siddhartha

इंडियन टिभी शो “बिग बोस–११” १ अक्टोबर देखि सुरु हुने, जान्नुहोस् कन्टेस्टेन्ट लिस्ट


Wednesday, 13 Sep, 2017 5:16 PM
सलमान खानका फ्यानहरु हरेक बर्ष बिग बोसको प्रतिक्षा निकै आतुर भएर गर्ने गर्छन् । अनि हरेक बर्ष सलमानले शायद बिग बोस होस्ट गर्दैनन् भन्ने हाल्लाले पनि निकै नै चर्चा पाउने गर्छ । तर यस बर्ष पनि सलमानले आफ्ना फ्यानहरुलाई निराश गर्न चाहेनन् र बिग बोस–११ होस्ट गर्ने भएका छन् ।


अब भने दर्शकहरुको प्रतिक्षाको घडीको अन्त्य हुने भएको छ । बिग बोस–११ को टेलिकास्ट डेट यसका संचालकहरुले फाइनल गरिसकेका छन् । यो बर्ष यो शो १ अक्टोबर देखि सुरु हुने भएको छ । इंडियन टिभी च्यानल कलर्समा यो शो सोमबार देखि शुक्रबार  रातिको १०–११ बजेसम्म र शनिबार र आइतबार ९–१० बजेसम्म प्रशारण हुने भएको छ ।

बिग बोसको नयाँ प्लान, शामिल भएका कन्टेस्टेन्टले पाउनेछन् छिमेकी

गत बर्षको जस्तै यस बर्ष पनि सेलिब्रेटिहरुको साथ सर्वसाधारण मानिसहरुको पनि यो शो मा सहभागिता हुनेछ । खबरको अनुसार यो बर्ष शो मा भाग लिने सर्वसाधारणहरुलाई पैसा भने दिइने छैन र उनीहरु शो मा आफ्ना परिवारहरुको साथमा आउन सक्नेछन् ।
बिग बोस–११ को घर भूताहा घर हुनेछ, यसमा धेरै हैरान गराउने खालका रहस्यहरु पनि हुनेछन्

सलमान खान र मोनी रायले शो को टेलरको शूटिंग गरिसकेका छन् । यो बर्ष बिग बोसमा दुई वटा घरहरु हुनेछन्, र जहाँ कन्टेस्टेन्टहरुले टास्क जितेर लग्जरी लाइफ जिउने मौका मिल्ने छ ।

रिर्पोटको अनुसार यी सेलिब्रेटीहरु बिग बोस–११ मा देखा पर्ने भएका छन्ः

१. “भाबीजी घर पर हैं” की पुरानी अंगुरी भाभी “शिल्पा शिंदे”



२. रियालिटी शो “स्परिस्टुसविला” मा देखिएका र अहिले “एक विवाह ऐसा भी” मा व्यस्त रहेका "अभिष्मेक मलिक"



३. सोसल मिडियामा भाइरल भैसकेकी “ढिंचक पूजा”



४. कमेडियन र इन्टरनेट सन्सेशन “हर्ष बेनीवाल”


५. “सासू मा” का लिड एक्टर “पर्ल वी पुरी”



६.“कुछ कुछ होता है” मा शाहरुख खान की छोरीको रोलमा देखिएकी “सना सईद”


 


 


Ruslan

jagadamba srawan 18

paicho

bussewa

राजनीति

​रसुवामा विप्लव समूहका कार्यकर्ता पक्राउ

६ मंसिर, रसुवा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको रसुवा जिल्ला कार्यवाहक इञ्चार्ज लेखनाथ लामिछानेलाई आज प्रहरीले पक्राउ गरेको छ । कालिका गाउँपालिका– ३ धारापानीका लामिछानेलाई सोही क्षेत्रबाट पक्राउ गरिएको हो । लामिछानेमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक सरत्कुमार थापा क्षेत्रीले जानकारी दिए । 

​बारामा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार शुन्य

५ मंसिर, बारा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुको प्राथमिकतामा एउटा महिला नपरेपछि बारा जिल्लामा राजनीतिक गर्ने महिला सकसमा परेका छन् । समानुपातिक समावेशिताको नारा दलहरुले जतिसुकै दिए पनि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले बाराबाट कुनै पनि महिला उम्मेदवार नदिनुलाई महिलाप्रति विभेद् भएको बारावासीको गुणासो छ । 

​गुल्मी १ का उम्मेद्धार ज्ञवालीको प्रतिबद्धता, गाउँमा बोका–राँगादेखि विमानस्थलसम्म

हुमाकान्त पोखरेल
६ मंसिर, गुल्मी
 । गुल्मी क्षेत्र नम्बर १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका नेकपा एमालेका प्रदिप ज्ञवालीले आफ्ना चुनावी एजेण्डाहरु सार्वजनिक गरेका छन् । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी उनले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका हुन् । ज्ञवालीले स्थानिय स्तरदेखि राष्ट्रिय स्तरसम्मका आयोजनाहरु समयमै सम्पन्न 

अन्तर्राष्ट्रिय

जिम्बाबेका राष्ट्रपति मुगाबेले दिए राजीनामा

६ मंसिर ।  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले राजीनामा दिएका छन् । ३७ वर्षदेखि सत्तामा रहेका मुगावेले मंगलबार राजीनामा दिएका हुन । उनको राजीनामासँगै देशका सडक तथा संसदमा खुशीयाली मनाइएको बिबिसीले जनाएको छ । मुगावेको राजीनामा सम्बन्धी पत्र संसदमा सभामुखले पढेर 

​जर्मनीको राजनीतिक संकट : गठबन्धन सरकार बनाउने वार्ता भङ्ग

५ मंसिर, काठमाडौं । जर्मन चान्सलर एंगेला मर्केलले अल्पसंख्यकको सरकार गठन गर्नुभन्दा आफूले ताजा चुनावको विकल्प रोज्ने बताएकी छन् । गठबन्धन सरकार बनाउने वार्ता भङ्ग भएपछि जर्मन राजनीतिक संकटमा फसेको छ । चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नदेखेको बताइन् ।

अमेरिकाले उत्तर कोरियालाई फेरि चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने

५ मंसिर । अमेरिकाले उत्तर कोरियालाई पुनः चरमपन्थीको समर्थन गर्ने देशको सूचीमा राख्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा उत्तर कोरियालाई चरमपन्थीहरुलाई समर्थन गर्ने देशको सूचीमा राख्ने प्रस्ताव गरेका छन्। यसअघि पनि अमेरिकाले उत्तर कोरियालाई 

विचार / ब्लग

विप्लवको अराजनीतिक हर्कत, हिम्मत भए घोषणा गरेर युद्धमा जाउ, कायरता देखाएर आतंकित नपार

विष्णु पोखरेल
पछिल्लो समय निर्वाचनको माहोल नजिकिँदै जाँदा उमेद्वारहरूमाथि एकपछि अर्को गर्दै आक्रमण भइरहेका छन् । दैनिक तीनचारवटासम्म माइन विस्फोट भइरहेका छन् । हालसम्म कसैको मृत्यु भइनसकेको भएपनि आक्रमणको शैली कसैलाई तर्साउने हैन, घात लगाएर मार्ने उद्देश्यले नै आक्रमण गर्न खोजिएको देखिएको छ । पश्चिम रुकुममा माओवादी केन्द्रका उमेद्वार जनार्दन शर्मामाथि गरिएको बम आक्रमणबाट सुरु भएको यो सिलसिला रोल्पामा बर्षमान पुन,

‘जन्मभूमी’मा देउवाका पाँच गल्तीहरु : महाकाली सन्धिदेखि बस्ती विस्थापितसम्म !

प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति हुन । २०४८ सालदेखि हालसम्म उनले सुदुरपश्चिमबाट मात्रै चुनाव लडे । उनी कहिल्यै पराजित भएनन् । घाम पनि अस्तान मात्रै पश्चिम आउछ भन्ने नेपाली समाजका लागि डडेल्धुराजस्तो विकट पहाडी जिल्लाको व्याक्ति पटक–पटक प्रधानमन्त्री बन्नु सुदुरवासीका लागि गौरवकै विषय हो । 

​युवाले हाँक्दै गरेको विश्व र हाम्रो युवा नेतृत्व

ओम प्रकाश घिमिरे 
नेपालीहरुले बहुदलीय राजनीतिक प्रणालीको अभ्यासमा निर्वाचन मार्फत जनप्रतिनिधि चयन गर्न थालेको इतिहास झण्डै ६ दशक लामो  छ । यस अवधिमा ४ वटा प्रतिनिधिति सभाको निर्वाचन, २ वटा संविधान सभाको निर्वाचन र तीनवटा स्थानीय निर्वाचन मार्फत नेपाली नागरिकहरुले जनप्रतिनिधि चयन गरेका छन् । तर निर्वाचनहरुमा नियमितता हुन नसकेका कारण यो ६ दशकको अवधिमा थोरै निर्वाचनहरु मात्र भएका हुन् । वि.स.२०७४ साल 
Top