यसरी बन्दैछ नेपाल ! यस्ता छन विकासका खाकाहरु


Saturday, 10 Dec, 2016 6:58 AM

२५,मंसिर,काठमाडौँ ।  
देश विकासको आशा जगाउने राष्ट्रिय गौरवका सहित ठूला आयोजना केही निर्माणाधीन र केही निर्माणको चरणमा छन् ।
माथिल्लो तामाकोसी, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, बुढीगण्डकी जलविद्युत् आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, काठमाडौं चक्रपथ विस्तार आयोजनालगायतले विकासको आशा जगाएका हुन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ  ।
यीमध्ये केही आयोजना एक–दुई वर्षमै सम्पन्न हुने क्रममा छन् । 

माथिल्लो तामाकोसीको बिजुली ०७५ असारमा
राष्ट्रिय गौरवको आयोजनाका रूपमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणाधीन छ । यो आयोजना ०७५ असारमा सकिँदै छ । ‘भूकम्प, नाकाबन्दीलगायतका कारण निर्माण सम्पन्न हुने समय दुई वर्ष धकेलियो,’ अयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले भने, ‘०७५ असारभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेर तीव्र रूपमा काम भइरहेको छ ।’ माथिल्लो तामाकोसी आयोजनाबाट १० पुस ०७२ मा ३ सय ९ मेगावाट र ३० असार ०७३ मा ४ सय ५६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य थियो । निर्माण प्रगति समग्रमा करिब ८३ प्रतिशत रहेको श्रेष्ठले बताए ।

आठ वर्षमा बुढीगण्डकी 
आन्तरिक उत्पादनमार्फत लोडसेडिङ अन्त्यको एक मात्र विकल्प मानिएको एक हजार दुई सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माण सक्न आठ वर्ष लाग्ने अनुमान छ । आयोजनाको विस्तृत अध्ययन भइसकेको छ । ‘निर्माणपूर्वका काम गर्न डेढ वर्ष र निर्माण सुरु भएको साढे ६ वर्षमा काम सकिन्छ,’ आयोजना विकास समितिका अध्यक्ष डा। लक्ष्मीप्रसाद देवकोटाले भने, ‘आयोजना निर्माण तालिका र लगानीको मोडालिटी भने अझै टुंगो लागिसकेको छैन ।’

०७४ को दसैँमा काठमाडौंमा मेलम्चीको पानी 
आयोजना थालनी भएको करिब २० वर्षपछि मेलम्ची खानेपानी आयोजनाको काम सकेर आगामी वर्षको दसैँमा काठमाडौं उपत्यकामा वितरण गर्ने लक्ष्य छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले आर्थिक वर्ष ०५५(५६ देखि निर्माण थालिएको मेलम्ची आयोजना आव ०७४/७५ मा सकिने बताए ।

सन् २०२१ भित्र नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल 
सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सञ्चालनमै छ ।
दुई वर्षभित्र कलंकी–कोटेश्वर सडक विस्तार 
कलंकीदेखि कोटेश्वरसम्मको १० दशमलव ३९४ किलोमिटर सडक आगामी दुई वर्षभित्र सम्पन्न हुनेछ । सन् ०१३ देखि थालिएको यो आयोजना ०१६ मा सम्पन्न हुनुपर्ने थियो ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

लकडाउनको पालना गर्न र गम्भीर हुन भारतीय प्रधानमन्त्रीको आग्रह

१० चैत, काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना नागरिकलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  मोदीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘लकडाउनलाई कतिले अझै पनि गम्भीरतापूर्वक लिइरहेका छैनन् । कृपा गरेर आफूले आफैलाई बचाउनुस्, आफ्नो परिवारलाई बचाउनुस् र निर्देशनलाई

गगन थापाको प्रस्ताव सांसदको १ महिनाको तलब जम्मा गरौं

१० चैत, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा  प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताव गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्   "जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई

देशलाई तुरुन्त लकडाउन गर्न काँग्रेस नेताको माग

१० चैत, काठमाडौँ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा तुरुन्त लकडाउन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जाल मार्फत डा कोइरालाले भारतबाट आउने मानिसको लर्कोले कोरोना पनि सँगसँगैं ल्याउन सक्ने भन्दै तुरुन्त लकडाउन गर्नुपर्ने बताएका हुन् । नेता शेखरले विस्वव्यापी रुपमा

अन्तर्राष्ट्रिय

कोरोनाका कारण युरोपकै सबैभन्दा कम उमेरका किशोरको पोर्चुगलमा निधन

१७ चैत काठमाडौ । कोरोना भाइरसका कारण युरोपमै सबैभन्दा कम उमेरका १४ वर्षीय एक किशोर भिक्टर राफेल बास्टोस गोडिन्होको पोर्चुगलमा ज्यान गएको छ।  दक्षिणी पोर्टोको ओभर शहरका यी किशोरको  सान्टा मारिया डे फेइरास्थित साओ सेबास्टिओ अस्पतालमा निधन भएको स्थानीय पत्रपत्रिकाले जनाएका छन्। उनको निधन आइतबार भएको थियो। उनी फुटसलका उदयमान खेलाडी भएको बताइन्छ। पोर्चुगाली फुटबल संघले पनि उनको निधनमा संवेदना जनाएको छ। 

देशबासीलाई बेलायती प्रधानमन्त्रीको पत्र– कोरानाका कारण अवस्था थप खराब बन्न सक्छ

१६ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न पस्थिति सुधार हुनुको साटो झन खराब बन्दै जाने जोखिम रहेको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनले बेलायती नागरिकको नाममा जारी गरेको पत्रमा आउँदा दिनमा अवस्था थप भयावह बन्न सक्ने चेतावनी दिइएको हो । प्रधानमन्त्री जोन्सनको पत्र हरेक बेलायतीको घरमा पठाईँदै छ ।

दिल्ली छोडेर गाउँ फर्किरहेकाहरुलाई मुख्यमन्त्री केजरीवालले गरे यस्तो आग्रह

१६ चैत, काठमाडौं । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनका बेला लामो दूरी यात्रा गरेर गाउँ फर्किरहेकाहरुलाई यथास्थानमा बस्न आग्रह गरेका छन् । भारत सरकारले देशभर कोरोना भाइरसको संक्रमण फैलिन भन्दै तीन हप्ते लकडाउन लागु गरेपछि दिल्लीमा काम गर्दै आएका मजदूर तथा दैनिक काम गरेर जीविका चलाउँदै आएकाहरु हिँडेर गाउँ फर्किरहेका छन् । गाउँ फर्किनेको भिड अत्याधिक र लामो रहेको छ ।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top