नेविसंघको अधिवेसन सम्भावना र चुनौती

३५ वर्ष नाघेकाहरुलाई पदाधिकारी नबनाउ


Tuesday, 3 May, 2016 1:38 PM
–बद्री भट्टराई
नेपाली काँग्रेसको बलियो भातृ संगठनका रुपमा रहेको नेपाल विद्यार्थी संघ वर्तमान समयमा विगतको भन्दा कमजोर नै रहेको छ । आन्तरीक र बाह्रय कारण पार्टी भित्रको गुटउपगुटका कारण काँग्रेस नेताहरुको प्रभाव र दबावले नै नेविसंघलाई कमजोर बनाएको कुरा लुकाउन पर्ने छैन । सस्थापन र प्रजातान्त्री पक्ष अनि त्यसमा पनि नेता नै पिच्छेका साहयका नेताहरुका कारण पनि नेविसंघ कमजोर बन्न पुग्यो ।

सबै कुराका बाबजुत वर्तमान नेविसंघका अध्यक्ष र अहिलेको समितिले आफ्नो कमजोरीलाई नैतिक रुपमा जिम्मा लिनु पर्दछ । त्यस भित्रका पक्षहरु फरक फरक भएपनि संगठनको अवस्था कमजोर हुँदा नेतृत्वले त्यसको अजअपजस लिनै पर्दछ ।  नेपाली काँग्रेसको १३ औं अधिवेशन पश्चात पार्टी भित्रको संस्थापन र प्रजातान्त्रीकको तर्क विर्तकहरु स्वतः कमभएर गएका छन ।

पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाले भातृ संगठनको अधिवेशन गराउन नेतृत्वलाई निर्देशन दिएपछि स्वभाविक रुपमा भातृ संगठनहरु च्लायमान भएका छन । धेरैले वर्तमान सभापतिले तरुणदल, नेविसंघ जस्ता भातृ संगठनको अधिवेशन गर्न नयाँ व्यक्तिहरुलाई टिका लगाउनेछन भन्ने अनुमानलाई गलत सावित गदै अधिवेशन गराउन वर्तमान अध्यक्षहरुलाई जिम्मा दिएपछि भातृ संगठनका नेताहरु अधिवेशन तयारी भन्दै आफ्नो प्रचारमा जुटेका छन । 

काँग्रेसको १३ औं अधिवेसनले व्यवस्थित रुपमा प्रदेशको नेताहरुको चयन गर्न सकेन । संघिय संरचना अनुरुपको संगठनलाई पुर्णत कार्यान्यवनमा ल्याउन सकिरहेको छैन । नेविसंघ र तरुणदलको अधिवेशन मार्फत काँग्रेसले पार्टी संरचनाको स्वरुप हेर्नका लागि भएपनि सोहि अनुरुपको तयारीका साथ भातृ संगठनको अधिवेशन गर्नुपर्दछ । 

नेविसंघको ११ औं अधिवेशनलाई स्वयम् विद्यार्थी नेताहरु र पार्टीले राम्रै भुमिका निर्वाह गनुपर्दछ । २०२७ साल बैसाख ६ गते स्थापना भएको नेपाल विद्यार्थी संघको दोस्रो अध्यक्ष बनेका शेरबहादुर देउवा देखी प्रदिप पौडेल सम्मका अध्यक्षहरु काँग्रेस नेतृत्व तहमा पुगिसकेका छन । अब नेविसंघको अधिवेसन र संरचना के त्यहि पुरानै पद्धति अनुरुप नै गर्ने हो । के बाबु र छोरा उमेरका विच नै प्रतिस्पर्धा गराउने हो ? के नविनतम् युगका विद्यार्थीहरु नेविसंघको केन्द«मा आउन अमुक दरबारको पक्षपोषक नै हुनुपर्ने हो ? वर्तमान विद्यार्थी राजनीति के सामुदायीक क्याम्पसका प्रतिनिधीहरु मात्र  अटाउने हो ? विद्यार्थी कै राजनीति गर्न न्युनतम शिक्षाका विषयमा बहस सञ्चालन नगर्ने नै हो ? कयौं सैदान्तिक र व्यवहारीक पक्षहरुका विषयमा बहस नै नगरी  गरिने नेविसंघको अधिवेशनले नेपाली  राजनीतिमा के परिर्वतन गर्ने हो ?

संधिवानको कार्यान्यवनमा के भुमिका निर्वाह गर्ने हो ? अन्तराष्ट्रिय विद्यार्थी आन्दोलनमा आफ्नो बलियो प्रभाव पार्न के निति अख्तियार गर्ने हो ? शिक्षामा हुने विभेदलाई कसरी समान बनाउने तर्फ लाग्ने हो ? देश भित्र देशमै तयार भएका पुस्तक समेत नपाइ अध्ययन गर्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीहरुलाई  वि.पि. सुवर्ण शम्सेर, गणेशमान, किसुनजी गिरिजाबाबुका बारेमा कसरी बुझाउने हो ? नेविसंघको अधिवेशन के काठमाडौं र केहि विकसित मानिएका शहर बजारमा अध्यक्षका प्रत्याशीहरुको फोटो देखाएर मात्र गरिने हो । 

२०६४ देखी २०७३ सम्म आँउदा विद्यार्थीहरुमा राजनैतिक वितृष्णा बढेको अवस्थमा नेविसंघको अधिवेशन हुनु अवसर चुनौतीको अध्ययन गर्ने सुर्वण  अवसर हो । यस अवसरलाई सदुपयोग गर्नका लागि केहि नेताहरुले ठुलो छाती बनाउनै पर्दछ । राजनीतिलाई यदि लामो रेस मान्ने हो भने वर्तमान नेविसंघको अध्यक्ष र पदाधिकारीहरुमा ३५ वर्ष ननाघेकाहरुलाई अवसर दिनु पर्दछ । निजि तथा सामुदायीक उच्च मा.वि. तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई संगसंगै संगठनमा राख्नुपर्दछ । प्राविधिक विषयहरुमा सोहि अनुरुपको अधिवेशन तयारी गरिनु पर्दछ । प्रदेशका संयोजक तथा सदस्यहरुको निर्वाचन गरिनु पर्दछ ।

केन्द्रिय समिति तथा पदाधिकारी मा न्युनतम शिक्षाको तह उल्लेख गरिनुपर्दछ । नेविसंघ आफैले विद्यार्थीलाई रोजगारका ढोकाहरु खुल्ने क्षेत्रहरुको पहिचान गरी विद्यार्थीहरुलाई आफ्नो पक्षमा ल्याउनु पर्दछ । नेविसंघका जिल्लाहरुलाई पूर्ण अधिकार दिई जिम्मेवारी प्रदान गर्नुपर्दछ । क्याम्पस युनिट र जिल्ला, क्षेत्र तथा प्रदेशका काम कारबाही स्पष्ट रुपमा वर्गीकरण गरेर मात्र नेविसंघको  अधिवेशन गराउनु पर्दछ । यस अवस्थामा मात्र काँग्रेसको भातृ संगठन नेविसंघको गर्विलो इतिहासलाई जोगाउन सकिन्छ । वर्तमानको बलियो संगठन बनाउन सकिन्छ । सुन्दर भविष्य खोज्ने विद्यार्थीहरुलाई संगै लिएर जान सकिन्छ ।

यदि अधिवेशनका लागि मात्र अधिवेशन हुने हो भने विचारको भन्दा बलको दबदवा यस अधिवेशनमा पक्का हुने छ । वैचारीक बहस शुन्य हुने छ । लामो समय अध्यक्ष बन्न लाईन बसेका अग्रज नेताहरु विचको व्यक्तिगत टकरावले संगठनलाई द्धन्द्ध तर्फ लैजाने छ । त्यसको असर सिङ्गो पार्टीले व्यहोर्नु पर्नेछ । तर्सथ नेविसंघको पहिचान सहित काँग्रेसको नेतृत्व तहमा पुगेका नेताहरुले समयअनुकुल नेविसंघको संगठनलाई अघि बढाउन पहल गर्नुपर्नेछ । अवसर र चुनौती भनेको नै त्याग, समर्पण र प्राप्तीको गोरेटो हो । नेविसंघको ११ औं अधिवेशनले संगठनले सबै गुमाउने भन्दा पनि ,केहि पाउने अधिवेशन बन्न सक्नुपर्दछ । 
जय  नेपाल


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

इटलीमा एकैदिन ९१९ र स्पेनमा ७७७ जनाको मृत्यु, हालसम्म दुई देशमा मात्र करिब १५ हजारको गयो ज्यान

१५ चैत, काठमाडौं । पछिल्लो समय कोरोना महामारीको केन्द्रविन्दु बनेको इटालीमा शुक्रबारमात्रै ९१९ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्यु हुने संख्यामा अहिलेसम्मकै उच्च हो । मृतकमध्ये ६ सयजना बढी लोम्बार्डी क्षेत्रका हुन् । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९ हजार १ सय ३४ पुगेको छ । यसैगरी स्पेनमा एकैदिन ७७७ जनाको ज्यान जाँदा कूल मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ । स्पेनमा ७ हजार ९ सय ३३ जना नयाँ संक्रमण पुष्टि भएको छ । 

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top