राजनितीको हिस्सा नबनोस खप्तडको सुन्दरता


Thursday, 24 Nov, 2016 5:49 PM

९ मंसिर,काठमाडौँ ।
पिएन ओझा
नेपालको पर्यटकीय सुचिमा  पर्ने मध्येको एक हो एकदमै रमणिय र मनमोहक स्थानमा खप्तड राष्ट्रिय निकुञ्ज । नेपालको सुदुरमा पर्ने यस निकुञ्जमा विभिन्न प्रकारका जडिवुटि पाउनुका साथै, अनेक प्रजातिका पशुपंक्षिहरु पनि भेटाउन सकिन्छ ।

राजधानीबाट टाढा रहेकोले पनि पर्यटकहरुको यो ठाउँमा आँखा नपुगेको तितो यथार्थ रहेको विश्लेष्कहरुको बुझाई छ । यो  निकुञ्ज अछाम, बझाङ, बाजुरा र डोटीको विचमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्जको संरक्षणका लागी भनेर, खप्तड विकास बोर्ड र अन्य विभिन्न समितिहरु पनि गठन भएका छन् ।

संरक्षण र संबद्र्धनका लागि बर्षेनी लाखौ बजेट आउने गरेको छ तर उक्त बजेटको सहि सदुपयोग हुन नसकेका कारण दिन प्रतिदिन खप्तड राष्ट्रिय निकुञ्जको सौन्दर्यता ओइलाउँदै गएको देखिन्छ ।

विकास बोर्ड समितिको अध्यक्षका लागि राजतिनिक भागबन्डाका कारण संरक्षणमा आएको बजेट नेताहरुलाई कार्यक्रता पाल्ने मजबुद आधार बनेको छ । 
  नेपाल सरकारले उच्च पर्यटक आगमनका लागि छुट्याएको बजेट हिनामिना हुँदा पनि उक्त क्षेत्रका सरोकारवाला निकायले ध्यान नदिनु भनेको गैरजिम्मेवारि पूर्ण  हो । समितिमा बसेका पदाधिकारि स्वयम निकुञ्जभित्र प्रवेश गरि जङ्गली जनावरको  शिकार गर्ने लगायतका जघन्य अपराधहरुमा पनि सरीक भएका समाचारहरु सुुन्न पढ्न पाइन्छन् ।

यदि संरक्षणका लागि छुट्टयाइएको बजेटको सहि सदुपयोग मात्रै हुने हो भने पनि सुन्दर सुदुरपश्चिमले अझै उचाइ चुम्थ्यो । किनकि राम्रो सम्भावना बोकेको पर्यटकिय गन्तव्य हो खप्तड राष्ट्रिय निकुञ्ज । राजनितिको खोल ओडेर लाजनितीको घोडा चढ्नेहरुले यो कुरालाइ मनन गर्ने हो भने निकुञ्जलाइ व्यवस्थित गर्न सहज हुन्थ्यो । जसले गर्दा स्थानिय हजारौँ युवाहरुले विदेशीनुको साटो त्यहि नै रोजगारको अवसर पाउन सक्थेँ । 
  
संरक्षण समितिका पदाधिकारीहरुले बाहिर एउटा व्यवसाय देखाएर निकुञ्जका लागि आएको रकमले घर बनाउनु, चिल्लो गाडि चड्ने प्रवृतिको अन्यकालागि सरोकारवाला निकाय पनि खासै बोल्न सकेको छैन । यसको अन्त्य हुनु जरुरी छ । 

बर्षै स्थानियस्तरमा राजनिति गरेर दुनो सोझाउने र  गलत छवि भएका व्यक्तिलाई, संरक्षण समितिको नयाँ  कार्यसमिति चयन गर्ने गरिन्छ ।
राजिनिति भागबण्डाका कारण ओझेलमा नपरोस पर्यटकिय स्थल खप्तड राष्ट्रिय निकुञ्जको सुन्दरता ।



Nmc

bijuli

paicho

bussewa

राजनीति

एमालेले जितेका सबै स्थानमा काँग्रेस- माओवादीबीच चुनावी तालमेलको घोषणा

१५,वैशाख,म्याग्दी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । काँग्रेस र माओवादी केन्द्रले दुई दुईवटा 

द्वन्द्वपीडितको राहत रकम एमाले नेताको खल्तीमा, पीडितद्धारा उजुरी

१५ वैशाख,काठमाडौं । सशस्त्र द्वन्द्वकालमा १३ वर्षअघि हत्या गरिएका खोटाङ, जन्तेढुंगा–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई तामाङले सरकारबाट प्राप्त ५ लाख रकम मध्ये ४ लाख ३० हजार रुपैयाँ 

सुदुरपश्चिमबाट माओवादीले उठायो देशकै ‘कान्छा’२१ वर्षीय युवा डिल्लीराजलाई चुनावी मैदानमा

१५,वैशाख,काठमाडौं । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा देशको कान्छो उमेदवार कैलालीको धनगढी उप–महानगरपालिका वडा न . ४ को वडा अध्यक्ष पदको उमेदवारमा

प्रवास/अन्तर्राष्ट्रिय

​टर्कीमा नौ हजार प्रहरी अधिकारी निलम्बित

१४ वैशाख, अङ्कारा  । टर्कीमा बुधबार अबेर राति गुलेनिस्ट समूह अर्थात फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)सँग आवद्ध भएको आशङ्कामा नौ हजार १०० प्रहरी अधिकारी निलम्बित भएका राज्यद्वारा सञ्चालित अनाद्लु समाचार समितिले जानकारी दिएको छ । बुधबार

भारत अधिनस्थ काश्मिरमा तीन सैनिकको मृत्यु

 १४ वैशाख, श्रीनगर (भारत अधिनस्थ) । भारतको अधिनस्थ काश्मिरमा बिहीबार संदिग्ध आतङ्ककारी गरेको आक्रमणमा परी कम्तीमा तीन सैनिकको मृत्यु भएको छ । यो घटना सो इलाकामा भारतीय अधिकारीले इन्टरनेट सेवा प्रवन्धकलाई फेसबुक, ट्वीटरलगायतका २२ वटा 

​पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

१४ वैशाख, इस्लामाबाद  । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । 

बिचार

​महिलाहरू कसैका खेत होइनन्, मन लागेको बेला जोत्न पाइने

राजनीतिमा महिलाको भुमिकाको चर्चा सधै भइरहन्छ। राजनीतिमा महिलाको भुमिका कहिले पर्दा पछाडी हुन्छ त कहिले अगाडी । कहिले महिलाले राज्यसत्ताको उपयोग गर्छन त कहिले राजनीतिले महिलालाई बस्तुको रुपमा प्रयोग गरेर राजनीतिलाई प्रभावित गरिन्छ। नेपालको सन्दर्भमा राज्यसत्ताको प्रयोग 

​यसकारण पतन हुनेछ एमाले

सुरुमै प्रस्ट्र भनौं, यो कसैलाइ लक्षित गरि लेखिएको लेख होइन । बस् ,जिम्मेवार दलको चरित्रलाइ केलाउँदै मतदातालाइ सचेत पार्ने एक चेष्टा मात्र हो ।दुई दशकपछि  स्थानीय चुनाब हुन गइरहँदा यो देशमा लाखौं नयाँ निर्णायक मतदाता जन्मिएका छन् । कयौं लामो संक्रमणकाल अन्त्य हुनैलाग्दा भइरहेको निर्वाचनले देशलाइ गतिशिल मात्र बनाउने छैन, दुरदराजका नेपालीले संघियताको आयाम र महत्वबारे बुझ्नेछन् । दैनिक जनजीबनमा आइपर्ने हरेक

आईजीपी प्रकरणः प्रधानमन्त्रीले प्रहरी प्रमुख छान्ने कि अदालतले ?

के एकजना कार्यकारी सरकार प्रमुखले एकजना सेनाप्रमुख, प्रहरी प्रमुख, कर्मचारी प्रमुख वा अन्य कुनै विश्वासिलो अधिकारी कानुुनको जगमा टेकेर छान्न पाउँदैन ? प्रचण्डले नियुुक्त गरेका आईजी जयबहादुर चन्द वाइसियलका प्रमुख पनि थिएन्न, पूर्वडेपुटी कमाण्डर पनि थिएनन् । र, सरकारका लागि अर्का दाबेदार डीआइजी नवराज सिलवाल पनि सौताका छोरा वा दानव थिएनन् । 

Top