syangyong
nlic

​विश्वका अर्बपति जो परोपकारमा उत्तिकै अगाडि छन्


Friday, 14 Sep, 2018 2:25 PM
२९ भदौ, काठमाडौं । विश्वका अर्बपति केही व्यापारी जसलाई विश्वले नै चिनेको छ । उनीहरु सफल उद्यमी भएर अर्बौ सम्पत्तिको मालिकका रुपमा विश्वभर कहलिएका छन् । तर, उनीहरु आफ्ना लागि मात्रै सम्पत्ति थुपारिरहेका छैनन् । कयौंलाई रोजगारी दिएका मात्रै पनि छैनन् । केही अर्बपतिले आफ्नो कमाईको केही हिस्सा परोपकार अर्थात् सामाजिक कार्यमा खर्चिएका छन् । जेफ बेजोस, बिल गेट् र ज्याकमा चर्चित उदाहरण हुन् । ती तीन पात्र विश्वमै कहलिएका छन्, सफलता र सहयोगका कारण । 

जेफ बेजोस
जेफ बेजोस विश्वकै सर्वाधिक धनी व्यक्ति हुन् । अनलाइन कम्पनी अमेजनका संस्थापक बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गर्दै आएका छन् । उनले दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् । 

बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गर्दै सुझाव समेत मागेका थिए । उनीसँग १६३ अर्ब अमेरिकी डलर सम्पत्ति छ । 

बेजोस र उनकी  श्रीमती म्याकेन्जीले निर्माण गरेको उक्त कोषको नाम ‘बेजोस डे वान फन्ड’ राखिएको छ । बेजोसले कोष स्थापनाको सार्वजनिक गदै मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिएका थिए । ‘पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।’ 

घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्दै आएको छ । 

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ । 

बिल गेट्स
विश्वका धनीमध्ये एक बिल गेट्स पनि परोपकारमा सक्रिय छन् । उनले गत वर्ष ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरे । गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ।

गेट्स दम्पतीले सन् २००० मा स्थापना गरेको बिल एण्ड मेलिन्डा फाउन्डेसनमा यो रकम गएको र परोपकारी संस्थाहरुमार्फत सामाजिक काममा प्रयोग भएको छ । परोपकारी काम तथा सहयोग गर्दै आएको फाउन्डेसन स्थापनापछि गरेको यो सबैभन्दा ठूलो दान हो। यसअघि गेट्सले सन् १९९९ मा १६ अर्ब डलर र अर्को वर्ष ५ अर्ब १ करोड डलर दान गरेका थिए।

सन् १९९४ यता उनीहरुले ३५ अर्ब डलर दान गरिसकेका छन्। हाल बिल एण्ड मेलिन्डा फाउन्डेसन व्यक्तिगत स्वामित्वमा रहेको विश्वकै धनी सहयोगी संस्था हो।

ज्याक मा
जेफ बेजोस र बिल गेट्समात्रै होइन चीनका सबैभन्दा धनीमध्येका एक ज्याक मा पनि परोपकारमा होमिन लागेका छन् । उनले ई–कमर्स कम्पनी अलिबाबाको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर परोपकारमा संलग्न हुने घोषणा गरेका छन् । केही समयअघि उनले अलिबाबा प्रमुखबाट राजीनामा दिएर शिक्षा क्षेत्रमा परोपकारमा ध्यान केन्द्रित गर्ने घोषणा गरेको समाचार आएको छ । 

उनी अलिबाबाको ‘बोर्ड अफ डिरेक्टर्स’ मा चाहिँ रहिरहने छन्। माले सन् १९९९ मा अलिबाबाको स्थापना गरेका थिए। र, त्यो अहिले विश्वका ठूला ईन्टरनेट कम्पनीमा पर्दछ। अलिबाबाको अहिलेको बजार मूल्य ४०० अर्ब डलर रहेको बताइन्छ। सो कम्पनीले अनलाइन विक्री, चलचित्रको निर्माण र ‘क्लाउड कम्प्युटिङ’ गर्छ।

द टाइम्स पत्रिकासँगको एउटा अन्तर्वार्तामा माले अवकाश एउटा युगको अन्त्य नभइ एउटा युगको शुरूवात हुने बताएका थिए। उनले थपेका थिए, ‘म शिक्षालाई माया गर्छु।’

५४ वर्षका माको ४० अर्ब डलर बराबरको सम्पत्ति छ। फोर्ब्सले प्रकाशित गरेको सन् २०१७ को चिनियाँ धनीहरूको सूचीका अनुसार उनी तेस्रा सबैभन्दा धनी व्यक्ति हुन्।

केही समयअघि माले माइक्रोशफ्टका मालिक बिल गेट्सको अनुसरण गर्दै आफूले पनि एउटा निजी संस्था खोल्न चाहेको ब्लूमवर्ग टेलिभिजनलाई बताएका थिए। ‘बिल गेट्सबाट मैले सिक्नुपर्ने धेरै कुरा छन्, म धनी जस्तो कहिल्यै हुन सक्दिनँ। तर चाँडै राजीनामा दिएर मैले एउटा राम्रो कुरा गर्न सक्छु। मलाई लाग्छ, कुनै दिन, छिट्टै म फेरि स्कूलमा पढाउन जानेछु। अलिबाबाका प्रमुख कार्यकारी अधिकृत भइरहनुभन्दा मैले गर्न सक्ने अझ राम्रो काम त्यही हुन सक्छ।’

 


Ruslan

MEGA COLLEGE

ime

bussewa

राजनीति

​प्रेस सङ्कुचन हुने कानूनी प्रावधान संशोधन हुने

४ असोज, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रतालाई सङकुचन गर्ने कानूनका प्रावधानमा आवश्यक संशोधन हुने बताएका छन् ।​नेपाल पत्रकार महासङ्घ र नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘संविधान र पूर्ण प्रेस स्वतन्त्रा’ विषयक विचार गोष्ठीमा उनले गत भदौ १ गतेदेखि लागू भएको मुलुकी संहितामा स्वतन्त्र प्रेसमाथि बाधा पुग्नसक्ने प्रावधान संशोधन गरिने उल्लेख गरे। विगतमा सूचनाको हकसम्बन्धी कानूनमा पनि सरोकार 

​निजगढ विमानस्थलः रुख कटान नगर्न र स्रोत सुनिश्चित गर्न माग

४ असोज, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको सर्वसुलभ व्यवस्था मिलाउन आग्रह गरे। सांसद उमाकान्त चौधरीले निजगढ विमानस्थलको 

​विकास निर्माणमा सरकारको ध्यानाकर्षण

४ असोज, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर बनेको भन्दै चाँडो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी हुन्। सांसद कमलाकुमारी वलीले प्रदेश 

अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ता विरुद्ध खनिए ट्रम्प

४ असोज, न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताउनुभएको छ । अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्नुभयो ।

​सिरियाबाट उडेको रुसी सैनिक विमान बेपत्ता

२ असोज, काठमाडौं । रुसको एक सैनिक विमान बेपत्ता भएको छ । सिरियाको हवाई क्षेत्रमा उडान भरेपछि १४ जना रहेको सैनिक विमान राडारबाट हराएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । भूमध्य सागरको माथि उडिरहेका बेला रुसी आइआइ–ट्वेन्टी विमानसँगको सम्पर्क टुटेको हो । नेपाली समय अनुसार मंगलबार बिहान पौने २

२०० अर्ब डलरको चिनियाँ सामानमा अमेरिकी कर

​अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो। चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ।
तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन।

विचार / ब्लग

​लोकतन्त्रका खम्बामा खटपट

स्वतन्त्र राज्य व्यवस्थामा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको त्रिकोणात्मक सम्बन्ध घनिष्ट हुनुपर्छ । संसदीय सुनुवाइ समितिले गत शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्ने बैधानिक बाटो रोकिदियो । यो निर्णयसँगै रामशाहपथस्थित सर्वोच्च अदालतको परिसरमात्र होइन, पुरै राष्ट्रिय राजनीति नै तरंगित बन्यो । हिजो अपरान्नहदेखि नै सामाजिक सञ्जाल र डिजिटल मिडियामा यसको पक्ष÷विपक्षमा विभिन्न मत–अभिमत प्रकट भएका छन् 

अनशनको शक्ति जुटाउने सन्त चिकित्सक

► अतृप्त
प्राध्यापक डाक्टर गोबिन्द के.सी. को पन्ध्रौँ अनशन शृंखला भर्खरै अन्त्य भएको छ । जोरजुलूम गर्दा पनि पार नलागेपछि देशकै कार्यकारी प्रमुखको प्रत्यक्ष निगरानीमा पछिल्लो अनशन शृंखला सताइसौं दिनमा आएर टुङ्गोमा पुग्यो । बितेका ६ बर्षमा सन्त चिकित्सकका अनशन शृंखलाले राजधानी काठमाडौंदेखि मोफसलमा अवस्थित जुम्लासम्मको अविस्मरणीय यात्रा तय गरेका छन् । डा. के.सी. को निराहार यात्रा भोग्नेलाईभन्दा देख्नेलाई पट्यारलाग्दो प्रतित हुन्छ । 

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।
Top