siddhartha

भक्तपुर १ : नेमकिपाको विरासत जोगाउने र भत्काउने प्रतिस्पर्धा


Tuesday, 14 Nov, 2017 2:24 PM
२८ कात्तिक, भक्तपुर ।  आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीको विरासत जोगाउने र भत्काउने दल बीच प्रतिस्पर्धा हुने भएको छ ।

विसं २०४८ देखि लगातार निर्वाचन जित्दै आएका नेमकिपा अध्यक्ष बिजुक्छेले यसपटक नयाँ पुस्तालाई अघि सार्ने भन्दै पार्टी सचिव प्रेम सुवाललाई उठाएपछि यस क्षेत्रको प्रतिस्पर्धामा अन्य दल उत्साहित भएका हुन् ।

उक्त क्षेत्रमा बिजुक्छेको व्यक्तित्वका कारण नेमकिपाले चुनाव जित्दै आइरहेको र यसपटक बिजुक्छेले उम्मेदवारी नदिएपछि हुने प्रतिस्पर्धामा आम मतदाताको पनि चासोको विषय बनेको छ । बिजुक्छेले यस क्षेत्रको भक्तपुर नगरभित्र धेरै सुधारका काम गरे पनि भक्तपुर नगर बाहिरको क्षेत्रमा केही गर्न नसकेको आरोप पनि उत्तिकै छ । भक्तपुर नगर उनको जन्मथलो पनि हो ।

पञ्चायतकालमा चुनावलाई जनताको पक्षमा उपभोग गर्ने नेमकिपाको नीतिअनुसार २०३९ र २०४४ वडाध्यक्षमा चुनाव जितेका पार्टी सचिव सुवाल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भक्तपुर नगरपालिकाको प्रमुखमा विजयी भएका थिए ।

त्यसैगरी २०६४ सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बनेका सुवालले रूपान्तरित संसदमा समेत प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरेका थिए ।

सुवाल नगर प्रमुख हुँदा नेपालमै पहिलो पटक नगरपालिकाबाट विद्यालय सञ्चालनको कार्य गर्नुका साथै न्यूनतम शुल्कमा कलेजसमेत सञ्चालन गरेर स्थानीय जनतालाई शिक्षा आर्जनको अवसर दिइएको थियो । राज्यबाट शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने नेमकिपाले माग गरेपनि उक्त नगरपालिकाले सञ्चालन गरेको विद्यालय र कलेजमा शिक्षा निःशुल्क भने हुन सकेको छैन ।

फेरि पनि संसदमा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई खबरदारी गर्न आफ्नो उम्मेदवारी रहेको चर्चा गर्दै उम्मेदवार सुवालले भने, ‘विगतमा देश र जनताका भावनाअनुसार गरेको कामको मूल्यांकन गर्दै जनताले नै फेरि एकपटक जनताको सेवा गर भनेकाले देश र जनताका लागि नै मेरो उम्मेदवारी हो ।’

उनले आफ्ना पार्टी अध्यक्षले लगातार पाँच पटक चुनाव जितेर यस क्षेत्रको विकासमा पु¥याएको योगदानको कदरस्वरूप यसपटक भक्तपुर १ का मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरे । उम्मेदवार सुवालले भने, ‘नेमकिपा मात्र एउटा यस्तो पार्टी हो, जसले देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधिनताको रक्षाको निम्ति लडेको छ । संसदमा आवाज उठाएको छ । हाम्रो यही भूमिकाको मूल्यांकन नै नेमकिपालाई विजयी गराउने आधार हो ।’

 नेपाली काँग्रेसले भक्तपुर १ मा वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई उठाएको छ । नेपाल कानून आयोगका अध्यक्षसमेत भई सकेका जोशी जिल्ला बारबाट वरिष्ठ अधिवक्ताको उपाधि पाउने पहिलो अधिवक्ता समेत हुन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका जोशी विद्यार्थीकालदेखि नै राजनीतिमा प्रवेश गरेका हुन् । विसं।२०४४ को निर्वाचनमा जनपक्षीय उम्मेदवारको प्रस्तावक बनेका जोशीले भक्तपुरका काँग्रेसको संगठन स्थापना र विस्तारका साथै विभिन्न पदमा बसेर काम गरेका छन् । पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै हाल महासमिति सदस्य रहेका उनले आफ्नो उम्मेदवारी भक्तपुरमा लोकतन्त्र स्थापनाको लागि भएको बताए ।

मुलुकमा धेरै अघि लोकतन्त्र आए पनि लोकतान्त्रिक आन्दोलनमा अहम् भूमिका निर्वाह गरेको भक्तपुरमा अझै एक दलीय व्यवस्था समाप्त हुन नसकेको जिकिर गर्दै त्यसैको अन्त्यको लागि आफ्नो उम्मेदवारी भएको जोशीले जानकारी दिए ।

लोकतन्त्र स्थापनाका लागि काँग्रेसले निर्वाह गरेको भूमिका, संविधान निर्माणको नेतृत्व, संविधान कार्यान्वयनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका नै आफ्नो जितको आधार भएको उल्लेख गर्दै उनले कानूनी पेशाको माध्यमबाट लामो समयदेखि भक्तपुरका जनताको पक्षमा गरेको कामको मूल्यांकन पनि भक्तपुरका जनताले गर्ने आफ्नो अपेक्षा रहेको र भक्तपुरका जनताको परिवर्तनको चाहना पनि आफ्नो जितको आधार बन्ने बताए ।

लोकतान्त्रिक गठबन्धनअन्तर्गत यस क्षेत्रमा बलियो उपस्थिति रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को पनि समर्थन रहेकाले यसपटक भक्तपुर १ मा नेमकिपाको किल्ला भत्किने जोशीको दाबी छ ।

नेकपा (एमाले) र माओवादी केन्द्रको वाम गठबन्धनमा भएको सहमतिअनुसार भक्तपुर क्षेत्र नं १ मा माओवादी केन्द्रका मिलन सुवाल पनि चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । विद्यार्थीकालदेखि राजनीतिमा प्रवेश गरेका सुवाल सम्मुनत राष्ट्र निर्माण गर्न, देशलाई स्वाधिन, समृद्ध र समाजवादको दिशामा अगाडि बढाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन्। उम्मेदवार सुवालले भक्तपुरमा विद्यमान वर्ग विभाजनको अन्त्य गरी समतामूलक समाज निर्माण, किसान वर्गको हकहितका लागि आफ्नो उम्मेदवारी रहेको बताए । ।

दुई तिहाइ बहुमतसहितको वामपन्थी सरकार निर्माण गरी दिगो शान्ति र स्थिरता, भ्रष्टाचार मुक्त मुलुक निर्माण र मूलतः समाजवादका आधार तयारी गरी नयाँ युगमा प्रवेश गर्न आफ्ूले उम्मेदवारी दिएको पनि उनले उल्लेख गरे ।

यस क्षेत्रमा २०७० सालको संविधानसभा निर्वाचनमा नेमकिपाका बिजुक्छेले २० हजार ४४६, नेपाली काँग्रेस कृष्णलाल भँडेलले १२ हजार ८२६, नेकपा एमालेका रञ्जु नापितले ५ हजार ६६८, माओवादीका सानु सुवालले ६ हजार २१६ र राप्रपाका रवीन्द्र प्रताप शाहले ४ हजार ४५८, राप्रपा नेपालका माधव खत्रीले दुईहजार ६४३ मत प्राप्त गरेका थिए ।

भक्तपुरमा यस पटक क्षेत्र निर्धारण गर्दा विगतको सिमाना हेरफेर गरिएको छ । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिकाको आधा भाग यस क्षेत्रमा रहेकोमा यसपटक मध्यपुर थिमि क्षेत्र नं २ मा पारेको छ भने यसअघि क्षेत्र नं २ मा रहेको भक्तपुर नपाको भाग यस पटक क्षेत्र नं १ मा सारेको छ भने यस क्षेत्रमा चाँगुनारायण नगरपालिका छ ।

स्थानीय तहको निर्वाचनको मतलाई विश्लेषण गर्दा यस क्षेत्रमा नेमकिपाको ३० हजारभन्दा बढी मत छ भने नेपाली काँग्रेसको १४ हजार ५००, नेकपा एमालेको १३ हजार, राप्रपाको छ हजार, माओवादीको तीन हजार मत देखिन्छ ।
-लक्ष्मी गारु/रासस


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

चुनावको मुखैमा एमाले अध्यक्ष केपी ओलीले किन लेखे यस्तो पत्र ?

 उनले लेखेका छन्, ‘अन्त्यमा यहाँहरू सबैलाई पुनः भन्न चाहन्छु, राजनीतिक स्थिरता र मुलुकको समृद्धिको पक्षमा मतदान गर्नुहोस् र समृद्धिको महायात्रामा सहभागी बन्नुहोस् । यति भन्दै आजका लागि यहीँ कलम बन्द गर्दछु । बाँकी कुरा भेटमै गरौँला । धन्यवाद । उही तपाईंको केपी शर्मा ओली ।’

आज धनगढीको चुनावी सभालाई ओली र प्रचण्डले संवोधन गर्ने

८ मंसिर,कैलाली । संयुक्त चुनावी सभालाई संवोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन् ।आज  आज मध्यान्न १२ बजे धनगढी स्थित कर्भड हलमा हुने चुनावी सभालार्इ ओली र प्रचण्डले संवोधन गर्नेछन् । 

प्रधानमन्त्रीले जब यसरी व्यंग गरे

८ मंसिर,काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णालीलगायत विकट र दुर्गम क्षेत्रको विकासलाई अब कसैले रोक्न नसक्ने बताउनुभएको छ ।  बिहीबार कालीकोट, रोल्पा, रुकुम लगायतका जिल्लामा सुरक्षा अवस्था

अन्तर्राष्ट्रिय

जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति

७ मंसिर । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । जिम्बाबेका सभामुखले शुक्रवार एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताएका छन् । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ ।

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

विचार / ब्लग

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 
Top