siddhartha

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

भरत लामिछाने, अधिवक्ता


Saturday, 2 Dec, 2017 4:39 PM
दार्शनिक प्लेटोले एउटा आर्दश राज्यको कल्पना गरेका थिए । म्याग्नेसिया नाम दिएको प्लेटोकोे कल्पनाको आर्दश राज्य र हामी नेपालीले कल्पना गरेको एउटा विकशित र समृद्ध नेपाल सायद उस्तै होला रु यही म्याग्नेसियाको कल्पनामा हामीले २००७ सालमा राणा शासन फाल्यौं, २०४६ सालमा पञ्चायत ढाल्यौं अनि २०६३ सालमा गणतन्त्र घोषणा ग-यौँ । राजनीतिक व्यवस्था परिवर्तन भएपछि देश विकास हुन्छ भन्ने मनोविज्ञानका कारण हामी सधैं व्यवस्था परिवर्तनका पछाडि लाग्यौँ । छोटो समयमा ठुलाठुला राजनैतिक परिवर्तन हामीले चाहेअनुरुप भए तर हामीले खोजेको भोक, रोग र अशिक्षाबाट मुक्त समृद्ध नेपालको नागरिक हुने चाहना भने पूरा भएन । हामीले खोजेजस्तो राजनीतिक परिवर्तन हुने तर खोजे जस्तो विकास नहुने किन होला ?

विकशित मुलक हेर्ने हो भने विकासको आधार त्यहाँको राजनीतिक व्यवस्थाभन्दा सरकारको भूमिका महत्वपुर्ण देखिन्छ । विश्वमा उत्कृष्ट मानिएको संसदीय व्यवस्था अङ्गिकार गरेको र विश्वमा सवैभन्दा कान्छो संविधान भएको हाम्रो मुलुकमा विकासले गति नलिनु सरकारको अस्थिरता नै हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।   विकास र समृद्धिका लागि स्थायी सरकार चाहिन्छ भन्ने कुरा जनस्तरमा मात्र होइन राजनीतिक दलहरुले पनि महसुस गरेका छन । बहुमतको सरकार बनाउने उदघोषका साथ योे पटक हुन गइरहेको आम निर्वाचनमा विभिन्न गठबन्धनको निर्माण गरेर दलहरु चुनावमा होमिएका छन ।

सरकारको स्थिरताको आवश्यकता बुझेर नै संविधानमै मन्त्रीमण्डलको संख्या तोकिएको छ । सरकारउपर ल्याइने अविश्वासको प्रस्तावका लागि कडाइ गरिएको छ । प्रत्यक्ष निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दललाई समानुपातिकको सिट बाडफाँडमा सहभागी हुनबाट बञ्चित गर्दैै थ्रेसहोल्डको व्यवस्था गर्ने कानून बनेको छन् । विगतमा कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा सधैं सरकार बनाउने र ढलाउने दौडमा रुमलिएका कारण विकासका मुद्दा ओझेलमा परको अनुभव हामीसँग प्रशस्तै छ । एकदुई सिटे दलहरुको च्याँखेदाउ र ठुला दलले सत्तामा जानका लागि सांसदको किनवेच, अपहरण र सुरासुन्दरी प्रकरण देशले धेरै व्यहोरेको छ । शक्तिका लागी कुर्चीमा पुग्नै पर्ने र कुर्चीका लागि जे गर्न पनि तयार हुने मनोवृत्तिका कारण देशले कहिल्यै स्थिर सरकारको अनुभव गर्न पाएन ।

सधै सत्तामा बसेर देशको ढुकुटीमा मोज गर्न पल्केका केही नवमहाराजाहरुका कारण संसदीय व्यवस्था नै खराव हो कि भन्ने आम बुझाइ बनेको छ । तर, ठुला दलमा सवै खराब मान्छे मात्र नेतृत्वमा छैनन, यी दलमा भएका त्यागी निष्ठावान र भिजन भएकालाई छानेर मत दिंदा असल मान्छे सरकारमा पुग्ने र स्थिर सरकार बन्ने अवस्था देखिन्छ ।

सधैं अस्थिरताबाट निराश भएका जनताको सहानुभूति प्राप्त गर्न आफूलाई वैकल्पिक शक्तिको रुपमा परिचय गराउदै केही दलहरुको उपस्थिति यो पटकको निर्वाचनमा देखिएको छ । यो पटक राष्ट्रिय दलमा दरिन सकेमा आगामी निर्वाचनसम्म ठुलो दल हुने सपना बोकेका यी दलका नेताहरुको विगत हेर्दा धेरै आशा गर्ने अवस्था छँदै छैन । आर्कषक परिवर्तनका नारा दिने दलहरु यस अगाडि संसदमा नभएका पनि होइनन् ।

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा गएर केही गर्न सक्दैनन् भन्ने यिनै उदाहरणबाट बुझ्न सकिन्छ । नारायणमान विजुक्छे र चित्रबहादुरको निष्ठाको राजनीति, विकासको भिजन, संघर्ष  र त्यागसँग नयाँ दलका कुनै नेताहरुको तुलना हुनै सक्दैन ।

देश विकासको स्पष्ट खाका नभएका केवल विकाउ र आर्कषक नारा लिएर चुनावमा होमिएका यस्ता दलहरुले संसदमा गएर खबरदारी त गर्लान तर समग्र देशको विकासका लागि यिनीहरुको तात्विक भूमिका हुने देखिँदैन । त्यसकारण यो पटक देशको आवश्यकताले मागेको बहुमतको सरकार निर्माण हो । यस्तो परिस्थिति सृजना भएको समयमा मतदाताले बामगठबन्धन छोडेर अन्य विकल्प खोज्नतिर लाग्नु भनेको देशलाई फेरि पाँच बर्ष अस्थिर बनाउनु मात्र हुनेछ ।
advocatebharat3@gmail.com


Ruslan

paicho

bussewa

राजनीति

​यी हुन् एमाले माओवादीबीच भएका भागवण्डा, मन्त्रालयका सूचीसहित

 १० फागुन काठमाडौ। विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको भागवण्डा  टुङ्ग्याएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट गरेको स्रोतको भनाई छ । 

ओलीसँग वार्ता सकिएलगत्तै प्रचण्डले किन बोलाए पूर्वहेडक्वार्टर सदस्यहरुको बैठक ?

१० फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पूर्वहेडक्वार्टर सदस्यहरुलाई आफ्नो निवासमा बोलाएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि प्रचण्डले आफ्ना नेताहरुलाई खुमलटार निवासमा जम्मा हुन सर्कुलर जारी गरेका हुन् । बैठकका लागि नेताहरु खुमलटारमा जम्मा भएका छन् ।

पार्टी एकता र मन्त्रालय भागवण्डामा अझै सहमति जुटेन, दुई कार्यदलको बैठक बालुवाटारमा जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको प्रारम्भिक आधार तयार पारेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बिहीबारबाट एकताको थप गृहकार्य सुरु गरेका छन् । पार्टी एकताको लागि संगठनात्मक र प्रतिवेदन तयार पार्न बनाइएका दुई कार्यदलले आजबाट काम सुरु गरेका हुन्

अन्तर्राष्ट्रिय

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

१० फागुन, अबुजा । नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिएका छन् । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना सदस्यलाई बुधबार घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिनुभएको सरकारका प्रवक्ताले जानकारी दिए । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ अब पार्टी अध्यक्ष बन्न नमिल्ने

१० फागुन। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहिरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाजको अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले ठहर गरेको हो । प्रधानन्यायाधीन मेन साक्विब निसारको नेतृत्वमा 

भारतीय फिल्मस्टार हसानले खोले नयाँ राजनीतिक पार्टी

१० फागुन ।  भारतीय फिल्मस्टार कमल हसानले नयाँ राजनीतिक पार्टी खोलेका छन् ।भारतको दक्षिणी राज्य तामिलनाडूमा हसानले नयाँ पार्टी खोलेको घोषणा गरेका हुन । ६२ वर्षका  हसानले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । सो राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

विचार / ब्लग

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 

१२ वर्षपछि प्रचण्डले सम्झिएकी दिपा

आफ्नो बच्चा बिरामी भएर धौलागिरी अन्चल अस्पताल बागलुङमा उपचार गराउँदै थिइन् दिलमाया रोका दिपा । बिहानको समय, त्यस्तै सवा आठ भएको हुँदो हो, उनको मोवाईलमा घण्टी वज्यो । उनले मोवाईल हेरिन कुनै परिचित नम्वर त थिएन, तै पनि फोन उठाईन । उनले हेलो भन्दा नभन्दै उताबाट आवाज आयो कतै परिचित जस्तो । हेलो दिपा जि हो ?

​नेपाल नीतिमा ‘फ्लेग्जिवल’ मोदी, ‘विन ओभर नेपाल’ नयाँ एजेण्डा !

नयाँ दिल्लीमा शुक्रवार सम्पन्न नेपाल भारत प्रबुद्व समुह ‘इपीजी’को छैठौं बैठकमा भारतले देखाएको लचकताले भारतले आफ्नो नेपाल नीतिमा केही परिवर्तन ल्याउन खोजेको संकेत गरेको छ । नेपालमा नयाँ राजनीतिक परिवर्तनपछि बसेको इपीजीको यो पहिलो बैठक हो । नेपाल र भारतबीच भएका सन्धि र सम्झौताको पुनरावलोकन गरी सम्बन्धको नयाँ आयाम खोज्ने कार्यादेश पाएको ‘इपीजी’ समुहले कुनै ठोस सहमति गर्न नसक्ने भएपनि उसको निष्कर्ष दुवै देशका लागि नैतिक बन्धनयुक्त  भने अवश्य छ :
Top