आर्थिक रुपमा फड्को मारिरहेको बाग्लुङको एउटा गाउँ, जुन मुलुक विकासमा दृष्टान्त बन्न सक्छ


Wednesday, 6 Apr, 2016 10:39 AM
प्रकाश श्रेष्ठ
वरीपरी सुन्दर पहाडले ढाकेको धवलागिरीको काखमा रहेको मिनि उपत्यकाको रुपमा चिनिने सानो गाउँ नारायणस्थान हो । यो बाग्लुङ जिल्लाको बलेवा नगर विकास समितीमा आवद्ध तीन वटा गाविस मध्ये क्षेत्रफल र जनसंख्याको हिसावले पनि सानो रमणीय स्थानले भरिपुर्ण गाविस हो ।  यस गाउँमा खासगरी बाहुन , क्षेत्री समुदायको बाहुल्यता रहेको छ । साथै नेवार, दलित समुदायको पनि उपस्थिती रहेको छ तर गुरुङ, मगर समुदाय भने छैनन् । सबै समुदाय बिच आपसी भाईचारा र सद्भाव भने उच्च रुपमा रहेको छ । विगतलाई संम्झने हो भने यो गाउँमा पनि विविध किसिमका कठिनाईहरु र समस्याहरु भने भएको पाईन्छ ।   विगतमा गाउँमा सिंचाई सुविधाको अभावमा प्रशस्त जमिन भएर पनि बर्षमा एकपटक कोदो र मकै लगाउन मिल्ने बारीमा जीवन गुजारा गर्नु पर्ने बाध्यता यस गाउँका किसानहरुको रहेको थियो । बाली लगाउन र भित्राउनकै लागी त्यस्तै भारत लगायत केही खाडी मुलुक जानको लागी महंगो व्याजदरमा
साहु–महाजनबाट ऋण लिनु पर्ने बाध्यता समेत रहेको थियो । हुनत, त्यती बेला अधिकांश क्षेत्री समुदायका युवाहरु भारतिय सेनामा कार्यरत रहेका पनि थिए तर पनि अन्य समुदायका व्यक्तीहरु भने भारतकै दिल्ली, मन्द्रास , मुम्बई , बनारस लगायतका स्थानहरुमा काम गर्न जाने गरेको पनि थिए । अधिकांश बाहुन समुदाय, नेवार समुदाय र दलित समुदाय भने फाटफुट रुपमा नेपालमै सरकारी जागीर र शिक्षण पेशामा बाहेक खेती किसानीमै आश्रित रहेका थिए । त्यतीबेला करिब ३ घण्टा पैदल यात्रा गरेर सरकारी कामकाज र किनमेलको लागी बाग्लुङ बजार जानु पर्ने हुन्थ्यो । बाग्लुङ बजार बाहेक कालीगण्डकी पारि रहेको पर्वतको कुस्मा बजारमा समेत किनमेलको लागी जाने गरिन्थ्यो तर हेर्दा र देख्दा छोटो दुरीमा रहेको कुस्मा बजार पुग्नको लागी लामो ओरालो, आर्लेर फेँदीमा रहेको झोलुंगे पुल तरेर फेरी लामो उकालो उक्लेर मात्र त्यहाँ पुग्न सकिन्थ्यो । कतिपय व्यक्तीहरु स्याङ्जाको नौडाडा र सेतीदोभान बजारमा पुगेर समेत सामानहरु नुन, तेल, मसला, लत्ताकपडाहरु आदी किनमेल गर्ने गरेका हुन्थे । त्यतीवेला नारायणस्थानमै रहेको बलेवा एयरपोर्ट  संचालन भएकोले अधिकांश भारतिय सेनामा कार्यरत लाहुरे र अन्य लाहुरेहरु भैरहवाबाट हवाईजहाजमा सिधै गाउँमा आउने गर्थे । त्यस्तै काठमाण्डौ र पोखरामा समेत हवाईजहाज संचालन हुने भएकोले खासगरी धवलागिरी अंचलका मुस्ताङ बाहेकका तिन जिल्लाहरु पर्वत, म्याग्दी , बाग्लुङका व्यक्तीहरु भने हवाईजहाज प्रयोग गरि राजधानी काठमाण्डौ , पोखरा र भैरहवा जाने–आउने गर्दथे । हवाईजहाज चल्ने कारणले प्रायः एरपोर्ट स्थल वरीपरी चहलपहल नै हुन्थ्यो । केही व्यापार व्यवसाय पनि फस्टाएको देखिन्थ्यो । त्यतीबेला सबै भन्दा ठुलो समस्या खानेपानी , सिंचाई र चर्को व्याजदर  (३६५) ले गर्दा सर्वसाधारणलाई जीवन गुजारा गर्न निकै समस्या थियो । हुनत अझै पनि नारायणस्थानको कैया बाहेक अन्य स्थानमा सिंचाईको व्यवस्था छैन तर पनि अधिकांश वैदेशिक रोजगारीमा रहेकोले त्यतीवेला जस्तो आर्थिक समस्याबाट ग्रस्त परिवारहरु कमै देखिन्छ । पहिलेको समय मान्छेहरुको चहलपहल रहने एयरपोर्ट हाल दुई दशक भन्दा बढि भयो बन्द अवस्थामै छ ।
 अझै पहिलेका समस्या र बुढापाकाहरुको कुरा सुन्दा त अचम्मै लाग्छ । बुटवल , पाल्पा पुग्न स्याङ्जा आँधीखोलाको बाटो हुँदै धेरै दिन हिडेर नुन, तेल, लत्ताकपडा, अरु दैनिक गुजारा चलाउने सामानहरु ल्याउनु पर्ने मिठो खान र नयाँ कपडा लगाउन दशै–तिहार नै कुर्नु पर्ने थियो भन्ने जस्ता कुराहरु सुनिन्छ । गाउँका अन्धविश्वास र कुरितीहरुको त कुरै नगरौ, छुवाछुत र विभेद निकै हुने , साहु, महाजन, जिम्मुवाल(मुखियाहरुको खेतीपातीको काममा जानु पर्ने देखि गाउँका प्रधानपंचहरुको ज्यादतीहरु त आफ्नै ठाउँमा छँदै थिए , अत्याचार र अमानवीय व्यवहार पनि अति नै हुन्थ्यो भन्ने कुराहरु पनि सुनिन्छ ।  सायद त्यतीबेला नेपालका प्रायः ग्रामिण क्षेत्रका ठाउँहरुमा यस्तै प्रकारका समस्या थिए होला ।

अहिले फेरिएको जीवन

विगतमा जेजस्ता तिता मिठा भएपनि अहिले आएर गाउँको रुप रंग र मानिसहरुको सोचाई एवं दृष्टिकोणमा व्यापाक परिवर्तन आएको छ । हिजो साहुको पिढीमा ढुकेर तमसुकमा औठा छाप लगाएर गरगहना र बहुमूल्य चिजहरु बन्धक राखेर बार्षिक ३६५ को दरले ऋण लिनु पर्ने र ६÷६ महिनामा ब्याजको स्याज बनाएर तमसुक नविकरण गर्ने र केही बर्षमै ऋणीको घरबास नै उठीबास गर्ने जुन अवस्था थियो त्यो क्रम आज आएर पुर्णरुपमा बन्द भएको छ । यो सबै भन्दा ठुलो उपलब्धी र परिवर्तन हो ।

एउटा आयोजनाले ल्याएको परिवर्तन
 सबै भन्दा पहिला विसं २०४५ सालमा पहिलो पल्ट यस गाउँमा कृषि विकास बैक अन्तर्गत  साना किसान विकास आयोजना नारायणस्थानू कार्यालयको स्थापना र संचालन भयो । तब गाउँमा किसानहरु समुहमा आवद्ध भएर सामुहिक तवरबाट विभिन्न कृषिजन्य कार्यमा निश्चित प्रयोजनको लागी कम व्याजदरमा ऋण लिने गर्न थाले । साथै थोरैथोरै भएपनि अनिवार्यरुपमा मासिक बचत गर्न थाले । त्यस्तै उक्त आयोजनाकै पहलमा केही प्रतिशत सरकारी अनुदान प्राप्त हुने गरि गोबर ग्याँस प्लाण्टहरु पनि निर्माण गरेर कृषकहरुले खाना पकाउने ग्याँस र २,३ वटा बत्ती समेत बाल्न मिल्ने सुविधाहरु लिन थाले ।  यस किसिमको सहज ऋण सुविधा र आफुले चाहेको कृषि कार्य, व्यापार, व्यवसाय, साना तथा घरेलु उद्योग संचालन गर्न आवस्यक पुँजीको व्यवस्था साथै प्राविधिक सेवाहरु समेत प्राप्त हुँदा कृषक र सर्वसाधारणहरुमा एक किसिमको खुशी छायो तर जो साहु महाजन महंगो ब्याजदरमा ऋण दिएर राम्रो आय आर्जन गर्थे उनीहरुले भने यसरी संस्थाले आर्थिक कारोवार र सेवा पुर्याएकोमा सन्तुष्ट थिएनन् । कतिपयले संस्था प्रति नकारात्मक अफवाह फैलाउने काम समेत गरेका थिए तथापी सर्वसाधारण किसानहरु त्यस्ता हल्लाको पछि लागेनन् ।

  त्यतिवेलाको संस्था संचालनमा र गाउँलेको संस्था प्रति विस्वास दिलाउने काममा तत्कालिन आयोजना प्रमुख कृष्ण मल्लको योगदानलाई आज सम्म पनि गाउँलेहरुले स्मरण गरेको देखिन्छ । हाल उक्त साना किसान विकास आयोजना सहकारीमा रुपान्तरण भएर चलिरहेको छ । अहिले  साना किसान सहकारी संस्थाको नामबाट कारोबार गरिरहेको संस्थाले आफ्नो कार्यक्षेत्र नारायणस्थान बाहेक अरु छिमेकी गाउँहरुमा पनि विस्तार गरेको छ । त्यस्तै दैनिक बचत , खुतुर्के बचत लगायत बचत कार्यक्रमलाई प्रोत्साहन गर्दै लागु गरेको छ । कृषकहरुलाई आवस्यक पर्ने कर्जा सुविधा एवं वैदेशिक रोजगारमा जानेलाई जग्गा–घर जस्ता अचल सम्पती धितो राखेर आवस्यक रकम सहुलियत ब्याजदरमा उपलब्ध पनि गराउँछ । यसको अलावा वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सलाई सहजै गाउँघरमै उपलब्ध गराउनको लागी विभिन्न मनीट्रान्सफर कम्पनीको सेवाहरु पनि उपलव्ध गराउँदछ जसले गर्दा विदेशबाट पठाएको रकम सजिलै घरदैलो सम्म पुग्ने अवस्था भएको छ ।

गाउँ विकासमा सहकारीले खेलेको भूमिका  
 
 अझै विसं २०६४/६५ तिर स्थापना र संचालन भएको बहुउद्देश्यीय सहकारी संस्था  राहत बहुउद्देश्यीय सहकारी संस्था अस्तित्वमा आए पछि झनै विभिन्न क्षेत्रमा ऋण लगानी गर्ने र बचतलाई दैनिक रुपमा संकलन गर्ने काम अझै व्यवस्थित हुन पुग्यो । नारायणस्थानको छिमेकी गाविस पयुँपाटा, अमलाचौरमा समेत घरदैलोमै पुगेर दैनिक रुपमा बचत संकलन गर्ने काम तिव्र बनाईयो । उक्त सहकारीले रेमिटेन्स सम्बन्धी कारोवार पनि गर्ने गर्दछ अर्थात् विदेशबाट आएको रकम भुक्तानी दिने काम नेपालभरि रकम पठाउँने काम पनि यो संस्थाबाट गर्न सकिन्छ । मनिग्राम, आईएमई , प्रभु मनि ट्रान्सफर , वेस्टर्न युनियन मनि ट्रान्सफर लगायत विभिन्न मनीट्रान्सर कम्पनीको एजेन्सी सेवाको काम समेत गर्ने हुँदा खासगरी अमेरिका , युरोप, जापान, साउदी अरब र  विभिन्न मुलुकबाट पठाएको रकम सहजै प्राप्त गर्न सकिने साथै व्यापार , व्यवसाय, पेशाको लागी चाहिने कर्जा र वैदेशिक रोजगारी कर्जा समेत सर्भसुलभ व्याजदरमा किस्तावन्दी भुक्तानीको सुविधा सहित सजिलै आवस्यक रकम कर्जाको रुपमा उपलब्ध हुने भएकोले यस संस्था प्रति जनविस्वास बढेको देखिन्छ ।  राहत सहकारी संस्था खुलेको १,२ बर्ष पछि नै  अर्को सहकारी संस्था अझै व्यवस्थित रुपमा संचालन हुने गरि स्थापना भयो । बलेवा एकता वचत तथा ऋण सहकारी संस्थाूको नाम बाट वि.स. २०६७ मा उक्त संस्था बहुउद्देश्यीय कारोवार गर्ने हिसावले संचालनमा आयो । हाल यस संस्थाले समेत दैनिक वचत संकलन तीन वटै गा.वि.स.मा गर्ने र विभिन्न उद्देश्यमा कृषक र सर्वसाधारण , व्यापारी , व्यवसायी एवं बैदेशिक रोजगारमा जानेहरुलाई समेत आवस्यक कर्जा तोकिएको धितो राखेर दिदै आएको छ ।
त्यस्तै सबै भन्दा बढी , विभिन्न किसिमका रेमिटेन्स कम्पनीको तर्फबाट रेमिटेन्सको कारोवार समेत गर्दै आएको छ । यस संस्थाको सकृयतामा छिट्टै नै नारायणस्थानमा बलेवा क्षेत्रको उत्पादनहरुलाई बजारीकरणको व्यवस्था उपलब्ध गराउन र उपभोक्तालाई समेत कृषिजन्य र पशुजन्य उत्पादनहरु सर्वसुलभरुपमा एकै स्थानमा उपलब्ध गराउन ूहाट बजार संचालन गर्न हाट बजार संचालक समिती समेत बनेर कार्य अगाडी बढेको खबर समेत आएको छ ।  अव हाट बजार संचालनमा आएमा पक्कै पनि किसानहरुले उत्पादन गरेको वस्तुहरुले सहजै बजार पाउने छन् भने उपभोक्ताहरुले पनि घरगाउँमै उत्पादन भएका ताजा कृषि सामाग्रीहरु सुपथ मुल्यमा प्राप्त गर्न सक्ने छन् । यस्तो कार्यले कृषि व्यवसायको पनि विकास र विस्तार हुन मद्दत पुग्ने छ । केही युवाहरुले कृषि र पशुपालन व्यवसाय अपनाएर स्वरोजगारीको रुपमा कार्य संचालन गर्दै आएको पनि पाईन्छ ।  

विकासले विस्तार गरेको कृषि व्यवसाय
उत्पादित वस्तुलाई अहिले सजिलै नजिकैको कुस्मा बजारमा लैजान सकिने भएकोले पनि कृषि व्यवसायमा लाग्नेहरुको संख्या विस्तारै बढ्दै गएको पाईन्छ । उत्पादित बस्तुलाई बजार सम्म लैजानको लागी केही बर्ष अघि देखि संचालनमा आएको केवुलकार प्रविधीमा आधारित यान्त्रिक पुलू कुस्मा देखि बलेवा जुन नारायणस्थान एयरपोर्ट देखि केही दुरीको डिलमा रहेको छ । जसले निकै सजिलो बनाएको छ । त्यस्तै २ बर्ष पहिले संचालित नेपालकै अग्लो (कुस्मा कैया ,नारायणस्थान ) झोलुंगे पुल संचालनले पनि झनै आवत–जावत र सामान ओसारपसार गर्न साथै कृषि सामाग्री बेच विखनको लागी बजार सम्म लैजान सहज भएको छ । त्यस्तै कृषकहरुले उत्पादन गरेको दुध संकलन गर्ने नारायणस्थान दुग्ध संकलन सहकारी संस्था संचालनले पशुपालन कार्यलाई बढोत्तरी दिने काम भएको छ ।

यसरी हेर्दा वर्तमान समयमा कुनै पनि व्यापार , व्यवसाय, उद्यम संचालन गर्न आवस्यक पुँजी सजिलै गाउँघरमै उपलब्ध हुन संभव भएको छ । त्यस्तै शैक्षिक क्षेत्रको विकास र विस्तारमा पनि नारायणस्थानमा सन्तोषजनक अवस्था रहेको छ । विगतमा ३ वटा प्रा वि तह, एउटा निमावि तह , एउटा हाईस्कूल ,एउटा उच्च मावि रहेकोमा हाल एउटा प्रावि , एउटा निमावि , एउटा मावि र एउटा उच्च मावि र एउटा डिप्लोमा तहको पढाई हुने क्याम्पस समेत रहेको छ भने एउटा निजी अंग्रेजी बोर्डिंग स्कुल निमावि तह सम्म संचालनमा रहेको छ । सबै स्कुलहरुमा प्रावि तहमा अंग्रेजी माध्यमबाटै पठनपाठन गर्ने व्यवस्था गरिएको छ । मावि र उच्च माध्यमिक विद्यालयले आधारभुत कम्प्युटर शिक्षाका कक्षाहरु संचालन गरेका छन् । त्यस्तै जनता धन उमाविमा दृष्टि विहिन विद्यार्थीलाई आवसिय सुविधा सहित पठनपाठनको व्यवस्था विगत वि.सं. २०४५/४६ साल देखि नै गरिदै आएको छ। यसरी शैक्षिक क्षेत्रको विकास सँगै प्रायः उच्च मावि तह र डिप्लोमा तहको पढाईको लागी राजधानी र पोखरा लगायत अन्य स्थानमा जानुपर्ने बाध्यता हटेको छ ।
 शैक्षिक क्षेत्रको विकास सँगै आर्थिक गतिविधीमा समेत वृद्धि हुन गएको सहजै अनुमान गर्न सकिन्छ । हुनत पछिल्लो समय अधिकांश युवाहरु जापान, युरोपियन देश र अमेरिका उल्लेखनिय रुपमा जाने क्रम बढेको छ । विगतमा खाडी मुलुकमा र भारतमा रोजगारीको लागी जाने भएपनि हाल ती देशहरुमा जाने ट्रेण्ड कम देखिन्छ । कतिपय युवाहरु नेपालमै क्याम्पस तहको अध्यायन पुरा गरि सरकारी निकाय तथा प्राईभेट बैक, विक्तिय संस्थाहरुमा समेत जागीर खाने गरेका छन् । त्यस्तै कतिपय युवाहरु रोजगारी एवं अध्यायनको उद्देश्यले जापान , बेलायत , अमेरिका लगायत विभिन्न मुलुकमा जाने क्रम पनि ह्व्त्तै बढेको छ । स्वदेशमा होस् या विदेशमा युवाहरु रोजगारीमा संलग्न भएकोले पहिलाको तुलनामा यस गाविसको आम्दानी र क्रयशक्तिमा निकै वृद्धि भएको  छ ।

अब गाउँमै संभव छ सबैकुरा

स्वदेशमै आर्थिक गतिविधीलाई वृद्धि गरि बढ्दो वैदेशिक रोजगारीमा दैनिक युवाहरु बाहिरिने क्रमलाई भने कम गर्नु आवस्यक छ । यसको लागी सम्बन्धीत पक्षहरु वा समग्र गाउँलेहरुले विवेकशिल भएर सोच्नु पर्ने र आवस्यक उपायहरु अबलम्बन गरेर गाउँमै स्वारोजगारी सृजना गर्ने साना तथा मझौला उद्योग , व्यवसाय संचालन गर्न, निर्वाहमुखी कृषि उत्पादनलाई व्यवसायिक कृषि उत्पादनमा रुपान्तरण गर्न आवस्यक कदम चाल्नु पर्ने देखिन्छ ।  साना –तिना कारोवार गर्ने महिला सहकारी संस्थाहरु समेत यस गाउँमा  थुप्रै क्रियासिल रहेको र खासगरी महिलाहरु नै समुहमा आवद्ध भएर मासिकरुपमा समुहको बैठक राखेर निश्चित रकम सामुहिक रुपमा वचतको रुपमा संकलन गर्ने र यसरी संकलित रकम र शेयर सदस्यहरुबाट प्राप्त रकम त्यस्तै अन्य क्षेत्रबाट प्राप्त रकमलाई सहकारीमा आवद्ध सदस्यहरु मध्ये  आवस्यक परेकालाई कर्जाको रुपमा लैजान दिने र निर्धारित समयमा पुनस् मासिकरुपमा आयोजना गरिने समुहको बैठकमा नै किस्ता र ब्याजको रकम भुक्तान गर्ने र जम्मा हुन आएको रकम फेरी लगानी गर्ने र एवंरितले महिलाहरुले पनि सानोतिनो व्यवसाय संचालन गर्न र घरेलु आर्थिक गर्जो टार्ने गरेको पाईन्छ । यसरी हेर्दा यस गाउँमा आर्थिक कारोवार र गतिविधी तिव्रता बढ्दै गएको र व्यक्ती विशेषबाट कर्जा लिने चलन अधिकांशरुपमा हटिसकेको पाईन्छ । त्यसैले आर्थिक उपार्जनका कार्यलाई अझ तिब्रताका साथ लान सकिन्छ । जुन मुलुक विकासको गतिलो आधार हो ।
सडकले जोडेको सञ्जाल र यसले ल्याएको कायापलट
विगतमा सडक यातायात नभएकै कारण धेरै समस्या भोग्नुपरेको भएपनि अहिले अवस्था त्यस्तो छैन ।  हरेक वडाहरु र टोलहरुमा अस्थायी सडक पुगिसकेको र बाग्लुङ –कुश्मीशेरा ग्राभेलिंग सडक र नयाँ बन्दै गरेको तथा उत्तर–दक्षिण भेगलाई छिटो छरितो सडक संजालमा जोड्नको लागी नेपाली सेनाको नेतृत्वमा कार्य संचालन भईरहेकोहुँदा पनि भविष्यमा अझै उत्पादित वस्तुको बजारीकरण र साना तथा घरेलु उद्योग संचालन गर्नको लागी आवस्यक कच्चा पदार्थ ढुवानी गर्ने साथै निर्माण सामाग्री समेत बाहिरबाट ल्याउनको लागी सजिलो हुनेछ । त्यस्तै यस गाउँमा साना–तिना घरेलु उद्योगहरु पनि संचालन भएर केही व्यक्तीहरुले रोजगारी पाएका छन् । खासगरी फर्निचर उद्योग, ग्रिल उद्योग , कुटानी पिसानीको आधुनिक मिलहरु , पाउरोटी उद्योग , कृषि फर्महरु , कुखुरापालन फार्महरु संचालन भएको पाईन्छ । यस्तै विगतमा बढी मात्रामा युवाहरु भारतिय सेनामा नै भर्ति हुने कुरालाई बढी प्राथमिकता दिने गर्दथे भने आजकल पढाई, व्यवसायिक उद्यम र वैदेशिक रोजगारीलाई बढी महत्व दिने गरेको पाईन्छ । बैदशीक रोजगारी, पेन्सन, गाउँकै आर्थिक क्रियाकलापबाट भएको आम्दानीलाई उत्पादनशिल कार्यमा लगाउनको लागी अझै भावी आर्थिक योजनाहरु बनाएर जानु पर्ने करोडौ कारोवार गर्ने सहकारीलाई आवस्यक बैंकिंग सेवा, सुविधा दिनको लागी भरपर्दो बैकको शाखाहरु खुल्नु पर्ने तड्कारो आवस्यकता समेत रहेको छ । त्यस्तै खाली जग्गाहरुलाई जग्गा धनीहरु आपसमा मिलेर व्यवस्थित पलटिंग गरि वस्ती विकासलाई जोड दिनु आवस्यक छ । बाग्लुङ बजार र कुस्मा बजारमा घनाबस्ती भई सकेकोले आउँदो दिनमा नारायणस्थानमै भौगोलिक रुपमा समथर जग्गा भएको साथै सेवासुविधाहरुको पनि विस्तार हुँदै गरेकोले यो एउटा वैकल्पिक नयाँ बजारको रुपमा विकास हुने सम्भावना रहेको पनि कसैले नकार्न सकिदैन ।
समग्र अवस्था हेर्दा विगत र वर्तमानमा धेरै परिवर्तन आइसकेको छ । मुलुकमा खाली निराशामात्रै छैनन् । आशा गर्न लायक धेरै कुरा भएका छन् । यो एउटा गाउँको दृष्टान्त मात्र हो । नेपालका हरेक ग्रामिण भेग यसरी सबल बनिरहेका छन् । अब केबल खाँचो हो त बाँझा बारी ओदार्ने र उत्पादन थाल्ने । भएको आम्दानीलाई उत्पादनशील क्षेत्रमा लगाउँदै हरेक गाउँ यसरी नै सबल बन्ने हो भने मुलुक बनाउन धेरै कुरा चाहिँदैन । राजनीतिक निराशा मात्र छैनन् नेपालमा आशा र संभावना धेरै देखिएका छन् । बरु सबैजना एक भएर आफ्नो गाउँ बनाउने अभियानमा लाग्नु पर्छ । हरेक क्षेत्रबाट भइरहेको आम्दानीलाई उत्पादनशील क्षेत्रमा लगाएर आआफ्ना आउँ संवृद्ध बनाउँ, मुलुक संवृद्ध आफै हुनेछ ।

प्रकाश श्रेष्ठ, हाल बाल्टिमोर, मेरिल्याण्ड , अमेरिका


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

चीनमा २ हजार ४ सय मात्र कोरोना संक्रमित, ७६ हजार २ सय निको भए, जनजीवन सामान्य बन्दै

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा 

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top