syangyong
suzuki

बागलुङको बलेवा विमानस्थल चैत्र पहिलो सातादेखि सञ्चालनमा आउने पक्का


Sunday, 14 Jan, 2018 4:12 PM
३० पुस काठमाडौ । बागलुङको बलेवा विमानस्थल यहि चैत्र पहिलो सातादेखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण बबरमहलमा आइतबार भएको छलफलपछि आगामी चैत्रको पहिलो सातादेखि वलेवा विमानस्थलमा नियमित उडान संचालन हुने भएको हो । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेल र उपमहानिर्देशक नरेन्द्र थापा, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल र निवर्तमान सांसद प्रकाश पौडेल तथा नेपाल वायु सेवा निगम, तारा एयर, मकालु एयर, सिम्रिक एयरका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।

छलफलमा तीन बुँदे सहमति भएको छ । जसअनुसार प्राधिकरणले एयरपोर्टको मर्मतसंभार र उपकरणसहितको आवश्यक भौतिक व्यवस्था र कर्मचारीको खटनपटन गर्नेछ । यस्तै, नेपाल वायुसेवा निगम र तारा एयरले हप्ताको एकपटक नियमित उडान भर्नेछ भने यात्रुको सुनिश्चितता र व्यवसाय विस्तारमा सहयोग पुर्याउने काम बागलुङ नगरपालिकाले गर्ने भएको छ । बागलुङबासीले लामो समयदेखि एयरपोर्ट संचालनको माग गर्दै आएका थिए ।


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​मुलुकलाई नै असफल बनाउने षडयन्त्र भएको छ : नेता महतो

१० असोज, पर्सा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता तथा लोकतन्त्र विरोधीहरु लागेकाले सबै राजनीतिक दल सचेत हुनुपर्नेमा जोड दिए।उनले कर वृद्धिको आडमा लोकतन्त्र 

सरकार भ्रष्ट्राचारमा चुर्लुम्मम डुब्यो : मोहन बैद्य

९ असोज काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन् । महासचिव बैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।  मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको दावी गरे ।  

सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत

९ असोज सिन्धुपलाञ्चोक ।  नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले अब सबै राजनीतिक दल मुलुकको आर्थिक समृद्धिका लागि अग्रसर हुनुपर्ने बताएका छन् । ‘समुदाय र विपद् उद्धार समूह’ (सिडिआरटी) नामक गैरनाफामूलक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बाह्रबिसे नगरपालिका–४ अङ्गेरीपाखामा निर्मित सामुदायिक स्वास्थ्य केन्द्रको सोमबार उद्घाटन गर्दै उनले मुलुकमा राजनीतिक स्थायित्व भएकाले अब कुनै पनि दललाई राजनीतिक विवाद

अन्तर्राष्ट्रिय

​फ्रान्सका राष्ट्रपतिबाट अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइको आलोचना

न्युयोर्क । सयुक्त राष्ट्रसंघको महासभामा नेताहरुले एक अर्काप्रति आरोप लगाएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोंले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कडा प्रतिवाद गर्नु भएको छ । ट्रम्पको सम्बोधनलगत्तै महासभालाई सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति माक्रोंले सम्प्रभुताको सिद्धान्त अमेरिकाले सिकाउन नपर्ने बताउनु भएको छ । 

यौन दुर्व्यवहारको थप आरोप: क्याभानो "पछि नहट्ने"

​न्युयोर्क । अमेरिकी राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशका निम्ति मनोनयन गरेका ब्रेट क्याभानोले आफूविरुद्ध लागेको, उनकै शब्दमा, झुटा लाञ्छनाका कारण आफू पछि नहट्ने बताएका छन्। क्याभानोले विगतमा यौन दुर्व्यवहार गरेको आरोपहरू सार्वजनिक भइरहेका छन्। फक्स न्युज टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै क्याभानोले आफू पूर्ण निर्दोष रहेको दोहोर्‍याए।

माल्दिभ्सको राष्ट्रपति चुनावमाविपक्षी नेता सोलिहद्वारा जीतको दावी

माल्दिभ्स । माल्दिभ्समा भएको राष्ट्रपति चुनावमा विपक्षी नेता इब्राहिम मोहम्मद सोलिहले आफ्नो जितको दावी गरेका छन्। स्थानीय सञ्चार माध्यमका अनुसार सोलिह वर्तमान राष्ट्रपति अब्दुला यामीनभन्दा अगाडि छन् । ‘माल्दिभ्स इन्डिपेन्डेट’ वेबसाइटका अनुसार कुल४ सय ७२ ब्यालेट बाकस मध्ये ४ सय ३७ बाकसको मतगनणा भइसकेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top