HIMALAYAN HYDRO
nlic

भक्तपुरमा अनौठो होली : जहाँ पुरुषको लिङ्ग र महिलाको योनी जुधाइन्छ


Thursday, 1 Mar, 2018 10:12 AM
“भीमसेन देया लज खङ्गलो वानला ल्याँसे, बिस्युवाने म्वायक सो झायला” (भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि)

नेपालमा होली अर्थात फागुपूर्णिमा मनाउने चलन विभिन्न ठाउँमा फरक–फरक छ । भक्तपुरमा भने अनौठो तरिकाले होली मनाउने गरिन्छ । भक्तपुरमा भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’(अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुनपर्ने गरी हेर्न आउनु भयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व मनाउने गर्दछन् । दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा  यसरी नै गीत जुन्जिरहँदा भीमसेनको लिङ्ग दर्शन गर्न आउनेको उत्तिकै भीड लाग्ने गर्दछ । फाल्गुन अष्टमीदेखि पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो नेवारी भाकाको गीत गुञ्जिने गर्छ ।

फागुपूर्णिमाका अवसरमा तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले यही गीत गाएर फागुपूर्णेको स्वागत र बिदाइ गर्छन् । पूर्णिमासम्म चल्ने फागु पर्व हेर्न र संगीतमा रमाउन स्थानीयवासीले सधैँ जम्मा भएर यसरी नै परम्परालाई धान्दै आएका छन् । फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको तीन हात लामो र ३० इञ्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, बाचुटोल, जेँला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने परम्परा छ । टोलटोलमा ल्याइएपछि भीमसेनको लिङ्गको दर्शन गर्ने परम्परा छ ।

घर र पसलमा घुमाइएको लिङ्गलाई भक्तजनले स्पर्शगरी ढोग्ने र दान दक्षिणा दिने गर्छन् । यहाँको भीमसेन गुठीले परम्परादेखि नै फागुपूर्णेलाई यौनपर्वका रुपमा लिँदै आएका छन् । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागुपूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपदीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतीक चित्रण गर्छ । यसलाई पूजा एवं दर्शन गर्न स्थानीय बासिन्दा सधैँ बिहान आउने गर्छन् । भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल भन्छन्, “फागुनशुक्ल अष्टमीका दिन बिहान काठको लिङ्गलाई भक्तपुरको टोल छिमेक, घर, पसलैपिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ । चिर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा छ ।” बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा समेत भीमसेनको मन्दिरमा झुन्ड्याइन्छ ।  झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ तर यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रुपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ । 

दक्षिण एशियामा फागुपर्व कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित भए पनि विशेषतः भक्तपुरमा भीमसेनसँग सम्बन्धित छ । लिङ्ग झुन्ड्याइएपछि यहाँको नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्छ । पर्वभरि शनिबार र मंगलबार भीमसेन मन्दिरमा मेला लाग्छ । “जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवानको पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता कीराफट्यांग्रादेखि पशुपक्षीमा समेत छ । यौनविनाको जीवन अधूरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ”, स्थानीयवासी ७१ वर्षीय मोहन प्रजापति बताउँछन् । मन्दिरमा झुण्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न काठमाडौँ उपत्यकाकै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्ति आउने भीमसेन गुठीयार बताउँछन् ।

फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनःमन्दिरमा राख्ने परम्परा छ । यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यस वर्ष छोरा जन्मन्छ भन्ने जनविश्वास अहिलेसम्म रहेकाले लिङ्ग बोक्न छोरा नहुनेहरुबीच प्रतिष्पर्धा चल्छ । लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याइएपछि फागुपर्व समाप्त हुन्छ । भीमसेन मन्दिरको स्थापना १७ औँ शताब्दीमा राजा जगत्प्रकाश मल्लले गरेको इतिहासमा उल्लेख छ ।

 


Ruslan

machha bank

ime

राजनीति

सरकार समृद्धिसहितको विकास चाहान्छ : मुख्यमन्त्री पौडेल

४ माघ, काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन् । धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ ? र त्यसका उपलब्धि के के हुन ? अध्ययन गर्नुपर्ने उनको भनाइ थियो । एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा 

प्रतिनिधिसभा बैठक : काङ्ग्रेस नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न माग

४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्ना नेताका नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै काङ्ग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले काङ्ग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिएका थिए । सांसद खाँणले स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ ठूला अस्पताल तथा उपचार केन्द्र 

विकासको मार्ग तीव्रताका साथ अघि बढेको छ : प्रधानमन्त्री ओली

४ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राजनीतिक स्थायित्वसँगै विकासको माग तीव्रताका साथ अघि बढेको बताएका छन् ।प्रतिनिधिसभामा आज शुरु भएको प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरका क्रममा उनले ठूलो राजनीतिक परिवर्तनपछि ऐतिहासिक उपलब्धि हासिल भएको उल्लेख गर्दै अब समग्र विकासका गतिविधि तीव्रताका साथ अघि बढाउनु आवश्यक रहेको धारणा व्यक्त गरे । सदनमा सांसद कृष्णभक्त पोखरेलले चीनबाट नेपालसम्म रेल ल्याउने र 

अन्तर्राष्ट्रिय

कोलोम्बियामा भएको कारबम आक्रमणमा २१ को मृत्यु

४ माघ, बोगोटा । कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका 

अमेरिकामा राजनीतिक विवाद चुलियो, न्यान्सी पेलोसी र डाभोस बैठकका भ्रमणहरु रद्द

४ माघ, वासिङटन । अमेरिकी सङ्घीय कार्यालयहरु बजेट अभावमा बन्द भएको एक महिना पुग्नैलाग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीकी नेतृ एवं संसदकी सभामुख न्यान्सी पेलोसीको अफगानिस्तान भ्रमण रद्द गरिदिएका छन् । साथै, राष्ट्रपति ट्रम्पले डाभोसमा आयोजना हुने विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुने अमेरिकी अधिकारीहरुको भ्रमण पनि स्थगित गरेका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न करिब ६ अर्ब डलर माग 

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

३ माघ, वासिङटन । अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताएको छ । हुवावेको व्यवसायिक साझेदार टी–मोबाइलको स्मार्टफोन जाँच गर्ने 

विचार / ब्लग

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 
Top