cg electronics
nlic

​मुटु, मिर्गौला र अर्बुद रोगका बिरामी बढ्दै


Tuesday, 13 Mar, 2018 5:07 PM
कविता उपाध्याय 
२९ फागुन, रोल्पा । साविकको कोटगाउँ गाविसका ५७ वर्षीय दिलबहादुर विक चार पाँच महिनादेखि बिरामी परेका छन् । 

विककाअनुसार बिरामीपरेपछि उनमा मुटु दुख्ने, छाती दुख्ने शरीर सुन्निनेलगायतका समस्या देखिन थालेका थिए । निम्न आर्थिक अवस्थाका कारण उनले जिउले सक्दासम्म रोजीरोटीको बाटो अपनाइरहे । तर बिरामी परेका बेला पनि विकले काम गरेर थकित भएको भन्दै आफ्नो खानपानमा भने सुधार गर्न सकेनन् । 

उनले अत्यधिक मात्रामा धूमपान तथा मद्यपान गरिरहनुभयो जसका कारण उनको स्वास्थ्यमा समस्या चुलिँदै गयो । व्यथाले च्याप्दै गएपछि तीन दिनदेखि उनी गम्भीर रुपमा बिरामी परेका छन् । 

बोल्दा ओठ लर्बराउछ, राम्रोसँग जिब्रो लाग्दैन, शरीर सुन्निएको छ, शक्ति कम भएको छ । यसरी व्यथाले चाप्दै लगेपछि उहाँ आइतबार जिल्ला स्वास्थ्य कार्यालय रोल्पामा एक छोरा र दुई बुहारीको साथमा उपचारका लागि आएका थिए । डाक्टरले मिर्गौलामा समस्या भएका कारण उहाँको स्वास्थ्य बिग्रँदै गएको भनेपछि परिवारमा थप निराशा छाएको छ । 

विकले अत्यधिक मात्रामा जाँड, रक्सी र चुरोट सेवन गर्ने गरेको भए पनि केही दिनयता डाक्टरको सल्लाह बमोजिम जाँड, रक्सी तथा चुरोट खान छाडेको परिवारले बताएको छ । 

“घरमा हामीले जाँड, रक्सी, चुरोट नखानुस् भन्दा मान्नुभएन अहिले यो अवस्था आयो अब कसरी ससुरालाई बचाउने”, उनकी बुहारीले चिन्ता प्रकट गरिन् । यो अवस्थामा आएर विकलाई पनि विगतमा अनियन्त्रित रुपमा गरेको खानपिनले निकै पश्चाताप पारेको छ । “निरोगी भएर धेरै बाँच्न मन थियो तर थला परियो ।” उनले कष्टका साथ भने । 

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पामा उपचारका लागि पश्चिम रोल्पाको दुरदराजबाट आइपुगेका दैले बुढाले पनि जीवनमा अनियन्त्रितरुपमा मदिरा सेवन गर्नेगरेको बताए । करिब सात महिना पहिलेदेखि उनको छातीमा क्यान्सर देखिएको छ । विक जस्तै बुढालाई पनि उमेरमा गरेको अत्यधिक जाँडरक्सी, हुक्का र सुर्ती सेवनले हिजोआज निकै पछुतो पारेको छ । 

उनको पनि आर्थिक अवस्था सवल छैन । बुढा थला परेपछि परिवारलाई साँझ बिहानको गुजारा चलाउनसमेत हम्मे हम्मे परेको उनको परिवारले जनाएको छ । 

यी त प्रतिनिधि पात्र मात्र हुन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाकाअनुसार जिल्लामा मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामी दिनप्रतिदिन बढ्दै गएको वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेयले बताए । उनका अनुसार धूमपान, मद्यपान, र सुर्ती सेवन नै यी रोग बढ्नुको मुख्य कारण हो । 

यसैगरी, चिल्लो खाना, बोसोयुक्त खाना, तारेको तथा भुटेको माछामासु, विषादीयुक्त औषधि प्रयोग गरेका तरकारी खानु पनि यी रोग बढ्नुका मुख्य कारण भएको उनको भनाइ छ । 

कार्यालयको तथ्यांकअनुसार यस आवमा मात्र मुटु, मिर्गौला र क्यान्सर रोगका बिरामीको संख्या ४६ पुगेको छ भने गतः आवमा मुटु, मिर्गौला र क्यान्सर रोगका गरी जम्मा ५८ जना बिरामी जिल्लाबाट सिफारिसमा परेका थिए । 

यसरी भएका बिरामीलाई विपन्न नागरिक उपचार सहयोगको लागि देशका विभिन्न अस्पतालमा सिफारिस गरेर पठाउने गरिएको पाण्डेले जानकारी दिए । उनका अनुसार यी रोगले परिवार तथा तिनका आफन्तलाई प्रताडित बनाउने गरेको छ । त्यसैले स्वस्थ बानी व्यवहार गर्नुका साथै खानपिनमा विशेष ध्यान दिनसके मात्र पनि यो रोगबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ । 

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका डा तेजेन्द्र साउदका अनुसार यी दीर्घ रोगले राज्य तथा बिरामीलाई थप भार पारिराखेको छ । प्रत्येक जिल्लाबाट यसरी बिरामीको संख्या बढ्दै गयो भने यसले सबैलाई समस्या निम्त्याउँछ । 

त्यसैले, आहारविहारमा विशेष ध्यान दिनसके केही मात्रामा रोगमा कमी आउनसक्छ । साथै, सबैले स्वास्थ्य बीमा गर्न सके भने यसले परिवार तथा सरकारलाई पनि केही हदसम्म भार घट्नसक्ने उनको सुझाव छ । रासस

 


Ruslan

sponserworldcup

राजनीति

​नेपालमा चिनियाँ लगानी गणनायोग्य–प्रधानमन्त्री

६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने 

हेटौडामा जारी कांग्रेस भेलामा भाँडभैलो, केन्द्रिय सदस्यले धमाधम हेटौडा छाड्दै

६ असार हेटौडा । मकवानपुरको हेटौडामा जारी कांग्रेस जिल्ला सभापतिहरूको भेलामा सहभागी हुन पुगेका केन्द्रीय सदस्यहरू यता न उता भएका छन् ।  उनीहरूलाई भेलामा कसले र किन बोलाएको भन्ने स्पष्टन नभएपछि उनीहरूको बिचल्ली परेको हो । आफुहरूको भूमिका केही नभएको भन्दै धेरैजसो केन्द्रिय सदस्यहरूले हटौडा बाइबाइ भन्दै फर्पिसकेका छन् । भेलामा केन्द्रिय सदस्यहरूको कुनै भूमिका नदेखिएपछि नेताहरू धमाधम बाहिरिएका हु्न् । 

छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने : प्रधानमन्त्री

६ असार, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका हुन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका छन्। विभिन्न

अन्तर्राष्ट्रिय

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

४ असार सोल  । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । उनले उक्त 

ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी विस्फोट, मृत्युहुनेको संख्या ७५ नाघ्यो, १७ लाख मानिस प्रभाव

२३ जेठ काठमाडौ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ

अमेरिकी विदेशमन्त्री मनुसीनमाथि जवाफी हमला, व्यापार युद्धका लागि तयार रहन चेतावनी

अमेरिकी विदेशमन्त्री स्टिभ मनुसीनले स्टील र एलुमिनियममा कर लगाउने आफ्नो सरकारको निर्णयलाई लिएर क्रुद्ध बनेका औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका अर्थमन्त्रीहरूबाट कडा आलोचनाको सामना गरेका छन्। जी सेभेनमा आबद्ध सात देशका अर्थमन्त्रीहरूको बैठक संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिन मात्रै बाँकी रहेको चेतावनी दिँदै सकिएको थियो। क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानडाले प्रतिकार गर्ने चेतावनी दिए भने 

विचार / ब्लग

लालबाबु पण्डितको ‘सेलिब्रेटी’ मोह, आफ्नै कर्मचारीलाई पागल भन्न मिल्छ ?

कर्मचारी समायोजन अन्र्तगतको स्वेच्छिक अवकाशको विषयलाई लिएर यतिबेला प्रधानमन्त्री, मन्त्री र कर्मचारीबीच जुहारी चलिरहेको छ । अवकाशको विषयलाई लिएर दुवै पक्ष एकअर्काप्रति तिखो टिप्पणीमा उत्रिएका छन् । उनीहरुबीचको आरोप–प्रत्यारोपलाई सुन्दा दुवै पक्ष एकअर्काप्रति पूर्णरुपमा सशंकित् र अविश्वस्त देखिएका छन् ।

माइत जाने चेलीलाई ५ सय ८० शब्दको सुझाव

माइत भन्ने बित्तिकै हरेक महिलाको अनुहारमा रौनक आउँछ । माइतको मोह महिलाले जीवनभर भुल्दैनन् । पतिले घरमा जतिसुकै सुख दिएको होस्, माइतमा पाइने सुखका अगाडि ती सबै कम लाग्छन् । माइतबाट सानो बोलावट मात्रै आउनुपर्छ, जानका लागि तुरुन्त तयार नहुने को नै होला र ? माइत जानु नराम्रो होइन । तर, प्रायः के पनि देखिन्छ भने जुन खुसी र उत्साहले महिलाहरु माइत जान्छन्, त्यति नै खुसी लिएर भने फर्कदैनन् ।

अध्यक्ष पद नै एमाले–माओवादी एकताको बाधक ! ओली र दाहालको आ–आफ्नै रणनीति

निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई नेताले एकता प्रयास ठोस रुपमा अघि नबढेको बेला यस्तो कुरा बताउँदा दुबै पार्टीको एकता चाहनेलाई हौसला मिलेको थियो । आशा जागेको थियो । तर, एतिका दिन बितिसक्दा पनि पार्टी एकताले गति लिन सकेको छैन । 
Top