syangyong
cg

​सबै पीपललाई किन मान्न सकिन्न बोधिवृक्ष ?


Wednesday, 11 Jul, 2018 8:16 AM
बौद्ध भिक्षुहरूमा समेत सबै पीपल बोधिवृक्ष हुन् भन्ने भ्रम रहनु विडम्बना हो । गौतम बुद्धले जुन पीपलको रूखमुनि बसी ध्यान गरेर बुद्धत्व प्राप्त गरेका थिए, (इ.पू. ५२८) त्यस रूखलाई बोधिवृक्ष भनिन्छ । अहिले भने पीपलको रूख भन्नु नै बोधिवृक्ष हो भन्ने बुझाइ स्थापित हुन खोजेको देखिन्छ । हिन्दूहरू पीपललाई विष्णुसँग सम्बन्धित मानेर तदनुसार व्यवहार गर्छन् । त्यसको सिको गर्दै वा समकक्षमा राख्न यस्तो भ्रम फैलाउन खोजिएको हो भने यसलाई बौद्ध जगतको अज्ञानता भन्नुपर्छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मुख्य क्षेत्रमा अवस्थित पुष्करिणी (शिशुलाई जन्म दिनुअघि मायादेवीले स्नान गरेको पोखरी) को दक्षिण–पश्चिमको पीपलको ठूलो रूखलाई विशेष महत्व दिएको पाइन्छ । त्यसको फेदमा अबीर र पैसा चढाउनेहरूको संख्या पनि बढ्दो छ । पीपलको रूखमुनि बुद्धत्व प्राप्त गरेको भन्ने जानकारीकै आधारमा यस रूखलाई बोधिवृक्ष मानी यस प्रकारले श्रद्धा गरेको बुझन सकिन्छ ।

यही बुझाइको नतीजा हुनसक्छ, आजकल त्यस रूख वरिपरि बसेर ध्यान गर्ने, ध्यान गरेको जस्तो गरी बुद्धका विभिन्न मुद्राहरूको अभिनय गर्दै फोटो खिच्नेहरूको भीड देख्न पाइन्छ । यसरी रमाउनेमध्ये अधिकांश नेपाली युवक–युवती हुन्छन् । धेरैजसो विदेशी तीर्थयात्रीहरू भने त्यस्तो दृश्य हेरेर अचम्म मान्दै हिंड्ने गरेको देखिन्छ । यसले एउटा कुरामा दुई समाजको बुझाइको फरक देखाउँछ ।

बुद्ध जन्मेको स्थान देखाउन कुनै बेला संकेतका रूपमा ढुङ्गा राखिएको थियो । बुद्धसँग सम्बन्धित स्थलहरूको तीर्थ गर्ने क्रममा इ.पू. २४९ मा लुम्बिनी आइपुगेका मौर्य सम्राट अशोकले बुद्ध जन्मेको ठाउँ र त्यो संकेत गर्ने ढुङ्गाको समेत सुरक्षाहेतु पर्खाल बनाए, स्तम्भसहित । कालान्तरमा यहाँ विभिन्न संरचना बन्ने क्रममा मायादेवी मन्दिरकै निर्माण भयो । जर्मन पुरातत्वविद् डा. फुहररले अशोक स्तम्भमा उत्कीर्ण अभिलेखको आधारमा सन् १८९६ मा लुम्बिनी पहिचान र प्रचार गरे । स्तम्भको पूर्वपट्टिको ढिस्कोमा रहेको बुद्धजन्मको आकृति अंकित भग्न मूर्तिलाई चिन्न नसकेर वनदेवीको रूपमा पुज्दै र पशुबलि चढाइँदै आएकोमा १८८९ मा वास्तविकता थाहा पाए पनि लामो समयसम्म त्यसको कुनै नाम थिएन । मायादेवी मन्दिर भनिएको त ५० वर्षअघि मात्रै हो ।
जनरल केशर शमशेरको नेतृत्वमा सन् १९३३ मा यस ढिस्कोको उत्खनन् हुँदासम्म त्यहाँ कुनै रूखबिरुवा नभएको त्यसबेलाको तस्वीरले बताउँछ । त्यसपछि उम्रिएको एउटा पीपल हुर्कंदै गएर अन्ततः त्यो रूखसहितको संरचना लुम्बिनीको छवि बन्न पुग्यो । १९९३–९६ मा त्यस ठाउँको उत्खनन् गर्ने क्रममा पीपल काटिंदा विरोध गर्दै अदालतमा मुद्दासमेत हालियो ।
मायादेवीले बुद्ध जन्माउँदा समातेको र संसारभरका बौद्ध धर्मावलम्बीले श्रद्धा गर्ने बोधिवृक्ष काटियो भन्ने भ्रम कति बलियो बनेको रहेछ भन्ने त्यसले देखायो । कतिसम्म भने, काटिएको पीपलको ’टिस्यू कल्चर’ गरेर त्यसबाट लुम्बिनीको ‘मार्केटिङ’ गर्ने अर्थहीन होहल्ला मच्चाउन पनि बाँकी राखिएन ।
वास्तवमा बुद्धको जन्म पीपलमुनि नभएर ललितविस्तर अनुसार प्लाक्ष र अन्य ग्रन्थअनुसार सालवृक्षमुनि भएको हो । उक्त वृक्ष इसाको चौथो शताब्दीमा चिनियाँ यात्री सेङ साइ आउँदासम्म जीवित नै थियो । सन् ४०३ मा लुम्बिनी आएका अर्का चिनियाँ यात्री फाहियानले भने रूखको चर्चा नगर्नुले त्यसको अस्तित्व नरहेको बुझाउँछ । बुद्धको जन्म पीपलको रूखमुनि नभई अन्य वृक्षमुनि भएको र सबै पीपलका रूख बोधिवृक्ष हुँदैनन् भन्ने सामान्य जानकारी नहुँदा यस सम्बन्धी बहस वा क्रियाकलापमा नेपालीको समय बर्बाद भइरहेको छ ।

बुद्धले ध्यान गरेर बोधि–लाभ गरेको रूखलाई बोधिवृक्ष भनिन्छ, तर उक्त जातका सबै रूखलाई बोधिवृक्ष भन्न मिल्दैन । अघिल्ला बुद्धहरूले अन्य जातका रूखमुनि बुद्धत्व प्राप्त गरेको विवरण पाइएबाट पनि सबै बुद्धले पीपलकै रूखमुनि ध्यान गरेको मान्नु परेन । भारतको बोधगयामा बोधिवृक्ष मास्ने प्रयास मौर्य कालमै दुईपटक भयो । त्यसपछि पनि पटक–पटक त्यस्तै प्रयास हुँदा बोधिवृक्ष विनाश नै भयो । भिक्षुणी संघमित्राले एउटा हाँगो श्रीलंका लगेर सारेको हुनाले बोधिवृक्षले निरन्तरता भने आजसम्म पाएकै छ । पछि बोधगयामा पनि श्रीलंकाबाटै हाँगो ल्याएर रोपिएको हो ।
भारत र श्रीलंकाबाट हाँगा लगेर विभिन्न देशहरूमा रोपिएका पीपललाई पनि बोधिवृक्ष नै भनिन्छ । लुम्बिनीमा भने कुन पीपललाई बोधिवृक्ष भनिन्छ भन्ने हेक्का नहुँदा बरोबर लज्जित हुनुपर्ने स्थिति आउने गरेको छ ।


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​गुणस्तरीय शिक्षा प्रवद्र्धनमा लागिपरेका छौँ : मन्त्री पोखरेल

३० कात्तिक, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताएका छन् । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उनले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरिरहेको बताए।मन्त्री पोखरलले गुणस्तरीय

​राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा

३० कात्तिक, बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ गएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् । नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा 

​कोलम्बो प्रोसेस उच्च अधिकारीस्तरीय बैठक शुरु

२९ कात्तिक, काठमाडौँ । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को उच्च अधिकारीस्तरीय बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ । प्रोसेस सदस्य मुलुकका उच्च अधिकारी सहभागी बैठकले सुरक्षित आप्रवासनका अवसर तथा चुनौतीको बारेमा गहन छलफल गरी कोलम्बो प्रोसेसको भविश्यलाई ठोस आकार दिन प्रस्ताव गर्नेछ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री 

अन्तर्राष्ट्रिय

बेलायती प्रधानमन्त्रीद्धारा राजीना दिन अस्वीकार

लण्डन ।  बेलायती प्रधानमन्त्री टेरेजा मेले ब्रेक्जिट मुद्धालाई लिएर आफुले पदबाट राजीनामा दिन अस्विकार गरेकी छन् । ईयूबाट बेलायतको बहिर्गमनसम्बन्धी सम्झौताको मस्यौदालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेसँगै उत्पन्न विवादपछि राजनीतिक बृत्तमा राजीनामाको चर्चा चले पनि प्रधानमन्त्री मेले यसलाई ठाडै अस्वीकार गरेकी हुन् ।

​संसद भवनभित्रै सांसदहरुबीच गोदागोद

२९ कार्तिक, काठमाडौं । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात हालाहाल र धक्कामुक्की भएको हो।

​पर्खाल नाघेर अमेरिका : १९ वर्षीया गर्भवतीले पनि नाघिन् यति अग्लो पर्खाल !

२९ कार्तिक, काठमाडौं । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । 

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top