​दरिद्र बौद्धिकताले प्रधानमन्त्रीलाई खाँदैछ


Tuesday, 19 Jul, 2016 11:10 AM
बद्री भट्टराई 
मुलकको समग्र विकासका लागि राजनैतिक दलहरु विचमा कम्तिमा केहि साझा मुद्धाहरुमा एकमत हुनुपर्ने हो । अल्पविकसित र अविकसित देशहरुको ठुलो समस्या भनेको दलिय अह्मता नै हो । त्यस दलिय अहमतामा छिमेकी तथा प्रभावाशाली राष्ट्रहरुले आफु अनुकुलको दलको  र व्यक्तिलाई प्रयोग गरी उक्त राष्ट्रलाई कमजोर बनाउने प्रयत्न गरिरहेका हुन्छन । 

नेपालको राजनैतिक परिवर्तनका महत्वपूर्ण विषयहरुमा कहिले भारत त कहिले चिन कार्ड किन प्रयोग हुन्छन । किन राजदुतहरुका नाममा ठुलै चलखेल हुन्छ । रातो झण्डा बोकेकाहरु उत्तर तर्फ अनी हरियो झण्डा बोकेकाहरु दक्षिणतर्फ लागेको पाइन्छ । नागरीकहरु अन्यौलमा हुन्छन तर नेताहरु कहिल्यै अन्यौलमा छैनन । दलिय भागबण्डा देखी प्रधानमन्त्री र गृहमन्त्री देखी परराष्ट्रमन्त्री सम्मका लागि उत्तर र दक्षिणधुर्व तर्फ लागेकै देखिन्छ । 

सचेत नागरीकले बुझनुपर्ने विषय के हो भने दलका नेताहरु दलिय झण्डा बोकेर आफुअनुकुल समयमा दक्षिण वा उत्तर गरिरहेका हुन्छन । कहिले ओली त कहिले प्रचण्ड कहिले माधव त कहिले शेरबहादुर ओरहदोहर चलिरहेकै छ । हामीले कहिल्यै नेताहरुलाई नेपालको झण्डा बोक्न भनेकै छैनौ । काँग्रेस हुँदा रुख ठिक एमाले हुँदा सुर्य ठिक माओवादी हुँदा हसिया हथौडा ठिक अनि गाई पनि ठिक हलो पनि ठिक हुन्छन । जब आफ्नो पालो र्घकन्छ तब नेपालको झण्डा बोक्ने बानी परेको छ । प्रधानमन्त्री ओली अहिले सोहि मार्गमा छन ।  उनका सल्लाहकार पनि उनलाई उक्साईरहेका छन । सहमतिय पद्धतिमा चलेको राजनैतिक पद्धतिलाई उनले आफु अनुकुल व्याख्या गरेर आफैलाई सुपरियर बनाउने गलत प्रयास समेत गरिरहेका छन ।

तिन ठुला दलहरु आलोपालो सरकार सञ्चालन गरिरहेका छन । संक्रमणकालिन व्यवस्थाको फाईदा एमालेले पाएको छ । छोटो समयमा आफ्नो पार्टीको तिनजना व्यक्तिहरुले प्रधानमन्त्री चलाईसकेका छन । यो उपलब्धीलाई एमालेले नजरअन्दाज गर्न मिल्ला ?

माओवादीका दुई नेताहरु प्रधानमन्त्री बनिसकेका छन यसलाई माओवादीले नै नजरअन्दाज गर्न मिल्ला ? देशको ठुलो दल जसका एक नेताले एक पटक प्रधानमन्त्री लिएका छन । यो व्यवस्थामा  संक्रमणकालका जटिलमुद्धाहरु देखी संविधान जारी गर्ने समेतको बागडोर सम्हालेको नेपाली काँग्रेसको नेतृत्वलाई राष्ट्रविरोधी भन्ने के.पी ओलीले काँहाको पानी खाएका हुन । उनका राजैतिक सल्लाहकार काँहाबाट तलब भत्ता लिन्छन के विषयका लागि सल्लाकार हुन । बौद्धिकताको कुन स्तरमा रहेका छन । राजनैतिक जोड घटाउका माहिर खेलाडी प्रधानमन्त्री ओलीले काँग्रेसलाई लगाउदै आएको आरोप साँचो होला ?  यो आरोप लगाएर उनि के निधाउन सकेका होलान यस को जवाफ ओलीले नै दिनैपर्छ । 

माओवादी केन्द«का अध्यक्ष प्रचण्डलाई विहान राष्ट्रवादी , बेलुकी राष्ट्रघातीका रुपमा परिचित गराउने अधिकार केपी ओलीलाई कसले दियौ ? उनै प्रचण्डका प्रस्तावमा प्रधानमन्त्री बनेका ओलीलाई के राष्ट्रघातीहरुको नेता भनेर चिन्ने हो ? यस विषयलाई उनका सहयोगी र उनको दलले मान्नसक्छ ।  यसले हामीलाई कस्तो राजनैतिक संस्कारमा पु¥याउछ । आम जनताको दैनिकी असहज छ । नाकबन्दी र भुकम्पले आहत बनाएको छ । नक्कली डाक्टर देखी प्रहरी सम्म इन्जिनियर देखी पत्रकार सम्म मानवअधिकारवादी देखी एनजिओ आइएनजियो सम्म( अपवदा बाहेक) दलको संरक्षणमा मनपरी गरिरहेका छन । कुटनैनिक सम्बन्ध दिनानु दिन कमजोर बन्दैछ । न्यायपालिकामा संगठित र क्रियाशिल सदस्यहरुको विच पाउठेजोरी चलिरहेको छ । यस विषयमा ध्यान नदिने राजनैतिक दलका नेताहरु प्रजातन्त्रवादी हुन ? राष्ट्रवादी हुन ? लोकतन्त्रवादी हुन ? चोरी औंला त उनिहरु तिर तेर्सिन्छ । 

वर्तमान प्रधानमन्त्रीले सुरुवात गरेका केहि विषयहरु निकै जायज छन । उनका सपनाहरु पनि कति जायज छन । ति विषयहरुलाई नयाँ सरकारले स्थान दिनुपर्ने विषयमा पो सडक र सदनको प्रस्तुती जायज हुन्थ्यो होला । प्रधानमन्त्रीका सल्लाहकारहरु त्यहाँ चुके । उनले चरित्र बौद्धिकताको भन्दा पनि दरिद« बौद्धिकताहरुको सल्लाह लिए ।  एक दिन अघि प्रधानमन्त्रीले भनिदिए देशमा एमाले पनि छ । संसदमा एमालेमा पनि छ भनेर देखाइदिनुहोस भोलीपल्ट स्वतन्त्र युवाका नामामा आफ्ना भातृ संगठनका नेताहरुलाई सडकमा ल्याइदिए यो कस्तो नौटङ्गकीको पात्र बन्न पुगे प्रधानमन्त्री ओली । जुन जगमा एमालेको सरकार बन्यो । जुन डिविसले उसका पिलरहरु उठे । आज त्यहि जगमा विदेशी गन्ध आयो भन्नु कति नैतिक विषय हो । 

नेपाली राजनैतिक यात्रमा सदैव काँग्रसलाई गाली गरेर अघि बढ्ने एमालेका सहयात्रीहरुले अब आफ्नो  नितिलाई तत्काल परिवर्तन गर्नु आवश्यक छ । काँग्रेसका केहि कमजोरीहरु छन । पात्रहरु ढुलमुले पनि छन । यो विषयलाई स्विकार काँग्रसले पनि स्विकार गर्नु पर्दछ । ओली जस्ता नेताले इतिहासका पानाहरु पढेका छन । राजनैतिक धरातल बुझेका छन । सबै बुझेर पनि बुझ पचाउने दरिद« बौद्धिकता ओलीको हुदै होइन । शक्ति र सत्तामा मस्त उनका सहयोगीले उनको कदलाई अन्यासै कमजोर बनाइदिएका छन । केपी ओलीले के गरे ? जम्माजम्मी उत्तर नाकबन्दीको समयमा भारतलाई नेपाललाई नहेप्न भने , अरु के गरे ? तै चुप मै चुप । यसको आडमा उनले  i am with kp oli  टिर्सट अंकित गरे विचारा  i am with nepali भन्न सकेनन् । 

माओवादी र काँग्रेस गठबन्धनमा शंका भए । गठबधन्ले देश डुबाउने भए । देश र जनताको पक्षमा सदैव एमाले छ भन्ने सन्देशलाई पुष्टि गर्ने भए एमाले अब बन्ने सरकारमा किन नजाने ? किन सर्वदलिय सरकार नबाउने ? किन मधेसको मुद्धा सम्बोधन नगर्ने ? जब अन्त्यमा दलकै जुङ्गाको लडाई हो भने तिमिलाई कसैको गठबन्धनलाई अराष्ट्रिय भन्ने अधिकार छैन । त्यो अधिकार न हिजो कसैलाई थियो । 

प्रजातन्त्र र  लोकतन्त्रको पगरी भिरेर देश र जनताको लागि कार्य गर्छु भन्नेहरु संविधानको धर्म समातेर धार्मिक बन्छु भन्ने कमल थापा र चित्र बहादुर के.सी हरुका २ वर्ष सम्म जनताको आशुँ पुच्छन नसक्ने गठबन्धन सरकार राष्ट्रवादी भयो । संविधानलाई टेकेर पद लिने संविधान कुल्चियर नेता बन्नेहरुले आफ्नो सत्ता जानलागेपछि रुवाबासी गर्नुपनि स्वाभिक नै हो । यो किमार्थ राम्रो विषय हैन । लोकतन्त्रको सबैभन्दा बलियो पक्ष भनेको अनुशासन हो । नैतिकता हो । लोकतन्त्रमा जब यी दुबै विषयहरु गौण हुन्छन तब यहाँ तर्क विर्तक गर्नेहरुलाई भन्दा हेर्नेहरुलाई लाज भनेझै हुन्छ । 

अतः समृद्ध नेपाल निर्माण संविधान कार्यान्यवन , स्थानिय निकाएको निर्वाचन , प्रभावित नागरीकहरुका जनसरोकारका समस्याहरुलाई समाधान गर्न राजनैतिक सहमति र एकता अत्यावश्यक रहन्छ । न कि एमाले माओवादी न कि काँग्रेस माओवादी । सम्भव छ यदि भने नैतिक धरतालका आधारमा सर्वदलिय सरकार गठन ।  सम्भव छैन भने गुण दोषका आधारमा बहुमतीय सरकार गठन गर्नुनै पर्दछ । यसै विषयलाई देशको एक जिम्मेवार दलका नेता र प्रधानमन्त्रीले ज्याद«ो बनिरहनु  दरिद« बौद्धिकता हो । कमजोर मानसिकता हो । म प्रधानमन्त्रीको गुण र दोषलाई सम्मान गर्नै नागरिक भएकाले उनको स्तर कमजोर भएको नेपालको प्रधानमन्त्रीको गरिमा नझुकाउन आग्रह समेत गर्दछु । 


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top