esewa
kantipur mall

विप्लवको बन्द : बस र ट्रकमा आगजनी, दुई दर्जन स्थानमा शंकास्पद वस्तु फेला


Monday, 27 May, 2019 12:03 PM
१३ जेठ काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको नेपाल बन्दका दिन  विभिन्न जिल्लामा आगजनी तथा बम आतंक सिर्जना गरेको छ। आइतबार चार जनाको ज्यान जाने गरी भएको विस्फोटपछि सोमबार पनि विभिन्न स्थानमा बम आत.क भएको छ । विप्लवका कार्यकर्ताले  मकवानपुर, बारा र सुर्खेतमा गाडीमा आगो लगाएका छन् भने  देशका दुई दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन्।

विप्लवका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा गुहिडरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्। दाउन्नेबाट नारायणगढतर्फ सिमेन्ट बाकेर आउँदै गरेको लु २ ख १०८ नम्बरको ट्र्कमा अरुणखोलाको जंगलमा सोमबार बिहान २ बजे बम प्रहार गरेको प्रहरीले जनाएको छ। बम प्रहारबाट ट्रक जलेर नष्ट भएको र चालक दमौलीका ३३ वर्षीय अमर विक भाग्न सफल भएका छन्। विकको शरीर केहीभाग डढेको अरुणखोला प्रहरी कार्यालयका इन्चार्ज सुन्दर गुरुङले जानकारी दिए। घाइते विकको अहिले अरुणखोलास्थित मनकामना पोलिक्लिनिकमा उपचार भइरहेको छ।
यसैगरी मकवानपुरको थाहा नगरपालिकामा सोमबार बिहानै गाडी जलाइएको छ। बन्दका दिन बिहानै ४ बजे थाहा नगरपालिका १ कुन्छालनजिकै ना ६ ख ८००७ नम्बरको आइचर गाडी जलाइएको अवस्थामा फेला परेको  मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै मकवानपुरकै हेटौंडामा मिनी ट्रक जलाइएको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको हो। आगोले गाडी पूरै जलेको छ।
यता सुर्खेतमा विप्लवका कार्यकर्ताले पूर्वी बसमा आगजनी गरेका छन्। गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बस गोचेखोलामा आइपुगेपछि सोमबार बिहान आगो लगाइएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर बसमा आगो लगाएका हुन्।
यसैगरी बारामा भारतीय ट्रक जलाइएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३, बजनीमा रोकिराखेको भारतीय लरीमा आगो लगाइएको हो। एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरी नेपाल–भारत पेट्रोलियम पाइपलाइनका लागि पाइप बोकेर आएको थियो।   पोखराको तीन ठाउँमा आज बिहान शंकास्पद वस्तु फेला परेका छन्। सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालयनजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु देखिएको बताइएको छ । यस्तै सोमबार बिहान हेटौंडाको बुद्धचोकनजिक प्रेसर कुकर बम भेटिएको छ। बम राखेको खबर पाएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई बोलाएर बम निस्क्रिय बनाएको छ। यसैगरी तनहुँका दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छन्। सदरमुकाम दमौलीमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ। यस्तै मोरङको सुन्दरहरैचा नगरपालिका ७ ठहियाचोक नजिकै प्रेसर कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। यता पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहापुर चोकमा शंकास्पद वस्तु फेला परेको छ। उक्त वस्तु बम भएको प्रहरीको अनुमान छ। सूचनापछि नेपाली सेनाको डिस्पोजल त्यहाँ पुगेको प्रहरीले जनाएको छ। यसैगरी  भक्तपुर तथा पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंसी पुल बम फेला परेको छ । 


Ruslan

runner bike

furniture expo

राजनीति

देशहरुबीच फाटो ल्याउने गतिविधि स्वीकार्य छैनः परराष्ट्रमन्त्री

२९ भदौ, ललितपुर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् । नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि उनले स्पष्ट पारे।  आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे। उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।
 

विमान ढिलाइ भएको विषयमा ज्ञानेन्द्र शाहीले गरेको पत्रकार सम्मेलनमा हात हालाहाल

२९ भदौ, ललितपुर । भ्रष्टाचार विरोधी अभियानमा लागेको भन्ने ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ । ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो । शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए । सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । 

तरुण दलको विवाद उत्कर्षमा : अध्यक्ष र महासचिवले एकअर्कालाई कारबाही गरे

२९ भदौ काठमाण्डौ । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीचको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले एकअर्कालाई कारबाही गरेको दाबी गरेका छन् । दुवैले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् ।
अध्यक्ष बस्नेतले शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाएको पत्र पठाएलगत्तै शाहीले पनि महासचिवको हैसियतमा विज्ञप्ति निकालेर अध्यक्ष बस्नेतलाई नै तरुण 

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रमले गरे राष्ट्रिय सुरक्षा सल्लाहाकार बोल्नटलाई बर्खास्त

२५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन् । उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन् । बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन् । उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए ।
 

चन्द्रयान–२ को ल्याण्डर विक्रमसँग सम्पर्कको आशा सकिएको छैन : इसरो प्रमुख सिवन

२२ भदौ, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) प्रमुख डाक्टर कैलासावडिवू सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमसँगको सम्पर्कको आश अझै समाप्त नभएको बताएका छन् ।  डा. सिवनका अनुसार वैज्ञानिकहरु अझै पनि विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छन, जसको जीवन पृथ्वीको १४ दिनको बराबर छ ।  डा. सिवनले सञ्चारमाध्यमसँग भने, ‘हामी चन्द्रायान–२ को विक्रमसँग सम्पर्क जोड्ने कोसिस गरिरहेका छौँ । हामी बाँकी १४ दिनसम्म कोसिस जारी राख्नेछौँ ।’ 
 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top