भू–क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने नेपालको प्रस्ताव


Thursday, 12 Sep, 2019 10:21 AM
२६ भदौ काठमाण्डौ । नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि आएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव राखेको छ । भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्नेमा जोड दिएका हुन् ।

भूमियोग्य जनिमको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौँ मानिसहरुको जीविकामाथि गम्भीर चुनौती खडा गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले विश्वभर कृषियोग्य जमिन घट्दै जाँदै उत्पादकत्व घटेको उदाहरण दिँदै यो चिन्ताको विषय भएको उल्लेख गरे । उनले सम्मेलनबाट भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमिकरणबाट जोगाउन सामूहिक रुपमा दिर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गर्नुपर्ने विचार व्यक्त गरे । मन्त्री बस्नेतले कुनै एक मुलुकले चाहेर मात्र मरुभूमिकरणको विकराल अवस्थासँग मुकाबिला गर्न नसक्ने स्पष्ट गर्दै त्यसका लागि सामूहिक प्रयास र सहकार्यमा जोड दिए ।  

नेपाल जमिनको क्षयीकरण रोक्न प्रयासरत रहेको र त्यसका लागि ठोस योजनाहरुका साथ अघि बढेको जानकारी मन्त्री बस्नेतले गराए ।  त्यसैका लागि सरकारले चालु आर्थिक वर्षलाई वृक्षरोपण वर्ष घोषण गरेको तथा राष्ट्रपति–चुरे तराई मधेस संरक्षण कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गरे ।  यस्तै, उनले वातावरणीय परिवर्तनले ल्याएका चुनौतीको सामना गर्न अनूकुलनका कार्यक्रमहरु अघि सारिएको बताए । उनले  राष्ट्रिय संकल्पका रुपमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराभित्र भू–संरक्षणलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरे । नेपालको कूल क्षेत्रफलको ४४ दशमलव ७४ प्रतिशत भू–भाग वन क्षेत्र र २ दशमलव ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रले ओगटेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसलाई नघटाइने प्रतिबद्धता जनाए ।  यद्यपि नेपालले अन्य सदस्य राष्ट्रहरुका तुलनामा अधिक वातावरणीय चुनौती भोग्नुपरिरहेकामा सम्मेलनको ध्यानाकर्षण गराए । यस्तै, नेपालले समुदायमा आधारित वन व्यवस्थापनमा विश्वमै नमुनायोग्य काम गरेको चर्चा गर्दै उहाँले वन क्षेत्रबाट उत्पादित लाभहरुको समुचित वितरणमा ध्यान दिइएको बताए ।  भू–क्षयको चुनौती सामना गर्न नेपालले माटो र पानीको स्रोत संरक्षण, वन र दिगो भूमि व्यवस्थापन, वातावरण संरक्षण तथा मौसम परिवर्तनसम्बन्धी नीति, ऐन र नियमहरु बनाएर लागू गरेको जानकारी सम्मेलनलाई गराए । 
मन्त्री बस्नेतले सेप्टेम्बर २ मा सुरु भएर १३ सम्म चल्ने बैठकको उच्चस्तरीय सत्रमा नेपाली टोलीको नेतृत्व गर्दै सहभागी भएका हुन् ।  सम्मेलनमा नेपालसहित विश्वका ८९ मुलुकका वन तथा वातारणमन्त्री तथा केही मुलुकका राष्ट्र र सरकार प्रमुखसमेत सहभागी छन् । सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । नेपाल सन् १९९७ मा ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्र’ को सदस्य भएको थियो ।


global ime

runner bike

https://esewa.com.np/#/home

राजनीति

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी

१५ फागुन, काठमाडौँ ।
नेकपाका स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ‍ओलीले  बुधबार बसेको सचिवालय बैठकको निर्णय नमाने ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने गृहकार्य भएको छ ।

संकटमा प्रधानमन्त्री, निर्णय उल्टाए गम्भिर अवस्था आउने चेतावनी

१५ फागुन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ ।

प्रधानमन्त्रीले भने मेराविरुद्ध खेल भए, मुकाबिला गर्न तयार छु

१४ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध षड्‌यन्त्र भएको बताएका छन् । बुधबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओली षड्‌यन्त्रपूर्वक चालिएका खेलहरूको  मुकाबिला गर्न आफू तयार रहेको बताए । 

अन्तर्राष्ट्रिय

इटालीमा कोरोना २५ प्रतिशतले वृद्धि, बहराइनमा पनि संक्रमण

१५ फागुन, काठमाडौँ ।
कोरोना भाइरसको संक्रमण चीन हुँदै विश्वभर देखिन थालेको छ ।  कोरोना नियन्त्रणका लागि विश्वव्यापी प्रयास भइरहेका बेला युरोपका इटाली, अस्ट्रिया, क्रोएशिया, ग्रिस, नर्वे र स्विट्जरल्यान्डमा संक्रमण भेटिएको छ। कोरोनाबाट सबैभन्दा बढी इटली प्रभावित भएको छ ।

दिल्ली हिंसामा ज्यान गुमाउने २० पुगे, मुख्यमन्त्री केजरीवालद्वारा सेना परिचालनको माग

१४ फागुन, काठमाडौं । भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुगेको छ। बुधबार बिहानसम्म उत्तरपूर्वी दिल्लीमा मृतकको संख्या बढेर २० पुगेको हो भने २ सय ५० भन्दा बढी घाइते भएका एएनआइले जनाएको छ। दिल्लीमा हिंसा बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय सरकारलाई सेना परिचालन गर्न आग्रह गरेका छन्। 
 

दिल्ली तनाव साप्रदायिक हिंसामा परिणत, १३ को मृत्यु, १ सय ५० बढी घाइते

१४ फागुन, काठमाडौँ ।
भारतको राजधानी दिल्लीमा जारी नागरिकता कानूनविरुद्ध चर्किएको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत भएको छ । भारत सरकारले ल्याएको नागरिकतासम्बन्धी कानुनको विरोध र समर्थन गर्नेहरुबीच उत्पन्न तनाव, हिन्दु र मुस्लिम समुदायबीच को हिंसामा बदलिएको हो।

विचार / ब्लग

महान क्रान्तिकारी आमा र सासुआमा

- सुदिप रेग्मी
दुई दशकलाई नियाल्दा नेपाली समाजमा धेरै परिवर्तन आए ।विश्वव्यापीकरणको प्रभाव र बढ्दो आधुनिकिकरणले नेपाली जनजीवन परिवर्तन भयो । खासगरी नेपाली युवाहरूको बढ्दो वैदेशिक यात्राले नेपालीहरूको जनजीवन परिवर्तन गर्न उल्लेख्य भूमिका निर्वाह गर्‍यो । स्वदेशमै रहेका युवाहरू शहर केन्द्रित भए ।

सी चिनफिङ भन्छन् -हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्याऔँ

सी चिनफिङ
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको निमन्त्रणामा म छिटै चीनको मैत्रीपूर्ण छिमेकी देश नेपालको राजकीय भ्रमण गर्दैछु । मैले नेपालको भ्रमण गर्न लागेको यो पहिलोपटक हो, तथापि मलाई नेपाल अपरिचित भने लाग्दैन । नेपालमा शानदार पहाड र नदीहरू छन्, विशिष्ट संस्कृति पनि छ । त्यसैले म नेपालको भ्रमण गर्न धेरै पहिलेदेखि लालायित थिएँ । मैले चीनको भ्रमण गर्नुभएका धेरै नेपाली नेताहरूसँग धेरैपटक भेटवार्ता गरेको छु र उहाँहरूसँग गहिरो मित्रता पनि गाँसेको छु ।

भारतीय फुटबल स्टार सुनील छेत्रीले मेस्सीले भन्दा बढी गोल यसरी गरे

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी सर्वकालीन फुटबल खेलाडीहरूमध्ये सर्वोकृष्ट हुन्। यी दुवै खेलाडी क्लब वा देशका लागि खेल्दा गोल गर्न सिपालु छन्। तर यी दुवै महान् खेलाडीले अन्तर्राष्ट्रिय खेलमा गरेका गोल सङ्ख्याको सूचीको बीचमा अर्का खेलाडी छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। मेस्सीले भन्दा धेरै गोल गरेका खेलाडी भारतीय राष्ट्रिय टोलीका कप्तान सुनील छेत्री हुन् भन्दा अझ धेरै आश्चर्य लाग्न सक्छ। आइतवार राति थाईल्याण्डविरुद्धको एशियाली कप २०१९ अन्तर्गतको 
Top