siddhartha

​बागलुङमा उम्मेदवार घरदैलो अभियानमा व्यस्त


Friday, 27 Oct, 2017 5:38 PM
१० कात्तिक, बागलुङ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि जनमत बढाउन दलहरुले घरदैलो अभियान शुरु गरेका छन् । वाम गठबन्धन र काँग्रेसका उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । 

प्रचारमा अघि देखिएको वाम गठबन्धनलाई पछ्याउँदै नेपाली काँग्रेसले हिजोदेखि घरदैलो अभियान शुरु गरेको छ । वाम गठबन्धले भने बुधबार बागलुङ नगरपालिका–१ बाट जन भेटघाट शुरु गरेको थियो । 

सबै दलले उम्मेदवारसहित जिल्लास्तरीय नेता, कार्यकर्तालाई अभियानमा परिचालन गरेका छन् । वाम गठबन्धनले बागलुङ नगरपालिका–१ र ३ को कार्यक्रमपछि शुक्रबार वडा नं ४ मा घरदैलो अभियान चलाएको छ । गठबन्धनले शुक्रबार नै वडा नं २ जिपपार्कमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । उनका अनुसार चुनाव प्रचारप्रसारलाई व्यवस्थित बनाउन विभिन्न कमिटीहरु परिचालन गरिएको छ । 

अहिले किसान काममा व्यस्त हुने याम भएकाले भेला, सभाभन्दा घरदैलो अभियान बढी प्रभावकारी देखिएको अध्यक्ष सापकोटाको भनाइ छ । गठबन्धनले शुरुमा केही ठाउँमा कोण सभा आयोजना गरे पनि उपस्थिति न्यून भएपछि अभियानको स्वरुप बदल्ने निर्णय गरेको छ । “सबै काममा व्यस्त भएकाले सभा, भेला प्रभावकारी देखिएन”, अध्यक्ष सापकोटाले भने, “घरदैलो अभियानमा जोड दिएका छौँ ।” 

यता, काँग्रेसले पनि चुनावी अभियानलाई चुस्त र प्रभावकारी बनाउन एक हजार एक सदस्यीय चुनाव परिचालन कमिटी बनाएको छ । काँग्रेसले आज बिहानदेखि बागलुङ नगरपालिका–१ रामरेखाबाट प्रचार शुरु गरेको छ । काँग्रेसले पनि मतदातासम्मै पुग्न घरदैलो अभियानलाई प्राथमिकता दिएको नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए । 

“प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा ठूला चुनावी सभाको समेत आयोजना गरिने उनको भनाइ छ । केन्द्रीय नेताको उपस्थितिमा मुख्य ठाउँमा आमसभा राख्छौँ”, सचिव पौडेलले भने । वामहरु अलग–अलगरुपमा चुनाव लड्दा अघिल्ला चुनावमा फाइदा लिएको काँग्रेसलाई यसपालि गठबन्धन बनेपछि चुनौती थपिएको छ । 

जिल्लामा वाम गठबन्धन र काँग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको वाम गठबन्धनसँग काँग्रेस एक्लैले चुनाव लड्दैछ । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ निर्वाचन क्षेत्रमा काँग्रेसले एकल उम्मेदवारी दिँदै चुनावी मैदानमा छ । 

वाम गठबन्धका तीन दलले भने निर्वाचन क्षेत्र बाँडेर चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि सहकारी तथा गरिबी निवारण राज्य मन्त्री चम्पादेवी खड्का चुनाव लड्दै छन् । 

क्षेत्र नं २ बाट भने पूर्व सांसद नीरज पुन उम्मेदवार बनेका छन् । यस्तै, काँग्रसबाट क्षेत्र नं १ को प्रदेश सभा (क) मा जिल्ला पार्टी सभापति दीपेन्द्रबहादुर थापा र (ख) मा पूर्व सांसद प्रकाश शर्मा पौडेल चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले क्षेत्र नं २ को प्रदेश सभा (क) मा मञ्जेशबम मल्ल र (ख) मा जित शेरचनलाई उम्मेदवार बनाएको छ । 

वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ बाट एमालेका सूर्य पाठक र क्षेत्र नं २ बाट माओवादी केन्द्रका केन्द्रीय नेता देवेन्द्र पौडेल प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ को प्रदेश सभा (क) मा एमालेका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, (ख) मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी मैदानमा छन् । 

क्षेत्र नं २ को प्रदेश सभा (क) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’ र (ख) मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती चुनावी प्रतिस्पर्धामा छन् । 
 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top