यस्तो छ डा.बाबुराम भट्टराईको दिमाग हल्लाइदिने उनकै नेताको एक पत्र


Tuesday, 10 Jan, 2017 12:54 PM


२६,पुस,काठमडौं ।  
नयाँ शक्तिका एक  नेताले विभिन्न विषय उठाउँदै पार्टी संयोजक डा.बाबुराम भट्टराईको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले पार्टी संयोजक बाबुरामका नाममा ध्यानाकर्षण पत्र लेखेर गल्ती भए माफ पाउँ, माफीले नपुगे कारवाही पाउँ भनेका छन् ।
पत्रको पूर्ण पाठ

श्री डा. बाबुराम भट्टराईजी
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल 
विषयः ध्यानाकर्षण गराएको बारे ।
महोदय,

तपाई तत्कालीन एमाओवादी पार्टी छोडेर नयाँ शक्ति निर्माण अभियानमा लागेकेै दिनबाट म पनि यो अभियानमा सामेल भएको हुँ । मैले बुझेसम्म माक्र्सको द्वन्दात्मक ऐतिहासिक भौतिकवाद मान्ने , पाँच “स”लाई नयाँ शक्तिको सैद्धान्तिक प्रस्थान विन्दु मान्ने, प्रत्यक्ष लोकतन्त्रको मान्यता अनुरुप पार्टी सञ्चालन गर्ने, प्रत्यक्ष कार्यकारी राष्ट प्रमुख वा सरकार प्रमुखको व्यवस्था ल्याउन राजनीतिक अभियान सञ्चालन गर्ने नयाँ शक्तिका हालसम्मका सर्बस्वीकृत अवधारणा हुन् । तर त्योभन्दा फरक तपाईले हालसालै व्यक्त गर्नु भएका केही विचारमा सङ्गति नदेखिएकोले सार्वजनिक रुपमा ध्यानाकर्षण गर्ने दुस्साहस गरेको छु । आशा एवम् विश्वास छ, तपाई मसंग रिसाउनु हुने छैन किनभने तपाई जस्तो विद्वान राजनेताले सकारत्मक ढङ्गले गरिएका आलोचना कहिलेकहीं अमृत सरह हुनसक्छन् र स्वार्थप्रेरित प्रशंसा विषजस्ता हुन्छन् भन्ने पूर्वीय साहित्यको एक भाव पढ्नु भएकै हुनुपर्छ ।

१) तपाईंलाई थाहा छ —माओवादी आन्दोलनले उठाएको संघीयताको अवधारणामा केही खोट छ । प्रदेशको नामाकरण र सीमाङ्कन जातीय पहिचानको आधारमा गरेर नेपालको समस्या तपाईंले भने जसरी समाधान हुन्छ जस्तो मलाई लाग्दैन । यो विषय जनताले मन नपराएरै पछिल्लो संविधानसभा निर्वाचनमा माओवादीलाई मत दिएनन् । यो तथ्य बुझ्दा बुझदै महादेवले सतिदेवीको लास बोकेजस्तो गरी तपाई किन यही अजेण्डाको पक्षपोषण गर्दै हुनुहुन्छ ?

२) बेला बेला तपाई खस आर्य समुदायलाई चिढ्याउने अभिव्यक्ति दिनुहुन्छ । सबै दोष उनीहरुको टाउकोमा हाल्नुहुन्छ । जनजाति, मधेशी, थारुका हक अधिकारको कुरा ईतिहास र बर्तमानमा समेत देश निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको खस आर्य समुदायलाई नचिढ्याई गर्न सकिदैन ? तपाईजस्तो नेताले यस्तो गल्ति नदोहोर्यादा देशको हित होला ।

३) अक्तियारमा लोकमानको नियुक्ति गराउन तपाईले खेलेको भूमिका एउटा एतिहासिक भूल थियो । उनलाई महाअभियोग लगाए पछि“व्यक्ति हटाएर केही हुदैन, प्रणाली फेर्नु पर्छ” भन्ने तपाईको ट्वीट जनताले पटक्कै मन पराएनन् । यो विषयमा सार्वजनिक आत्माआलोचना गर्दा तपाईंको उचाई बढ्छ । पार्टीको पोजिसल राम्रो हुन्छ ।

४) तपाई टोपी दिवसजस्तो अति सामान्य विषयमा अनावश्यक टिप्पणी गर्नुहुन्छ । नेपाली जनताले लगाउने परम्परागत असंख्य परिधानको यसै गरी टिप्पणी गरेर साध्य होला ? कतिपय यस्ता विषयमा तपाईंको मौनता अपेक्षित छ ।

यो ध्यानाकर्षण गरेकोमा गल्ती भए माफ पाउँ, माफीले नपुगे कारवाही पाउँ ।
उही तपाईको, 
निर्मल भट्टराई
सदस्य
केन्द्रीय परिषद
नयाँ शक्ति पार्टी, नेपाल
 



Nmc

bijuli

paicho

bussewa

राजनीति

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री तथा विज्ञसँग भेट, चिन भ्रमणको बारेमा छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको भ्रमण थाल्नुअघि पूर्व प्रधानमन्त्री तथा विज्ञसँग छलफल गरेका छन । प्रधानमन्त्री दाहालले सरकारी

चुनावबारे निर्णय लिन वैद्य माओवादीद्धारा केन्द्रीय समितिको बैठक आव्हान

१०,चैत,काठमाडौं ।  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावसम्बन्धी निर्णय लिनका लागि केन्द्रीय समितिको विस्तारित बैठक आव्हान गरेको छ । बुधबार पार्टी कार्यालय बुद्धनगरमा बसेको

​डडेल्धुुराको निर्वाचन कार्यालयमा चुनावको तिव्र तयारी

१० चैत, डडेल्धुरा । वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ । डडेल्धुरा निर्वाचन कार्यालयले मतदाता नामावली अध्यावधिक गर्ने, दल दर्तासहित मतदानस्थल निर्धारण कार्य 

प्रवास/अन्तर्राष्ट्रिय

​लण्डन हमलामा संलग्न रहेको आशंकामा ८ जना पक्राउ

१० चैत । लण्डन हमलाको अनुसन्धानका क्रममा वरिष्ठ प्रतिआतंकवादी अधिकारीहरुले ६ घरमा छापा मारी आठ जनालाई पक्रन सफल भएको छन् । पक्राउ पर्नेहरू लण्डनमा गरिएको आतंकवादी हमलामा संलग्न भएको अनुमान गरी अनुसन्धान भइरहेको छ ।

बेलायती प्रधानमन्त्री टेरेसा मेद्वारा लन्डन आक्रमणको कडा शव्दमा निन्दा

१० चैत्र, लन्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले गतः बुधबार राति राजधानी लन्डनको संसद् भवनबाहिर एक जना आतङ्ककारीले सर्वसाधारण उपर जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणको घोर निन्दा गरेका छन । उक्त आक्रमण, लन्डनको इतिहासमा सन् २००५ 

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र आत्मघाती बम

१०,चैत,बग्दाद । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट आइएस विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्य सार्वजनिक भएको छ । हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई 

बिचार

ओली र नेपालले यसरी गराएका थिए राष्ट्रघाती महाकाली सन्धि : एमालेकै नेताको बयान

केपीले असहमति जनाएका हुन्थे भने माधवले मात्र राष्ट्रघाती कदम अनुमोदनको हिम्मत गर्ने थिएनन् । पछि झलनाथ खनाललगायत अन्य नेताहरुलाई पनि माधव–केपीहरुले मनाए । मनमोहन अधिकारी अन्तिम समयसम्मै सम्झौताको विरोधमा थिए । पार्टीभित्र विवाद चुलिएपछि एमाले केन्द्रीय कमिटी बैठकमा पक्षरविपक्षमा भोटिङ गर्नुपर्ने अवस्था आयो । २०५२ साल माघ पहिलो हप्ता महाकाली सन्धिबारे एमालेमा अग्निपरीक्षा भयो । 

​स्मरण रहोस क्याम्पस युद्ध अभ्यास गर्ने अखडा होइन

एलिजा उप्रेती
विचार/टिप्पणी ।
 स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिदै गर्दा विभिन्न क्याम्पसहरुमा झडप, आगलागी जस्ता घटना हुनु समान्य जस्तै भइसकेको छ । एकअ हिसवाले क्याम्पसहरुमा आगो लगाउनु र विद्यार्थी संगठनका कार्यकर्ताहरुले एकआपसमा भिडन्त गर्नु 

​अडिग र निडर सद्दाम हुसेनः छोरीहरुको कुरा गर्दा उनको आँखा आँशुमा भिज्यो र उनको स्वर काँप्यो

काठमाडौं । इराकी शासक सद्दाम हुसेन मारिएकै दश वर्ष पुगिसक्यो। अझै पनि उनको बारेमा धेरै तत्थ्यहरु बहिर आइरहेका छन, यसै बारेमा डेली मेलले एउटा इन्टरभियु सार्वजनिक गरेका थियो । उनलाई सन् २००६ को डिसेम्बर ३० का दिन मृत्युदण्ड दिइएको थियो। सद्दाम हुसेनको जन्म 

Top