cg electronics
nlic

विद्युतीय प्रवाहको जोखिममा बालबालिका


Wednesday, 16 May, 2018 4:30 PM
२ जेठ, दोलखा । दोलखा भिमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयमा अध्ययनरत् करीब चार सय ५० बालबालिका विद्युतीय प्रवाहको उच्च जोखिममा रहेका छन् । 

भूकम्पपछि निमार्ण भएका जस्ताको टहरोमाथिबाट लामोसाँघु जिरी खण्डको १३२ केभी विद्युत् प्रशारण लाइन गएका कारण उनीहरु उच्च जोखिममा रहेका हुन् । 

विद्यालय वरपरी दुईवटा राष्ट्रिय प्रशारण लाइनका पोलमा तार जडान गरिएको छ भने अन्य आठवटा पोल गाडेर गाउँलेलाई नै विद्युत् आपूर्ति गर्दा विद्यालयमा सधँै विद्युतीय प्रवाह हुन सक्ने त्रास त्यहाँका वालवालिका, शिक्षकशिक्षिका र अभिभावकमा देखिएको छ । 

विद्युतीय प्रवाहको त्रासमा विद्यार्थीको पठनपाठनमा समस्या त छन् नै, त्यसमा पनि विद्यालयमा आउँदा विद्यार्थीलाई कति खेर के हुने हो भन्ने त्रासमा बाच्न वाध्य भएको सो विद्यालयका अभिभावक काजी बुढाथोकीले बताए । 

कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालय जिल्लाकै अग्रेणी विद्यालयको रुपमा पर्छ । तर विद्युतीय प्रसारण लाइनका कारण विद्यालयको भौतिक पूर्वाधार बन्न सकेका छैनन् । विद्यालयका प्रअ किशोर दाहाल भन्छन्, “हामीलाई पठनपाठन गर्न समस्या छ, विद्यार्थीलाई यस बाहेक अन्यत्र जग्गा नहुँदा कतै लैजाने र सार्न पनि सकेको छैन ।” 

यो प्रशारण लाइनका कारण वर्षात् हुँदा, चट्याङ पर्दा र हावाहुरी चल्दा विद्यालय बन्दै गरेर हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

विद्युत् प्राधिकरणका दोलखा शाखा कार्यालयले यस विषयमा केही गर्न नसक्ने जनाएको छ । विद्युत् प्राधिकरण दोलखाका कार्यालय प्रमुख अमृतबाबु अधिकारीले शुरुमा नै सरकारले मुआब्जा दिएकाले प्रशारण लाइनको नौ मिटर वरपर कुनै पनि खालको भौतिक संरचना निमार्ण गर्न नमिल्ने र प्रशारण लाइनका पोल सार्न समेत नमिल्ने बताउछन्। 

उनि भन्छन्, “ठूलो भोल्टेज क्षमता भएको प्रशारण लाइन भएकाले यसमा केबुलिङ समेत गर्न मिल्दैन, यस्ता ठाउँमा भौतिक संरचना निमार्ण गर्न र त्यसमा पनि झनै विद्यालय जस्तो संवेदनशील क्षेत्र नै सञ्चालन हुनु भनेको जोखिम बढाउनु जस्तै हो ।” 

विद्यालय प्रशासनले भने यहाँबाट कि त विद्यालय सारिदिनु पर्छ, कि त प्रशारण लाइन नै । विद्यालयका प्रअ दाहाल भन्छन्, “हामीले सम्बन्धीत सरकारी संयन्त्र, जिल्लाका राजनीतिक दल र सांसदसँग पनि यसवारेमा पटक पटक छलफल र जानकारी गरायौं, प्रशारण लाइनका कारण हामी जोखिममा पयौं तर कतैबाट कुनै सुनुवाइ अहिलेसम्म हुन सकेको छैन ।” 

हालै जिल्ला शिक्षा कार्यालय दोलखाले सोही स्थानमा विद्यालय भवन निमार्ण गर्न भन्दै रु ९८ लाख बजेट उपलब्ध गराएको छ । तर विद्यालयको आफ्नै समस्या रहेको बताउँदै प्रअ दाहाल भन्छन्, “भवन निर्माण नगर्दा विद्यार्थीलाई पढ्ने स्थान छैन, गर्दा भने विद्युतीय प्रवाहको उच्च जोखिम स्थान छ ।” 

विद्यालय हाताभित्र हाई भोल्टेजका प्रशारण लाइन भएकै कारण इन्टरनेट नचल्ने कम्युटर पट्कने जस्ता समस्या समेत देखा परेको विद्यालयका शिक्षक शिक्षिका बताउछन् । 

विद्युतीय प्रवाहको डर तथा चट्याङ र हावाहुरीजस्ता प्राकृतिक प्रकोप निम्तिनसक्ने डरले यहाँका विद्यार्थी विद्यालयमा अध्ययन गर्न जाने की नजाने भन्ने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् । 
 


Ruslan

paicho

bussewa

राजनीति

​संघीय समाजवादी फोरम सरकारमा सहभागी हुँदै

१४ जेठ, काठमाडौ । संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई बुँदे सहमति भएपछि संघीय समाजवादी फोरमलाई सरकारमा जान बाटो खुलेको हो । सहमतिमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौ ।  राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५\७६को नीति तथा कार्यक्रम पारित गरेको छ । बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आवको नीति तथा कार्यक्रम पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफपछि सदस्य राधेश्याम अधिकारी, वृषेशचन्द्र लाल, जीतेन्द्रनारायण देव, प्रमिला कुमारी र अनिता देवकोटाले प्रधानमन्त्रीले 

राष्ट्रियसभा बैठक शुरु

१३ जेठ, काठमाडौ । राष्ट्रियसभाको आजको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री ओलीले यही जेठ १० गते राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए । छलफलका क्रममा तीन संशोधनसहित राष्ट्रियसभा सदस्यले आफ्ना धारणा राखेका

अन्तर्राष्ट्रिय

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जोन उनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए। शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो। उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो।

उत्तर कोरियाले दक्षिण र अमेरिकासँग सम्बन्ध सुधार्न गर्यो यस्तो ‘ब्रेक थ्रु’

१० जेठ, काठमाडौं । उत्तर कोरियाले आफ्नो एकमात्र परमाणु परीक्षण स्थलमा रहेको सुरुङलाई ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका खबरअनुसार उत्तर कोरियाले कोरियाई प्रायद्विपमा रहेको तनाव कम गर्न यो कदम उठाएको हो । परमाणु परीक्षण स्थलको नजिक उपस्थित कयौं विदेशी पत्रकारहरुले त्यसक्रममा एक ठूलो विस्फोट देखेको बताएका छन् । 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top