भएको बताए। ‘त्यस्ता ठाउँलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न बाह्रै मास गाडी चल्ने गरी सडक सञ्जालको विकास गरौ,’ उनले भने।

उनले हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गले हिमालसम्म सडक सञ्जाल जोडेपछि कोसी, गण्डकी र कर्णालीको जलाधार तथा भारत नेपाल जोड्ने सडक बनाउनमा सरकारको जोड हुनुपर्ने उनको सुझाव थियो। ‘काठमाडौं र तराई मधेसलाई नजोडेसम्म देशको विकास सम्भव छैन,’ भट्टराईले भने।

निजी क्षेत्रले सडकजस्ता ठूला पूर्वाधारको क्षेत्रमा लगानी नगर्ने र नाफाको क्षेत्रमा मात्र लगानी गर्ने भएकाले वस्तु र सेवा उत्पादन, भौतिक पूर्वाधारको विकास सामाजिक वित्तीय क्षेत्रको जिम्मेवारी राज्यको भएकाले त्यहीअनुसार पूर्वाधारको विकासमा जोड दिनुपर्ने उनको तर्क थियो। उनले एसियाली विकास बैंक, विश्व बिम्सटेक, भारत, चीनमार्फत ऊर्जा निर्यात गर्ने अवस्था भएकाले अब त्यसमा जानुपर्नेमा जोड दिए।

भौतिक पूर्वाधारको क्षेत्र विमानस्थल, उर्जा र फास्ट ट्रयाकबाहेक अन्यमा निजी क्षेत्रले लगानी गर्ने वातावरण नबनेको बताउँदै विस्तारै समेल गर्दै लैजानु पर्ने बताए ।  ‘सबै मुलुकहरुमा आधारभूत समयमा पूर्वाधारमा राज्यले लगानी गर्छ, त्यसपछि अत्याधुनिक भएपछि मात्र निजी क्षेत्रले लगानी गर्न सक्छ,’ उनले भने।

कार्यक्रममा एसियाली विकास बैंक (एडीबी)का महानिर्देशक वूचोङ उमले विश्वब्यापी तापमान बृद्धि र जलवायु परिवर्तनका प्रभावलाई मध्यनजर गरेर रेसिलियन्ट पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले संयुक्त राष्ट्रसंघले अघि सारेको दीगो विकास लक्ष्य र नेपालले समृद्धि लक्ष्यलाई जोड्न समुदायमा आधारित पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए।

सरकार र नेपाल उद्योग परिसंघसहित विभिन्न संघसंस्थाको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको औपचरिक उद्घाटन भने बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। 

 


Ruslan

runner bike

furniture expo

राजनीति

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

अन्तर्राष्ट्रिय

​हङकङ आन्दोलन : प्रदर्शनकारीले पेट्रोल बम हान्ने, प्रहरीले अश्रुग्यास चलाउने

३० भदौ, काठमाडौं । हङकङमा आइतवार राति प्रहरी र प्रदर्शनकारीबीच पुनः झडप भएको छ। करिब चारमहिनादेखि हङकङमा सुपुर्दगी विधेयकको विरुद्ध प्रदर्शन हुँदै आएको छ। सरकारले विरोध चर्किँदै गएपछि विधेयक फिर्ता लिएपनि प्रदर्शनकारीहरुले भने सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top