syangyong
cg

​वीरगंजका मेयर सरावगीको राजीनामा हल्लामात्रै !


Friday, 14 Sep, 2018 4:04 PM
२९ भदौ, काठमाडौ‌ं । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले संघीय समाजवादी फोरम नेपालको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको खबर बिहानैदेखि फैलियो । धेरैजसो सञ्चारमाध्यमले पार्टीको अनावश्यक दबाब खेप्न नसकेर राजीनामा दिएको भन्ने समाचार पनि प्रकाशन गरे । 

तर सरावगीले अहिलेसम्म राजीनामा नदिएको प्रतिनिधिसभा सदस्य समेत रहेएका संघीय समाजवादी फोरम पर्साका अध्यक्ष  प्रदीप यादवले खुलासा गरेका छन् । 

‘पार्टीसँग उहाँको असन्तुष्टि होला तर राजीनामाको बारेमा भने हामीलाई अहिलेसम्म कुनै जानकारी आएको छैन’, यादवले भने,  ‘मेयरमा निर्वाचित भएको एक वर्ष पुग्नै लागेको र पार्टीले एक वर्षमा के–के गर्नुभयो भनेर सोध्न खोज्दा यस्तो हल्ला बाहिर आएको हो । मेयरले जे पायो त्यही गल्ती त गर्नु भएन नि ।’

एक वर्ष पुग्दा पनि वीरगंजका नागरिकले सहज अनुभूति गर्न नपाएको, महानगरमा जथाभावी कर्मचारी नियुक्त गरिएको, एडीबीसँगको सहकार्यमा भएको सबै प्रोजेक्टहरुको काम सकिएको भनिए पनि डुबानको अवस्था अझै उस्तै रहेको लगायत विभिन्न ५ वटा विषयमा पार्टीले जवाफ मागेपछि मेयर सरावगीले राजीनामाको हल्ला फैलाएको उनको भनाई छ ।  

पार्टीको नगर कमिटीले मेयर सरावगीसँग विभिन्न ५ वटा विषयमा जवाफ माग गर्ने निर्णय गरेको थियो । पार्टीको नगर इकाई कमिटीका अध्यक्ष इश्वर यादवले सोमबार जवाफ माग गर्दै पत्र दिन जाँदा आफूले राजीनामा दिएको भन्दै सरावगीले पत्र बुझ्न अस्वीकार गरेका थिए । 

नागरिकले अनुभूति गर्ने गरी काम गर्नुपर्यो भन्दा पार्टीले दबाब दिएको भन्दै राजीनामाको हल्ला चलाएर पार्टी नेतृत्वसँग बार्गेनिङ गर्न खोजेको जिल्ला अध्यक्ष यादवको आरोप छ ।   

यसअघि मेयर सरावगीले महानगरको विशेष नगरसभामा काम गर्न नदिए राजीनामा दिने अभिव्यक्ति दिएका थिए । 

महानगरमा इञ्जिनियर तथा कर्मचारी करारमा नियुक्ति गर्दा पार्टी हित विपरीत एकलौटी गरेको भन्दै पार्टी भित्रै उनको विरोध भएको थियो । 


Ruslan

machha bank

ime

MEGA COLLEGE

राजनीति

​‘कोलम्बो प्रोसेस’को बैठक बिहीबारदेखि काठमाडौँमा

२८ कात्तिक, काठमाडौँ । आप्रवासी श्रमिकका साझा हकहित र चासोबारे परामर्श एवं अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा छलफल गर्न भोलिदेखि राजधानीमा ‘कोलम्बो प्रोसेस’को बैठक हुँदैछ । बैठकमा १२ देशका मन्त्री, उच्च अधिकारी एवं सरोकारवालाले गहन छलफल गर्दैछन् । एशिया क्षेत्रका श्रमिक आपूर्ति गर्ने देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ वैदेशिक रोजगारीसम्बन्धी उत्कृष्ट अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने 

​नेकपाको बैतडीमा समायोजनको काम टुङ्गियो

२८ कात्तिक, बैतडी । बैतडीमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय तहमा पार्टी समायोजनको काम टुङ्गिएको छ। पार्टी जिल्ला कार्यदल बैठकले चार नगरपालिका र छ गाउँपालिकासहित १० स्थानीय तहमा पार्टी समायोजनको संयुक्त खाका तयार गरेको हो । छ स्थानीय तहमा तत्कालीन एमालेले नेतृत्व पाएको छ भने चार स्थानीय तहमा माओवादी केन्द्रले नेतृत्व पाएको कार्यदलका 

विद्यमान ​शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको छ – अध्यक्ष दाहाल

२८ कात्तिक, म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा उल्लेखित समाजवादी व्यवस्थाको लक्ष्य हासिल गर्न विद्यमान शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताएका छन् । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले केन्द्रीकृत र एकात्मक नीतिका कारण नेपालमा शैक्षिक बेरोजगारको समस्या बढेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्व 

अन्तर्राष्ट्रिय

श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले संसदमा पाएनन् विश्वासको मत, झन् गहिरियो राजनीतिक संकट

२८ कार्तिक, काठमाडौं । श्रीलंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नियुक्त गरेका प्रधानमन्त्री माहिन्दा राजपाक्षे संसदबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । यो घटनाक्रमसँगै श्रीलंकाको राजनीतिक संकट झन् गहिरिएको छ । श्रीलंकाको संसदमा विश्वासको मतका लागि भएको मतदानमा राजपाक्षेले मत पाउन सकेनन् ।

​अमेरिका–जापान व्यापार सम्झौता “नमुना” हुन्छ –अमेरिकी उपराष्ट्रपति पेन्स

२८ कात्तिक, टोकियो । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग अमेरिकी व्यापार असन्तुलित किसिमको रहेको वासिङ्टनको धारणा रहेको दोहो¥याएका हुन् । “संयुक्तराज्य अमेरिकाको जापानसँग लामो समयदेखि व्यापार असन्तुलन रहिआएको

राष्ट्रपतिको निर्णयमा श्रीलंकाको सर्वोच्च अदालतको रोक

कोलम्बो । श्रीलंकाको सर्वोच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक लगाइदिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद् विघटन गर्दै निर्वाचन गर्ने घोषणा गरेकोमा सर्वोच्च अदालतले त्यसलाई तत्कालका लागि रोक लगाएको हो ।अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुने गरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ ।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top