बालुवाटार जग्गा हिनामिना : पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरूद्धको रिट राणाको इजलासमा


Friday, 14 Feb, 2020 11:42 AM
२ फागुन, काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीहरू माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरिएको रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेरको एकल इजलासमा परेको छ। रिटमाथि आज बहस हुँदैछ।

नेपाल र भट्टराईविरूद्ध बुधबार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। अख्तियारले नीतिगत निर्णय गरेको भन्दै उनीहरूलाई उन्मुक्ति दिएको छ। तर त्यो नीतिगत निर्णय नभई कानुनविपरितको निर्णय भएको भन्दै ललिता निवासको जग्गा व्यक्तिका नाममा पुर्‍याउन निर्णय गर्ने दुवै मन्त्रीमण्डलमा संलग्न सबैलाई मुद्दा चलाउन आदेश माग्दै न्यौंपानले आफ्नो रिटमा माग गरेका थिए।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान प्रस्ताव गर्ने तत्कालीन तीन मन्त्री र तीन सचिवलाई मुद्दा चलाएको अख्तियारले किन उनीहरूलाई छुट दियो भन्ने प्रश्न उठिरहेका बेला वरिष्ठ अधिवक्ता न्यौपालेले सर्वोच्चमा रिट हालेका हुन्। नीतिगत निर्णय गरेकाले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र  भट्टराईलाई मुद्दा चलाउन नसकेको अख्तियारको तर्क छ। सरकार प्रमुखले गरेका नीति निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

‘ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा सम्बन्धमा विभिन्न मन्त्रालय र कार्यालयबाट विभिन्न मितिमा भएका गैरकानुनी कार्यहरूलाई वैधानिकता दिलाउने र सरकारी जग्गा अनधिकृत व्यक्तिका हक र स्वामित्व स्थापित  गराउने गरी सम्बन्धित मन्त्रालयको प्रस्तावअनुरूप मन्त्रिपरिषदबाट २०६६–१२–२९, ०६७–०१–३१, ०६७–०४–२८ र ०६९–०६–१८ मा भएका निर्णय मन्त्रिपरिषदबाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र पर्ने देखिएन,’ अख्तियारको अभियोगपत्रमा उल्लेख छ, ‘त्यसैले तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको हकमा केही गरिरहनु पर्ने देखिएन।’ २०६६ र ०६७ मा नेपाल प्रधानमन्त्री थिए भने २०६९ मा भट्टराई प्रधानमन्त्री थिए।

मन्त्रिपरिषदका नीतिगत निर्णयमा भ्रष्टाचार देखिए अख्तियारले अनुसन्धान गर्न सक्ने कानुनी व्यवस्थाको पहल गर्न भन्दै मन्त्रिपरिषदलाई सुझाव लेखिपठाउने निर्णय अख्तियारले गरेको छ। उक्त सुझावमा ललिता निवासको सरकारी जग्गासम्बन्धी यो विषयमा समीक्षा, विश्लेषण, मूल्यांकन जे(जे गर्नुपर्ने हो त्यही गर्नु भन्ने समेत उल्लेख छ।
 
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने काममा संलग्न भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वउप्रधानमन्त्री विजयगच्छदारसहित ४ मन्त्री, अख्तियारकै पूर्वप्रमुख, एक पूर्वसचिवलगायत १ सय ७५ जनालाई  भ्रष्टाचार मुद्दा लगाएको छ। चारमध्ये १ मन्त्री र अख्तियारका पूर्वप्रमुखलाई पूर्वसचिवका हैसियतले मुद्दा चलाएको हो।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसको माग

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रसंगमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिनस मागेको अडियो सार्वजनिक भएको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कडा प्रतिक्रिया दिएको छ। बिहीबार बिहान प्रेस वक्तव्य जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी प्रकरणको अनुसन्धान अघि बढाउन माग गरेका हुन्।

७० करोड कमिसन अडियोबारे बोले मन्त्री बाँस्कोटा

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा सार्वजनिक अडियो टेपबारे सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रारम्भिक प्रतिक्रिया दिएका छन्। स्विस कम्पनीका नेपाल प्रतिनिधिसँग आफूले गरेको कुराकानीको अडियो टेप  भाइरल भइरहँदा कञ्चनपुरमा रहेका सञ्चारमन्त्री बाँस्काटोले यस विषयमा आफू काठमाडौं पुगेपछि विस्तृतमा बताउने जानकारी दिएका हुन्।

राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : प्रचण्ड

७ फागुन काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास हुने बताएका छन्। नेपाल विश्वमै कम्युनिष्ट शासन भएको देश भएको चर्चा गर्दै उनले कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए।

अन्तर्राष्ट्रिय

जर्मनीमा बन्दुक हमला : ८ जनाको ज्यान गयो

८ फागुन, काठमाडौं । पश्चिम जर्मन शहर हानाउमा भएको दुई भिन्दाभिन्दै बन्दुक हमलामा ८ जनाको ज्यान गएको छ। अज्ञात व्यक्तिले गराएको घटना त्यहाँको दुई सिसा बारमा भएको हो । घटनामा ५ जना घाइते भएको जनाइएको छ।

चक्कु देखाएर सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटपाट

६ फागुन, काठमाडौं । हङकङमा हतियारधारी समूहले ट्वाइलेट पेपर लुटेको छ । कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा भण्डारण गर्दा अहिले चरम अभाव छ । मोङकक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेर लगेका हुन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले रुसबाट किने एक दर्जन सेता घोडा

६ फागुन, काठमाडौं । उत्तर कोरियाका सवोच्च नेता किम जोङ उनले रुसबाट एक दर्जन सेता घोडा किनेका छन्। सन् २०१९ उत्तर कोरियाले ७५ हजार ५ सय ९ डलर मूल्यमा ती घोडा किनेको रुसी भन्सारको तथ्यांकमा उल्लेख छ। ​यसअघि सन् २०१५ मा उत्तर कोरियाले रुसबाट झण्डै २ लाख डलरमा ६१ वटा घोडा किनेको थियो। 

विचार / ब्लग

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 
Top