अलमलिएको नेविसंघ र कमजोर बन्दै विद्यार्थी नेता


Tuesday, 19 Apr, 2016 9:51 PM
–बद्री भट्टराई
देशको भविष्यको आधारका रुपमा युवा नेतृत्व तथा विद्यार्थी राजनीतिमा सक्रिय विद्यार्थी नेताहरुलाई पहिलो दर्जामा राख्ने गरिन्छ । दक्षिण एसिया र विशेषत् नेपाली राजनीतिमा यी दृष्टान्तहरुले मजबुत आधारहरु पाइरहेका छन । काँग्रेस र कम्युनिष्ट आन्दोलनबाट स्थापित बनेका नेताहरु नै यस समय देशको विशिष्ट पदमा आसिन रहेका छन ।

इतिहासका पानमा कम्युनिष्ट आन्दोलनको बलियो जग भनेको नै  विद्यार्थी र शिक्षकहरु रहन्थे । सबैभन्दा पुरानो इतिहास बोकेको पार्टी नेपाली काँग्रेस र उसको भातृ संगठन नेपाल विद्यार्थी संघ काँग्रेसको सबैभन्दा प्रभावशाली संगठन हो । नेपाली काँग्रेसको १३ औ अधिवेसनले यस कुरालाई पृष्टि गरिसकेको छ । काँग्रेसको तर्फबाट बारम्बार सरकारमा सहभागी हुने देखी जनताका माझमा संगठन विस्ताकार निमित्त जुट्ने अधिकांश नेताहरु नेविसंघको  राजनीतिबाट नेपाली राजनीतिमा प्रवेश गरेका पात्रहरु रहेका छन । काँग्रेस नवनिर्वाचित सभापति शेरबहादुर देउवा नेविसंघको दोस्रो अध्यक्ष हुन । २०२७ बैसाख ६ गते स्थापना भएको नेविसंघको संस्थापक अध्यक्ष सिन्धुलीका विपिन कोइराला हुन ।

२०२८ भदौ २९ देखी २०३६ साल सम्मको विषम् परिस्थितीमा नेविसंघको राजनीति गरेको शेरबहादुर देउवा तत्कालिन नेपालका बलिया विद्यार्थी नेता रहेका थिय । वर्तमानले उनको त्यो क्षमतालाई स्थापित समेत गरेको छ । उनि पछिका नेताहरुका रुपमा अध्यक्ष बनेका विमलेन्द« निधि, ज्ञानेन्द« बहादुर कार्की, बलबहादुर के.सी, बालकृष्ण खाँड, एन.पि.सावद, धनराज गुरुङ्ग, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किसोरसिंह राठोर, गुरुराज घिमिरे,केशव सिंह, महेन्द« कुमार शर्मा, प्रदिप पौडेल, कल्याण गुरुङ्ग, सहित रञ्जित कर्ण सम्म आइपुग्दा नेविसंघले १७ जना अध्यक्ष पाइसकेको छ । पुस्ता परिर्वतन संगै नेपाल विद्यार्थी संघको राजनीतिक यात्रा पनि कमजोर हुदै गएको सत्यता हामी संग रहेको छ । २०३६ देखी २०४६ सम्म २०४९ देखी २०६२÷६३ सम्म आइपुग्दा नेपाली राजनीतिमा विशेषत् काँग्रेस र नेविसंघको राजनीतिमा संस्थागत निर्णय र वैचारिक बहस भन्दा व्यक्तिगत विचार र गुट हावी भएको समेत स्पष्ट रहेको छ । राणा शासन विरुद्ध लडेको , पञ्चायत संग लडेको, राजा शासन र माओवादीको जर्जर लडाकु संग समेत लडेको नेपाल विद्यार्थी संघ अनयासै नेपाली राजनीतिको कमजोर संगठन बन्न पुगिरहेको छ ।

एकातर्फ काँग्रेस नेतृत्वमा नेविसंघको पहिचान बोकेका नेताहरु रहनु र अर्को तर्फ नेविसंघ संस्था कमजोर हुदै जानुले  नेविसंघ कतै अल्मलिएको झै भएको छ । विद्यार्थी राजनीतिमा लागेको जुझारु नेताहरु क्रमशः उमेर र  विचारका आधारमा समेत स्खलित हुदै गइरहेका छन ।

विपि, सुवर्ण शम्सेर गणेशमान सिंह, अनि किसुनजीका तस्बिरहरु क्याम्पसका कार्यक्रमहरु प्रयोग गरेर नेतृत्वलाई अधिवेसनको माग गर्दा गर्दै बर्षो सम्म आफ्ना गुनासाहरु विद्यार्थीहरुलाई सुनाउन बाध्य छन वर्तमान नेविसंघको पुस्ता । प्रतिस्पर्धी विद्यार्थी संगठनका तेस्रो तहका  नेताहरु नेतृत्वमा पुगीसक्दा पनि नेविसंघको वर्तमान पुस्ता पार्टी नेतृत्व समक्ष निरिहताका साथ अधिवेसन , अधिवेसन भन्दै चिच्याइरहेको छ ।

 कलम र मसाल अंकित झण्डाको परिभाषामा क्रान्ती , शान्ती र समृद्धिको नारा घन्काइरहदा , नेविसंघ आन्दोलनमा साहदत प्राप्त गरेका राम , लक्ष्मण, लिला ठगी ,कामेश्वर, कुशेश्वर ,राम थापा, लाल बहादुर बम, इश्वरी शर्मालाई स्मरण गर्ने विद्यार्थीहरुको संख्या कति छ ? नेविसंघको स्थापना दिवस देखी वि.पि.,मंगलादेवी,कृष्णप्रसाद भट्टराई, भिमबहादुर देखी मेलमिलाप दिवस, गणेशमान देखी सुर्वण शम्मेसर सम्मका  नेताहरुको तिथि मितिका कार्यक्रमहरुका बारेमा जानकारी बोध राख्ने नेता तथा कार्यक्रताको संख्या कति छ ?

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी आर्दशको मुलमन्त्रमा समाहित हुन चाहने नविन युगका विद्यार्थीहरु संगको ज्ञान र क्षमता संग बैचारीक बहस गर्ने क्षमतावान नेतृत्वको संख्या कति छ ?

गरिब, असाहय, अशक्त, आन्दोलनका घाइते, पार्टी संगठनमा अनवरत जुटेका कार्यक्रताहरुको सन्नतीको शिक्षालाई व्यवस्थित गरेर नेतृत्व क्षमता प्रदर्शन गर्ने स्वाभलम्बि नेतृत्वकर्ताहरु कति छन ?

गुटउपगुटको व्यवस्थापन गरेर पार्टी नेतृत्व संग आफ्नो लोकतान्त्रीक अधिकारको माग गर्न सक्ने नेतृत्वकर्ताहरु नेविसंघमा कति छन ? तमाम् प्रश्नहरुको खोजिमा नै नेपाल विद्यार्थी संघ अड्किएको छ । यहि अवस्थामा हो नेविसंघको देशको पुरानो विद्यार्थी संगठन यहाँ नै अल्मलिएको छ ।

यो अल्मलले विद्यार्थी नेताहरुलाई मानसीक रुपमा यति कमजोर बनाएको छ कि नेविसंघको अध्यक्ष लड्ने नेतालाई क्याम्पस इकाईका सदस्यले जय नेपाल भन्न समेत अल्छी मानिरहेका छन ।

आफ्नो संगठन आफ्नो विचार, आफ्नो नेतृत्व संग समेत लड्न नसकिरहेको नेविसंघ सरकार संग लड्न सक्छ ? जनताको घरघरमा पुगेरे उनिहरुको आवज बोल्न सक्छ ? विज्ञान र प्रविधिका बारेमा सचेत नयाँ पुस्ताका विद्यार्थीहरु संग पुटिन र सि जिन पिङ्ग, अनि ट्रम र ह्यारीका बारेमा बहस गर्न सक्छ ? आइ.टि, नर्सिङ्ग, इन्जिनियङ्गिर संगै डाक्टर पाइलटका सपना सजाएर हिड्ने विद्यार्थीहरुलाई राजनीतिशास्त्र, समाजशास्त्र र ग्रामिण विकासको विषयमा बहस गराउन सक्छ ?

सयौ प्रश्नहरुका माझमा नेविसंघका अध्यक्ष समेत रहिसकेका नेपालका पुर्वप्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले के आफु जस्तै नेतृत्व क्षमता बोक्न सक्नेहरुको पहिचान गर्न सक्लान ? नेपाल विद्यार्थी संघको आसन्न ११ औं महाधिवेसनको पर्खाइमा बसेका तमाम् युवा विद्यार्थीहरुले यस विषयलाई नियाली रहेका छन । अलमलमा परेको नेविसंघ र कमजोर बन्दै गएका नेता र नेतृत्व क्षमतालाई उर्जाशिल बनाउन सक्ने, देशको विषम् परिस्थितीलाई सहज बनाउन सक्ने, हुने खाने युवा तथा विद्यार्थीहरुको युरोपीयन दुःख, अनि हुँदा खाने युवा तथा विद्यार्थीहरुको मरुमुमियन दुःखलाई नेपालको माटोमा नै पसिना माग्न सक्ने युवा विद्यार्थीको नेतृत्वले स्थान पाओस । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top