ghaderi
esewa

बच्चालाई जन्डिस हुँदा के गर्ने ? के नगर्ने ?


Monday, 18 Feb, 2019 9:11 AM
६ फागुन, काठमाडौं । जन्डिस आफैंमा रोग होइन । जन्डिस विभिन्न रोगका लक्षणहरुले गर्दा हुनेगर्छ । जन्डिसका लक्षण देखिना साथ के कारणले जन्डिस भएको हो, चिकित्सकको परामर्श लिनुपर्छ । जन्डिस सामान्यतः दुई प्रकारले हुने गर्छ– जन्मजात र कुनै रोगको संक्रमणले गर्दा ।

नवजात शिशुमा देखिने जन्डिस 

भर्खर जन्मिएको बच्चमा २४ घन्टाभित्र देखिने जन्डिसलाई सामान्य जन्डिस भनिन्छ । सामान्य जन्डिस भएका धेरैजसो बच्चालाई बिहानको घाममा राखेपछि निको हुन्छ । जन्डिस धेरै मात्रामा देखियो भने फोटोथेरापी मेसिनमा राखेर घटाउन सकिन्छ । यसलाई फिजियोलोलिकल जन्डिस पनि भन्ने गरिन्छ ।

यो जन्डिस आबिसी टुक्रिएर हुनेगर्छ । जन्डिसको मात्रा बढी भएर बच्चालाई ज्वरो आयो, दुध खाएन भने रगत जाँच गरेर इन्फेक्सन छ कि छैन, हेर्नुपर्छ । न्युनेटल इन्फेक्सन भयो भने पनि जन्डिस देखिन्छ । यस्तो जन्डिसमा ज्वरो आउने, दुध नचुस्ने, बान्ता आउने जस्ता लक्षण देखा पर्छन् ।
जन्डिस जब ३ हप्ता समयसम्म रहन्छ, त्यो बेलामा डर मान्नुपर्छ । नवजात शिशुको जन्डिस निको नभएमा तुरुन्त बाल चिकित्सकसँग सल्लाह लिनुपर्छ । बिलिटी अटेजियाले गर्दा पनि जन्डिस देखिन्छ । यसमा बच्चाको जन्मजात नै पित्तथैलीको नली राम्रोसँग विकास नहुने हुन्छ । जन्मिएको एक÷दुई दिनसम्म जन्डिस रहन्छ र २१ दिन नाघेपछि पनि रहिरह्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । यस्तो अवस्थामा बच्चा स्वस्थ देखिन्छ तर बच्चाको दिसाको रङ सेतो हुन्छ । यदि कुनै लक्षण देखा नपरी बच्चाको दिसा सेतो भएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिएर रगतको जाँच गर्ने, अल्ट्रासाउन्ड गर्ने र कुनै बेलामा कलेजोको बायप्सी गरेर ६० देखि ९० दिनभित्र शल्यक्रिया गर्नुपर्छ ।

९० दिनभित्र शल्यक्रिया गरिएन भने कलेजो फेर्नुपर्ने अवस्था आउँछ । यस्तो खालको बच्चाको समयमा उपचार भएको हुँदैन । धेरैजसो बच्चा अस्पताल पु¥याउँदा ३÷४ महिना बितिसकेको हुन्छ । बच्चा उपचार गर्न छुट्नुमा घरपरिवारले जन्डिस आफैं निको हुन्छ भनेर डाक्टरकोमा नजाने, खोप केन्द्रले नर्मल जन्डिस भनिदिने जस्ता कारण रहेका हुन्छन् । जन्डिस भएको ३ हप्ता भइसकेको छ भने कलेजोसम्बन्धी डाक्टरलाई देखाउनुपर्छ ।   

नवजात शिशुमा एन्जाइमसको कमीले गर्दा पनि जन्डिस देखिन सक्छ । यस्तो खालको जन्डिस लामो समयसम्म रहिरहन्छ  र नर्मल जन्डिसभन्दा फरक खालको हुन्छ । रगत जाँच र भिडियो एक्सरे गरेपछि कुन खालको जन्डिस हो भन्ने पत्ता लाग्छ । एन्जाइमको कमीले गर्दा हुने भनेको जिसिपिडी डेफिसेन्सी हो, यो छोरा शिशुहरुमा बढी देखिन्छ । यो नवजात शिशुदेखि ३÷४ वर्षको उमेरका बच्चामा देखिन्छ । नवजात शिशुमा थाइरोइड हर्मोनको कमी भयो भने जन्डिस देखापर्छ । 

संक्रमणले गर्दा हुने जन्डिस 

खाना खाने उमेर समूहका बच्चामा हुने जन्डिस हेपाटाइटिस ‘ए’ र ‘ई’ संक्रमणको कारणले हुने गर्दछ । हेपाटाइटिस ‘ए’ र ‘ई’ भनेको एक किसिमको भाइरस हो । यो बाहिरको संक्रमित खाना र पानीको माध्यमबाट सर्छ । यस्तो जन्डिसमा सुरुमा आँखा पहेलो नभए पनि वाकवाक लाग्ने, ज्वरो आउने, पेट दुख्ने समस्या हुनसक्छ र विस्तारै जन्डिस देखापर्छ । यस्तो अवस्थामा चिकित्सको परामर्श लिइयो भने कुनचाहिँ खालको किटाणुले गर्दा भएकोे थाहा पाउन सकिन्छ । 

एक वर्ष नाघेका बच्चालाई हेपाटाइटिस ‘ए’ विरुद्धको खोप पनि लगाउँदा हेपाटाइटिस ‘ए’ को कारणले हुने जन्डिसबाट बच्न सकिन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’ जन्डिस कलेजो सुन्निएपछि देखिने गर्छ । खाना बार्दा यस्तो अवस्थाको जन्डिस बढ्दै जानसक्छ । 
हेपाटाइटिस‘ ‘ए’ र ‘ई’ को संक्रमणको कारणले हुने जन्डिसमा खानाको रुची कम हुन्छ । यो अवस्थामा फिक्का खाना दियो भने झन् खानाको रुची घट्दै जान्छ । जन्डिस निको हुन पनि समय लाग्न सक्छ । त्यसैले यस्तो जन्डिसमा बच्चाले खानासक्ने सामान्य खालको खाना दिनुपर्छ । 

एक÷दुई वर्षमा दुई÷तीन पटक जन्डिस भयो भने युलसन डिजिजको कारणले हुनसक्छ । युलसन डिजिज भयो भने कहिलेकाहिँ पटकपटक जन्डिस हुनेगर्छ । कलेजो सुन्निँदै गयो भने युलसन डिजिजमा कलेजो फेर्नुपर्ने हुनसक्छ । 

हेपाटाइटिस ‘बी’ सर्नाले पनि जन्डिस देखिनसक्छ । अहिले हेपाटाइटिस विरुद्धको खोप आइसकेकाले पहिलाको जस्तोे सर्ने सम्भावना कम हुन्छ । आमालाई हेपाटाइटिस ‘बी’ भएको छ भने बच्चालाई जन्मिएको ७२ घन्टाभित्र हेपाटाइटिस ‘बि’ र इमिनोगोलोबिन खोप लगाउनुपर्छ। त्यसो गर्दा बच्चामा सर्न पाउँदैन । 

हेपाटाइटिस ‘सी’ ले गर्दा पनि जन्डिस हुने सम्भावना बढी हुन्छ । यस्तो समस्या रगतसँग सम्बन्धित समस्या हुने बच्चामा धेरै देखिने गर्छ । जस्तैः सिकलसेल थाइलेसिमिया भएका बच्चालाई रगत दिनुपर्ने भएकाले कहिलेकाहीं हेपाटाइटिस ‘सी’ सर्ने सम्भावना हुन्छ । 
ग्रिलबर्ट सिन्ड्रोमको कारणले मात्र जन्डिसको मात्रा देखिन्छ। यो सिन्ड्रोम १२÷१३ वर्षको उमेरदेखि देखापर्छ। बच्चालाई ज्वरो आएमा, तनाव लिएमा, शरीरमा पानी कम भएको अवस्थामा यो समस्या बढी देखिन्छ । यसले कलेजोलाई भने केही असर गर्दैन ।  

उपचार
 
जबसम्म शरीरमा रोग रहिरहन्छ तबसम्म निको हुँदैन जन्डिस। कुनै जन्डिस आफैं निको हुन्छ । सानो बच्चाको जन्डिस बिहानको घाममा राखेर र फोटोथेरापीमा सेकाएर निको हुन्छ । के कारणले गर्दा जन्डिस भएको हो, कारण पत्ता लगाएर उपचार गरियो भने रोग निको भएपछि जन्डिस पनि आफैँ घट्दै जान्छ ।

जन्डिस हुँदा खाना बार्नु पर्दैन 

हाम्रो समाजमा जन्डिस भयो भने बेसार, नुन खानु हुँदैन । उखुको जुस मात्र पिउनु पर्छ । उमालेको खाना खानुपर्छ भन्ने मान्यता छ । जन्डिस हुँदैमा खाना बार्नु पर्दैन । चिल्लो, पिरो, अमिलो खानु हुँदैन तर घरमा पकाएको सामान्य खाना खान हुन्छ । जन्डिस भएकोे बेलामा कलेजो कमजोर भएको हुन्छ, त्यो बेलामा खानाको मात्र कम गर्नासाथ रोग झन् फैलने सम्भावना बढ्छ । 

जन्डिस भएको बेलामा यसै पनि बच्चाहरुमा खानाको रुची हुँदैन, त्यसमाथि फिक्का खाना दिँदा झन् खानाको रुची घट्छ । त्यसले गर्दा जन्डिस घट्न पनि समय लाग्छ । बच्चाले पचाउन सक्छ भने अन्डा, माछा, मासु दिँदा पनि फरक पर्दैन । बच्चालाई जन्डिस भयो भने आमाले खाना बानुपर्छ र बच्चालाई दुध दिनु हुँदैन भन्ने मान्यता छ । त्यसो गर्नु हुँदैन । बच्चालाई आमाको दुध पनि खुवाउनु पर्छ, आमाले पनि खाना बानु पर्दैन । जन्डिस भएर बच्चाको पेट दुख्यो, खाना अरुची भयो भने चाहिँ अस्पताल भर्ना गरेर राख्नुपर्छ । 


Ruslan

ktm stell

ime

citizens bank

राजनीति

राज्य चूप लागेर बस्न मिल्दैन : माधव कुमार नेपाल

११ चैत, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् । चितवनमा आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।’ नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज चितवन आइपुगेका हुन् । डा सिके राउतको समूहलाई

सुरक्षा समितिको बैठकबाट सेना परिचालन हुने: मन्त्री पोखरेल

११ चैत, विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे । उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा 

महाधिवेशनले जे भनेको छ, त्यही हो पार्टीको धारणा : प्रकाशमान सिंह

११ चैत, भद्रपुर । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षताको विषयमा महाधिवेशनले पारित गरेको दृष्टिकोण नै पार्टीको आधिकारिक ‘लाइन’ भएको बताएका छन् । झापाको विर्तामोडमा नेपाल प्रेस युनियनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीका विभिन्न नेताले महाधिवेशनको लाइन विपरीत बोलेका विचार निजी हुने स्पष्ट पारे । ‘नेपाली काङ्ग्रेस लोकतान्त्रिक पार्टी भएकाले आफ्नो अलग्गै धारणा राख्न पाउने नेताको पनि अधिकार हो’, उनले भने, ‘तर पार्टीको आधिकारिक धारणा के हो भनेर प्रश्न 

अन्तर्राष्ट्रिय

नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुने

११ चैत, वासिङटन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहुदीहरूको सार्वभौमितालाई अमेरिकी राष्ट्रपति ट्रम्पले औपचारिक रुपमा स्वीकार गर्ने अनुमान गरिएको छ । सिरियाले १९६७ मा छ दिनको युद्ध गरी आफ्नो कब्जामा लिएको गोलान हाइट्स लामो समयदेखि नै अन्तर्राष्ट्रिय चासोको विषय बनेको थियो । अमेरिकाले इजरायलको सार्वभौमिता स्वीकार गर्ने अनुमान गरिएको छ । आगामी अप्रिल ९ मा इजरायलमा

​पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते

११ चैत, जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा रहेको एक स्वास्थ्य शिवीरनजिकै सोमबार एक विस्फोट भएको छ । यसमा परी कम्तीमा आठ सर्वसाधारण घाइते भएका एक स्थानीय अधिकारीले जानकारी दिएका छन् । घाइते मध्ये तीन बालबालिका र तीन महिलालाई प्रान्तीय अस्पतालमा सारिएको प्रहरी र उद्धारकर्ताहरुको टोली जानकारी दिएको प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोग्यानीले जानकारी दिएका छन् । यस विस्फोटमा परी कैयौ पसल र कार्यालयहरु समेत ध्वस्त भएको बताइएको

नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

११ चैत, ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार तीन सय भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए । भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top